Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
विचार
  • Home
  • विचार
  • सन्तुलन र न्यायको प्रगतिवादी चेतना
सन्तुलन र न्यायको प्रगतिवादी चेतना
खप्तड समाचारदाता
खप्तड समाचारदाता बिहीबार, असोज २, २०८२

कवि हर्ष प्रसाद भट्ट 

“जतिले भरिन्छ पेट, त्यति नै राख्नु पर्दछ ।

थुपार्ने चोर डाकालाई, डण्डाले पिट्नु पर्दछ ।”

यस श्लोकले दिएको शिक्षा अत्यन्त सरल छ तर यसको दर्शन गहिरो छ। मानव जीवनमा खानपिन र उपभोगको सीमा निश्चित छ–पेट भरि खानु सकिन्छ, तर त्यस पछिको लोभले केवल रोग, अशान्ति र असमानता जन्माउँछ। प्रक्रितिले दिएको सीमित क्षमता स्वीकार गरेर बाँकी स्रोत अरूसँग बाँड्नु नै सामाजिक न्यायको आधार हो। तर जसले आफ्नो भाग भन्दा बढी थुपार्छ, अरुको अधिकार हरण गर्छ, उसलाई चोर वा डाकू मान्नु पर्छ, जसलाई समाज र राज्यले डण्डाले नियन्त्रण गर्नु पर्छ। यही भावलाई शास्त्रीय चिन्तन, आधुनिक प्रगतिवादी दर्शन र आजको यथार्थसँग जोड्दा अझ प्रस्ट हुन्छ।

प्राचीन दार्शनिक दृष्टिले पनि यिनै कुराहरुलाई जोड दिएको पाईन्छ। उपनिषद्‌ले “तेन त्यक्तेन भुञ्जीथा” भन्दै त्यागी भएर भोग गर्ने शिक्षा दिएको छ। गीता भन्छ–संयम बिना सुख सम्भव छैन। बुद्धले मध्यम मार्गलाई जीवन र संसारको मूल उपाय भनेका छन्। यी सबै विचारमा एउटा साझा तत्त्व भेटिन्छ–मानव जीवनको आवश्यकता सीमित छ, त्यसलाई पूरा गरे पछि बाँकी लोभ अनावश्यक र विनाशकारी हुन्छ। यही भाव यो श्लोकको पहिलो पंक्तिमा स्पष्ट हुन्छ।

तर दोस्रो पंक्तिले केवल दार्शनिक होइईन, सामाजिक(राजनीतिक सन्देश दिन्छ। लोभकै कारण मानिसले चोरी, शोषण, कालोबजारी र भ्रष्टाचार गर्छ। त्यसैले जसले थुपारेर अररुको भाग खोस्छ, उसलाई केवल प्रवचनले सुधार्न सकिँदैन। समाजले उसलाई डण्डाले नियन्त्रण गर्नु पर्छ। यहाँ डण्डा भनेको केवल लाठी होईन, न्याय, कानुन र सामाजिक अनुशासन हो।

गुरु मोदनाथ प्रशृतले २०२५ साल तिर बनारसमा प्रस्तुत गरेको प्रगतिवादी दर्शन यसैसँग मेल खान्छ। उहाँले भन्नु भएको थियो–नेपालको प्रगति तब मात्रै सम्भव हुन्छ जब श्रम गर्ने हातलाई सम्मान र अवसर दिइन्छ, तर शोषण गर्ने हातलाई नियन्त्रण गरिन्छ। शोषक, भ्रष्ट र थुपार्ने वर्गले राज्य र समाजको स्रोत कब्जा गरेर राखे देश कहिल्यै समृद्ध हुँदैन। त्यसैले उनीहरुलाई डण्डाले नियन्त्रण नगरेसम्म समानता आउँदैन। उहाँको विचारमा यस्तै प्रगतिवादी चेतना प्रस्टै झल्किन्छ।

आजको समाजमा यो सन्देश अझ सान्दर्भिक छ। नेपालमा एकातिर अर्बौं सम्पत्ति जमाउने सिमित वर्ग छ भने अर्कोतिर लाखौं श्रमिक किसान दुई छाक खान संघर्ष गरि रहेका छन्। कतिपयले राज्यको सम्पत्ति कब्जा गरेका छन्, कतिपयले ठेक्कापट्टा र भ्रष्टाचारबाट असीमित सम्पत्ति थुपारेका छन्। कतिपयले कालोबजारी गरेर सामान्य जनताको पेटमा प्रहार गरेका छन्। यी सबै प्रवृत्ति श्लोकमा भनिएको “थुपार्ने चोर डाकू” नै हुन्। यदि राज्यले कठोर डण्डा प्रयोग नगरे यस्ता प्रवृत्तिले समाजलाई चट्याङ झैँ खाई दिन्छन्।

यो श्लोकले दिएको शिक्षा आजको विश्वव्यापी समस्यासँग पनि मेल खान्छ। पूँजीवादी व्यवस्थामा अल्पसंख्यक धनी वर्गले सम्पत्ति र स्रोत थुपार्छन्, बहुसंख्यक श्रमिक वर्ग भोक, बेरोजगारी र असमानतामा पिल्सिन्छन्। यही कारणले विश्वमा जनआन्दोलन, विद्रोह र विचारका लहर उठेका छन्। नेपालमा पनि यस्तै असमानता विरुद्ध किसान आन्दोलन, श्रमिक आन्दोलन र राजनीतिक क्रान्ति हुँदै आएका छन्।

यसले एउटा गहिरो शिक्षा दिन्छ–समाज तब मात्र न्यायपूर्ण हुन्छ जब स्रोत र सम्पत्ति बराबरी बाँडिन्छ। जसरी पेटले सन्तुलित मात्र अन्न धान्छ, त्यसरी नै समाजको स्रोत पनि सबैले सन्तुलित रुपमा पाउनु पर्छ। थुपारेर अररुलाई वञ्चित बनाउने प्रवृत्ति केवल व्यक्तिगत लोभ होईन, सामाजिक अपराध हो। त्यसैले समाजले त्यसलाई कानुनी र नैतिक दुवै स्तरमा नियन्त्रण गर्नु पर्छ।

यो श्लोक केवल खानपिन वा सम्पत्तिको कुरा होईन, जीवनशैलीको पनि शिक्षा हो। आज मानिसले प्राकृतिक स्रोत नास हुने गरी थुपारि रहेको छ–जंगल, नदी, ढुंगा, बालुवा, पेट्रोलियम। तर प्रकृतिले दिएको क्षमता सीमित छ। आवश्यकता भन्दा बढी उपभोग गर्दा वातावरण बिग्रन्छ, जलवायु संकट आउँछ। त्यसैले प्रकृतिसँग पनि यही सूत्र लागू हुन्छ–जति चाहिन्छ त्यति मात्र प्रयोग गर, थुपारेर नाश नगर।

यसरी हेर्दा, यो श्लोक जीवन, समाज, राजनीति र प्रकृतिसम्मका सबै क्षेत्रमा प्रगतिशील शिक्षा दिन्छ। यसमा दर्शन छ–संयम र न्याय। यसमा राजनीति छ–शोषक विरुद्ध डण्डा। र यसमा नैतिकता छ–आवश्यकता मात्र राख, बाँकी बाँड।

अन्ततः गुरु मोदनाथ प्रशृतले देखाएको प्रगतिवादी चेतना र यो श्लोकको सन्देश एउटै धुरीमा केन्द्रित छ–समाजमा समानता, न्याय र श्रमको सम्मान। लोभी, थुपार्ने र शोषण गर्ने वर्गलाई डण्डाले नियन्त्रण गर्नु र श्रमिकलाई अधिकार दिनु नै देशको वास्तविक प्रगति हो। यही चेतना आत्मसात नगरेसम्म लोकतन्त्र, विकास र समृद्धिको कुरा केवल नारा मात्र हुन्छ।

(साँफेबगर १० घुघुरकोट, अछाम निवासी लेखक भट्ट नेपाल भाषा साहित्यका साधक हुनु हुन्छ। उहाँका थुप्रै काव्य कृतिहरु प्रकाशित छन्। उहाँ ३३ वर्ष लामो शिक्षण पेसाबाट निवृत्त भई हाल भाषा साहित्यको चिन्तनमा हुनु हुन्छ।)


प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १४:४९
प्रतिक्रिया दिनुहोस्
थप विचार
आत्माले बुझ्ने सम्पत्ति: मान्छेको लोभ र समाजको सत्य
आत्माले बुझ्ने सम्पत्ति: मान्छेको लोभ र समाजको सत्य शुक्रबार, भदौ २७, २०८२
ओलीको अधिनायकवाद र गणतन्त्रको क्षय
ओलीको अधिनायकवाद र गणतन्त्रको क्षय बुधबार, भदौ २५, २०८२
जेन्जी पुस्ताको विद्रोही बिगुल : भ्रष्टाचार र बेथिति विरुद्धको नयाँ जनआन्दोलन
जेन्जी पुस्ताको विद्रोही बिगुल : भ्रष्टाचार र बेथिति विरुद्धको नयाँ जनआन्दोलन मंगलबार, भदौ २४, २०८२
सत्ताको गोली : युवाको बलिदान
सत्ताको गोली : युवाको बलिदान मंगलबार, भदौ २४, २०८२
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ? बिहीबार, भदौ १२, २०८२
मानवीकी संकाय : जीवन बुझ्ने कला र भविष्य निर्माणको आधार
मानवीकी संकाय : जीवन बुझ्ने कला र भविष्य निर्माणको आधार सोमबार, भदौ ९, २०८२
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार शनिबार, भदौ ७, २०८२
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न शनिबार, भदौ ७, २०८२
किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम
किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम बिहीबार, भदौ ५, २०८२
लोकप्रीय
  • Week
  • Month
वाक नेपालमा कार्यरत उत्कृष्ट ६ जना कर्मचारी सम्मानित
वाक नेपालमा कार्यरत उत्कृष्ट ६ जना कर्मचारी सम्मानित
वाक नेपालको सामाजिक परीक्षण तथा २८ औँ वार्षिक सभा सम्पन्न
वाक नेपालको सामाजिक परीक्षण तथा २८ औँ वार्षिक सभा सम्पन्न
आत्माले बुझ्ने सम्पत्ति: मान्छेको लोभ र समाजको सत्य
आत्माले बुझ्ने सम्पत्ति: मान्छेको लोभ र समाजको सत्य
वाक नेपालमा कार्यरत उत्कृष्ट ६ जना कर्मचारी सम्मानित
वाक नेपालमा कार्यरत उत्कृष्ट ६ जना कर्मचारी सम्मानित
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
प्रवासी बोगटी एकता समाज भारतद्वारा तिजको शुभकामना आदानप्रदान 
प्रवासी बोगटी एकता समाज भारतद्वारा तिजको शुभकामना आदानप्रदान 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्