मंगलसेन ।
अछामको मंगलसैन नगरपालिकाका शिक्षकहरुलाई एकीकृत पाठ्यक्रम सम्बन्धि ३ दिने कस्टमाईज तालिम दिईएकाे छ । शिक्षा युवा तथा खेलकुद शाखाकाे आयाेजनामा कक्षा १-३ मा अध्यापनरत शिक्षकहरुका लाग गरिएको तालिमकाे एक कार्यक्रमका विच समापन गरिएको छ ।
मंगलसैन नगरपालिकाका प्रमुख पदम बहादुर बाेहराकाे अध्यक्षतामा भएको समापन कार्यक्रममा बाेल्दै सहभागी शिक्षकहरु चन्द्रिका उपाध्याय र थम बहादुर बाेहराले तालिममा महत्त्वपूर्ण सिकाई भएको बताउनु भयो । तालिमका विषयवस्तुले आगामी सिकाइ र विद्यार्थीकाे मूल्यांकनमा सहयोग पुग्ने बताउनु भयो ।
समापन कार्यक्रममा बाेल्दै नगर प्रमुख पदम बहादुर बाेहराले विद्यार्थीलाई राम्रोसँग सिकाएर गुणस्तरीय शिक्षा प्रदान गर्न आग्रह गर्नु भयाे । नगरपालिकाले शिक्षा क्षेत्रलाई प्राथमिकता दिई रहेकाे र यसकाे प्रतिफल प्राप्तिका लागि सबै शिक्षक, विद्यार्थी तथा अभिभावकले सहयोग गर्नु पर्ने उहाँको भनाई छ । अब सबै मिलेर राम्रो गर्नु पर्ने र आफ्नाे जिम्मेवारी पूरा नगर्नेलाई कारबाही समेत हुने उहाँले बताउनु भयो ।
आफू सधैं शिक्षा र स्वास्थ्य क्षेत्रमा याेगदान गरि रहेकाे भन्दै नमूना विद्यालयका लागि पनि पालिका तयार रहेको भन्दै यसका लागि विद्यालय प्रशाशन तथा शिक्षकहरु बढी जिम्मेवार हुनु पर्नेमा जाेड दिनु भयाे ।
यही फागुन २३ गते शुरु भएको तलिमकाे उद्घाटन कार्यक्रममा मंगलसैन नगरपालिकाका सामाजिक विकास समिति संयाेजक बृख बहादुर बाेगटी लगायतको सहभागीता रहेको थियाे ।
तालिममा एकीकृत पाठ्यक्रम, निरन्तर विद्यार्थी मूल्यांकन, सिकाई उपलब्धि मूल्यांकन अभिलेख लगायतका विषयमा प्रशिक्षक नवीन विष्ट, धन कुमार केसीले प्रशिक्षण दिनु भएको थियाे ।
तालिमकाे सहजीकरण तथा समन्वय नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दीपक बहादुर भण्डारीले गर्नु भएको थियाे । शाखा प्रमुख भण्डारीले आफुले सिकेका विषयवस्तु आफ्नाे विद्यालयका शिक्षकहरु माझ अभिमूखिकरण गरि १ हप्ता भित्र शाखामा जानकारी गराउन आग्रह गर्नु भयो ।
तालिममा पालिकाका ४० जना बढी शिक्षक शिक्षिकाकाे सहभागीता रहेको थियाे ।