Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
विचार
  • Home
  • विचार
  • उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
खप्तड समाचारदाता
खप्तड समाचारदाता सोमबार, माघ १२, २०८२

टि. आर. भण्डारी

सरल शब्दमा भन्नु पर्दा, राजनीति भनेको राज्य सञ्चालन गर्ने नीति वा पद्धति हो। यो समाजका स्रोत, साधन र शक्तिलाई कसरी बाँडफाँट गर्ने र सामूहिक निर्णयहरु कसरी लिने भन्ने प्रक्रियासँग सम्बन्धित हुन्छ। जसलाई राज्य संचालनको मुल नितिको रुपमा लिईन्छ। विशेष गरी राज्य चलाउने उत्तम नीति हो।

यसले समग्र देशको शासन व्यवस्थन कस्तो हुने कानुनी शासनको स्थापना कसरी गर्ने जसका माध्यमले समाजमा रहेको विविधता भित्र रहेका फरक–फरक विचार अवश्यकता र वास्तविकतालाई समन्वय गरी साझा नगरिकका हितका लागि काम गर्नु राजनीति हो। सकारात्मक विचारका आधारमा हुने गरिने राजीनितिले माथि उल्लेखित कुरालाई शिरोधार्य गर्दछ र देश समृद्धिको बाटोमा लाग्दछ। विगत लामो समय यता नेपाली राजीनितिमा देखिएको उत्तेजनाको राजनीतिले मुलुकलाई अग्रगमनको बाटोमा नलिई पश्चगमन तिर धकेलेको महसुस जो सुकैले गरेका छन्।

राजनीति सत्य वास्तविकता तथ्य र तर्क भन्दा पनि मानिसका भावना, आक्रोश, डर र संवेगात्मक पक्षलाई भड्काएर शक्ति आर्जन गर्ने शैलीका कारणले नेपालको पछिल्लो राजनीतिक घटना क्रमले सामाजिक तथा मानवियतालाई स्वार्थका लागि प्रयोग भएको हुँदा यस्तो राजनीति छोटो समयका लागि प्रभावकारी देखिए पनि यसले समाज र राष्ट्रका लागि गम्भीर खतराहरु निम्त्याउँछ जसको एक ताजा परिणाम भाद्र २३ र २४ गतेको घटनालाई लिन सकिन्छ। उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु मैले निम्न अनुसार विश्लेषण गर्न खोजेको छु।

१. सामाजिक सद्भावमा खलल

उत्तेजनाको राजनीति अक्सर हामी र उनीहरुको भावनामा आधारित हुन्छ। यसले जात, धर्म, क्षेत्र वा समुदायका बीचमा घृणा फैलाउँछ, जसले गर्दा वर्षौं देखि मिलेर बसेको परिवार तथा समाजमा  विभाजन र अविश्वास पैदा हुन्छ जसले गर्दा शान्ति कायम हुन सक्दैन।

२. लोकतान्त्रिक संस्थाहरुको क्षय

उत्तेजनाको राजनीतिले जब भावनामा आधारित तर्कलाई प्रतिस्थापन गर्छ, तब राज्यका महत्वपूर्ण अंगहरु जस्तैः अदालत, सञ्चार माध्यम र संवैधानिक निकाय माथि आक्रमण सुरु हुन्छ।

उत्तेजित भीडले प्रक्रिया र कानुन भन्दा पनि तात्कालिक नतिजा र बदला खोज्ने हुनाले लोकतन्त्रका आधारभूत खम्बाहरु कमजोर बन्छन् जसले गर्दा दिगो शान्ति स्थापना कठिन पैदा हुन्छ र देश आन्तरिक तथा बाह्य द्धन्द्धमा जाने खतरा बढदै जान्छ।

३. अस्थिरता र हिंसाको जोखिम

उत्तेजनाले मानिसहरुलाई सडकमा उतार्न सजिलो बनाउँछ, तर तिनीहरुलाई नियन्त्रण गर्न गाह्रो हुन्छ। सानो विवादले पनि ठूलो दंगा वा हिंसात्मक रुप लिन सक्छ, जसले देशको शान्ति सुरक्षालाई ठूलो चुनौती दिन्छ धन जनको क्षति हुन्छ विकाशको गति पछाडि धकेलिन्छ।

४. आर्थिक विकासमा अवरोध

जहाँ राजनीतिक अस्थिरता र सामाजिक तनाव हुन्छ, त्यहाँ लगानीकर्ताहरु लगानि गर्न डराउँछन्। विदेशी तथा ठुला लगानीकर्ता निरुत्साहित हुन्छ। पर्यटकिय व्यवसाय धराशयी बन्छ। दक्ष जनशक्ति विदेश पलायन हुने क्रम बढ्छ र देश गरिविको रेखा मुनि गई रहन्छ।

५. वास्तविक मुद्धाहरु ओझेलमा पर्नु

उत्तेजनाको राजनीति र वास्तविक मुद्द्धाहरु ओझेलमा पर्नु बिच गहिरो सम्बन्ध छ। जब राजनीतिले भावनालाई हतियार बनाउँछ, तब जनताका आधारभूत आवश्यकताहरु कोलाहल भित्र हराउँछन्।

जब सरकार वा राजनीतिक दलहरु रोजगारी सिर्जना, महँगी नियन्त्रण वा भ्रष्टाचार रोक्न असफल हुन्छन्, तब उनीहरु अक्सर भावनात्मक मुद्धा (धर्म, जात, राष्ट्रवाद वा कुनै शत्रु खडा गर्ने) अघि सार्छन्। मिडिया र सामाजिक सञ्जालमा पनि उत्तेजक भाषण वा काण्डहरुले बढी स्थान पाउँछन्। गम्भीर नीतिगत बहस जस्तैः जलवायु परिवर्तन, कृषि सुधार वा आर्थिक नीति बोरिङ मानिन्छन्।

६. निष्कर्ष

उत्तेजनाको राजनीतिले समाजलाई क्षणिक जोश त दिन सक्छ, तर यसले दीर्घकालीनरुपमा राष्ट्रको जग नै कमजोर बनाउँछ। जब राजनीति चर्का नारा र भावनात्मक भाषणमा केन्द्रित हुन्छ, तब देशका मूल मुद्धाहरु जस्तैः शिक्षा, स्वास्थ्य, बेरोजगारी, र गरिबी निवारण ओझेलमा पर्छन्।

जनताको ध्यान वास्तविक समस्या समाधान भन्दा पनि उत्तेजित बहस तिर मोडिएको हुन्छ। त्यसैले, स्वस्थ लोकतन्त्रका लागि नागरिकहरु सचेत हुनु र राजनीतिक नेतृत्व जिम्मेवार हुनु अपरिहार्य छ।


प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  १६:३७
प्रतिक्रिया दिनुहोस्
थप विचार
अछाम, बाजुराको विकासका लागि सेती लोकमार्ग पहिलो एजेन्डा बनोस्
अछाम, बाजुराको विकासका लागि सेती लोकमार्ग पहिलो एजेन्डा बनोस् मंगलबार, फागुन २६, २०८२
सम्पर्क कार्यालय उद्घाटन गर्दै तरंगले भने–‘अब सहने होईन, बदल्ने बेला हो’
सम्पर्क कार्यालय उद्घाटन गर्दै तरंगले भने–‘अब सहने होईन, बदल्ने बेला हो’ शुक्रबार, माघ ९, २०८२
हिमाली श्वासमा : थकाली जीवन
हिमाली श्वासमा : थकाली जीवन सोमबार, पुस ७, २०८२
एक पटकको अवसर, आजीवन मूल्यांकन
एक पटकको अवसर, आजीवन मूल्यांकन मंगलबार, पुस १, २०८२
सन्तुलन र न्यायको प्रगतिवादी चेतना
सन्तुलन र न्यायको प्रगतिवादी चेतना बिहीबार, असोज २, २०८२
आत्माले बुझ्ने सम्पत्ति: मान्छेको लोभ र समाजको सत्य
आत्माले बुझ्ने सम्पत्ति: मान्छेको लोभ र समाजको सत्य शुक्रबार, भदौ २७, २०८२
ओलीको अधिनायकवाद र गणतन्त्रको क्षय
ओलीको अधिनायकवाद र गणतन्त्रको क्षय बुधबार, भदौ २५, २०८२
जेन्जी पुस्ताको विद्रोही बिगुल : भ्रष्टाचार र बेथिति विरुद्धको नयाँ जनआन्दोलन
जेन्जी पुस्ताको विद्रोही बिगुल : भ्रष्टाचार र बेथिति विरुद्धको नयाँ जनआन्दोलन मंगलबार, भदौ २४, २०८२
सत्ताको गोली : युवाको बलिदान
सत्ताको गोली : युवाको बलिदान मंगलबार, भदौ २४, २०८२
लोकप्रीय
  • Week
  • Month
गुणस्तरीय शिक्षाका लागि अग्रसर हुन मंगलसेन नगरपालिकाका नगर प्रमुख बाेहराकाे जाेड
गुणस्तरीय शिक्षाका लागि अग्रसर हुन मंगलसेन नगरपालिकाका नगर प्रमुख बाेहराकाे जाेड
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्