Top Navigation
  • Home
  • About Us
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • Contact
  • Our Team
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • जनप्रतिनिधिहरुका लागि दुई दिने अभिमुखीकरण
जनप्रतिनिधिहरुका लागि दुई दिने अभिमुखीकरण
खप्तड समाचारदाता
खप्तड समाचारदाता आइतबार, जेठ ३१, २०८३

साँफेबगर ।

राष्ट्रिय दलित आयोगको आयोजनामा सुदूरपश्चिम प्रदेशका अछाम, डोटी र बाजुरा जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरुका लागि संचालन गरिएको दुई दिने अभिमुखीकरण कार्यक्रम साँफेबगरमा सम्पन्न  भएको छ।

जेष्ठ ३० गते सुरु भएको अभिमुखीकरणमा स्थानीय तहमा दलित समुदायको अधिकार संरक्षण, सामाजिक न्याय, समावेशी विकास तथा जातीय विभेद तथा छुवाछूत अन्त्य सम्बन्धी विषयमा जनप्रतिनिधिहरुको भूमिका थप प्रभावकारी बनाउने उद्धेश्यले कार्यक्रम सञ्चालन गरिएको हो।

कार्यक्रममा दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले स्थानीय तहका जनप्रतिनिधिहरु नागरिकको सबै भन्दा नजिकको सरकार भएकाले दलित समुदायका अधिकार संरक्षण, सामाजिक न्याय स्थापना र जातीय विभेद तथा छुवाछूत अन्त्यमा उहाँहरुको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनु भयो। राष्ट्रिय दलित आयोगले स्थानीय तहसँग सहकार्य गर्दै दलित समुदायको हक, अधिकार र सम्मान सुनिश्चित गर्न निरन्तर पहल गरिरहेको  बताउनु भयो।

दलित समुदायको हक, हित, अधिकार तथा क्षमता अभिवृद्धिका विषयमा राष्ट्रिय दलित आयोग निरन्तर रूपमा क्रियाशील रहेको बताउदै संविधानले सुनिश्चित गरेका अधिकारहरु व्यवहारमा कार्यान्वयन होऊन् भन्ने उद्धेश्यका साथ आयोगले संघ, प्रदेश र स्थानीय सरकारसँग निरन्तर समन्वय, छलफल र सहकार्य गर्दै आएको जानकारी गराउनु भयो।

दलित समुदायले अझै पनि शिक्षा, रोजगारी, प्रतिनिधित्व र सामाजिक न्यायका क्षेत्रमा विभिन्न चुनौतीहरु भोगि रहेको हुनाले यि समस्याको समाधानका लागि नीतिगत सुधार, जनचेतना अभिवृद्धि र क्षमता विकासका कार्यक्रमलाई आयोगले प्राथमिकतामा राखेको बताउनु भयो।

उहाँले अभिमुखीकरण कार्यक्रम मार्फत स्थानीय तहका जनप्रतिनिधिहरुलाई दलित अधिकारका विषयमा थप जिम्मेवार बन्न आग्रह गर्नु भएको छ। कार्यक्रममा राष्ट्रिय दलित आयोगका सदस्य तथा प्रवक्ता सुन्दर पुर्कुटीले संविधान र कानुनको दृष्टिमा दलित हिजो, आज र स्थानीय तहको भूमिका र जातीय तथा अन्य सामाजिक छुवाछूत,  भेदभाव (कसुर र सजाय) ऐन, २०६८, छुवाछूत र जातीय भेदभाव विरुद्ध व्यवस्था, स्थानीय तहको भूमिका विषयमा प्रस्तुतीकरण मार्फत सहभागी जनप्रतिनिधिहरुलाई जानकारी गराउनु भएको थियो।

उहाँले संविधानले दलित समुदायलाई प्रदान गरेका मौलिक हक, कानुनी व्यवस्था, जातीय विभेद तथा छुवाछूत सम्बन्धी विद्यमान कानुन, त्यसको कार्यान्वयन अवस्था तथा विभेद अन्त्यका लागि स्थानीय तहले निर्वाह गर्नु पर्ने भूमिका र जिम्मेवारी बारे सहजीकरण गर्नु भएको थियो। साथै दलित समुदायको हक, हित, अधिकार संरक्षण, सामाजिक न्यायको प्रत्याभूति तथा समावेशी विकासका लागि स्थानीय सरकार संवेदनशील र उत्तरदायी हुनु पर्नेमा जोड दिनु भएको थियो।

कार्यक्रममा सहभागी जनप्रतिनिधिले सुदूरपश्चिममा जातीय विभेद र छुवाछूतको वर्तमान अवस्था र यसको समाधान बारे आफ्नो धारण व्यक्त गरेका थिए। जनप्रतिनिधिले यी समस्याको समाधानका लागि आयोगलाई आग्रह गरेका छन्।


प्रकाशित मिति: आइतबार, जेठ ३१, २०८३  २०:२५
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
कानुनी सहायता, स्वास्थ्य र मनोसामाजिक सेवाका लागि एकीकृत प्रणाली बनाउन पहल गरिने
कानुनी सहायता, स्वास्थ्य र मनोसामाजिक सेवाका लागि एकीकृत प्रणाली बनाउन पहल गरिने बिहीबार, कात्तिक १९, २०८३
समुदायमा बाल संरक्षणका सवालमा छलफल तथा अन्तरक्रिया
समुदायमा बाल संरक्षणका सवालमा छलफल तथा अन्तरक्रिया बिहीबार, कात्तिक १९, २०८३
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न बुधबार, असोज २८, २०८३
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम नन्देगडामा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम नन्देगडामा सम्पन्न मंगलबार, असोज २७, २०८३
वाक नेपालको २९ औँ वार्षिक सभा तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक रुपान्तरणमा जोड
वाक नेपालको २९ औँ वार्षिक सभा तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक रुपान्तरणमा जोड शनिबार, असोज २४, २०८३
सुरक्षित वातावरण परियोजनामा सहभागी विद्यार्थीलाई प्रमाण पत्र वितरण
सुरक्षित वातावरण परियोजनामा सहभागी विद्यार्थीलाई प्रमाण पत्र वितरण शुक्रबार, असोज २३, २०८३
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न बिहीबार, असोज २२, २०८३
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम हात्तिकोटमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम हात्तिकोटमा सम्पन्न बुधबार, असोज २१, २०८३
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न मंगलबार, असोज २०, २०८३
गंगा माविकाे सामाजिक परिक्षण भेला सम्पन्न, कक्षा ११/१२ काे दिगाे सञ्चालन मुख्य चुनाैति
गंगा माविकाे सामाजिक परिक्षण भेला सम्पन्न, कक्षा ११/१२ काे दिगाे सञ्चालन मुख्य चुनाैति बुधबार, असोज ७, २०८३
लोकप्रीय
  • Week
  • Month
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्