साँफेबगर ।
अछाम स्नेकपा एमाले अछाम क्षेत्र नम्बर १ ले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै साँफेबगरमा उम्मेदवारहरुको सम्पर्क कार्यालय उद्घाटन गरेको छ ।
उक्त सम्पर्क कार्यालयको उद्घाटन नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज झपट बोहराले गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार दिपक साउँद (तरंग) ले अछामको विकास लामो समय देखि भाषण र आश्वासनमै सीमित भएको भन्दै अब निर्णायक नेतृत्व र स्पष्ट दृष्टिकोण आवश्यक भएको बताउनु भयो ।
“अछामका नागरिकले धेरै सुने, धेरै प्रतीक्षा गरे । अब विकासको सपना होईन, परिणाम चाहिएको छ,” उनेले भने “एमाले नेतृत्वले मात्र स्थायित्व, रोजगारी र पूर्वाधार विकासलाई एक साथ अघि बढाउन सक्छ ।”
साउँदले अछाम क्षेत्र नम्बर १ लाई राजनीतिक प्रयोगशाला बनाईएको आरोप लगाउँदै विकास भन्दा सत्ता स्वार्थ हाबी हुँदा जनताले दुःख भोग्नु परेको उल्लेख गरेका छन् । “जनताको मतलाई प्रयोग गरेर पाँच वर्ष हराउने परम्पराको अन्त्य अब यसै निर्वाचनबाट गर्नु पर्नेमा उनको जोड रहेको थियो ।
कार्यक्रममा बोल्दै साउँदले युवालाई रोजगारी, कृषिलाई आधुनिकीकरण, सडक, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउँदै एमालेको जित अछामको आत्म सम्मान र भविष्यसँग जोडिएको दाबी गरे ।
सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा नेकपा एमाले अछामका जिल्ला अध्यक्ष शिव प्रसाद उपाध्याय, उपाध्यक्ष तिलक कुँवर, सचिव हिरण्ड भट्टराई लगायतका नेताहरुले एमालेको जित सुनिश्चित गर्न एकताबद्ध भएर निर्वाचन परिचालनमा जुट्न कार्यकर्तालाई आह्वान गरेका थिए ।