Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
विचार
  • Home
  • विचार
  • ओलीको अधिनायकवाद र गणतन्त्रको क्षय
ओलीको अधिनायकवाद र गणतन्त्रको क्षय
खप्तड समाचारदाता
खप्तड समाचारदाता बुधबार, भदौ २५, २०८२

डा. देवेन्द्र प्रसाद भट्ट 

१. पृष्ठभूमि

नेपालको इतिहासमा २०६२/०६३ साल को १९ दिने आन्दोलन एक निर्णायक क्षण थियो। राजतन्त्रको दीर्घ छायाबाट मुक्त भएर गणतन्त्रको विहानी देख्ने सपना त्यति बेला लाखौं जनताले सजाएका थिए। सहरका सडक देखि गाउँका चौतारीसम्म, विद्यार्थी देखि किसानसम्म, श्रमिक देखि प्राध्यापकसम्म–सबैको बलिदान, आँसु र पसिनाले गणतन्त्र जन्मियो।

त्यस बेला जनताले ठाने–अब कानुन सबै भन्दा माथि हुनेछ, अब नेता जनता सुन्ने छन्, अब राज्यको सम्पत्ति नेताको निजी खल्तीमा पस्ने छैन। तर दुर्भाग्य, त्यो सपना मात्र सपना रह्यो। गणतन्त्र जन्मिँदै गर्दा त्यसलाई खुवाउने दुध त जनताले दिए, तर हुर्काउने जिम्मा नेताले पाए। तर नेताहरुले त्यो नवजात शिशुलाई संरक्षण गर्ने साटो उसको घाँटी नै थिचि दिए।

२. ओलीको उदय, स्वभाव र सत्ता मोह

यस्तो अवस्थामा गिरिजा प्रसाद कोईराला, प्रचण्ड  र माधव कुमार नेपाल उदाए–जनता माझ लोकप्रियता सहित। तर उनी भित्र लुकेको प्रवृत्ति सुरुमा नै देखियो–निजी स्वार्थ, नातावाद, कृपावाद, जिद्दीपन, कटाक्ष, र असहिष्णुता। समय चक्रक्रले प्रचण्डको पनि सेखी तोडियो। संविधान जारी हुन लाग्दा सुशील कोईराला प्रधानमन्त्री थिए। उनले भारतको हस्तक्षेपको विरोध गरे तर आफैंले पनि बुझेनन्।

त्यही अवस्थामा भारतले अघोषित नाकाबन्दी गर्यो। चाटुकार र उखान टुक्कामा माहिर ओलीलाई जनताले वाह वाह गरि दिए। हावाबाट विजुली, पानी जहाज, रेल पनि ओलीले खुब दौडाए  जसमा जनताले खुब ताली पड्काए। त्यही समयमा हुकुमको एक्का पल्टिए झै उनको हातमा प्रधानमन्त्री आई पुग्यो अनि के चाहियो र ओलीलाई लाग्यो९म मात्रै सबै थोक जान्दछु, अरु कसैले केही बुझ्दैन।

उनले राजनीतिको मञ्चलाई संवाद र विचार आदानप्रदान गर्ने ठाउँ ठानेनन्स बरु आफ्नो विचार मात्र सुनाउने, अरुलाई मौन गराउने अखाडा बनाए। पार्टी भित्रका वरिष्ठ नेताहरुलाई उनले बेवास्ता गरे, आलोचकहरुलाई दुश्मन ठाने।

३. अभ्यासको जरा नै काट्यो

त्यो अहंकारको अर्को पक्ष थियो–प्रशंसक प्रतिको अन्धविश्वास। ओलीले आफ्नो वरिपरि राखेका धेरैजना केवल चाटुकार थिए, ज्ञान वा दूरदृष्टि विहीन। कतिपय त जम्मा आठ कक्षा पास गरेर राजनीति गर्ने दम्भ पालेका, न त राष्ट्रको आर्थिक–सामाजिक संरचना बुझ्ने क्षमता, न त विश्व राजनीतिमा नेपालको स्थान बुझ्ने दृष्टि। तर ओलीले उनीहरुको मात्र कुरा सुने। बौद्धिक तर्क प्रस्तुत गर्नेहरुलाई उनले टाढा धकेले। यसरी राष्ट्रको नीति र निर्णय तर्क भन्दा पनि ताली बजाउनेहरुको आवाजमा निर्धारण भयो।

४. संसद् र संविधानमाथि प्रहार

ओलीको अधिनायकवादको सर्वाधिक खतरनाक रुप २०७७ सालमा देखा पर्‍यो। उनले संविधानको आत्मा बिर्सेर संसद् दुई–दुई पटक विघटन गरे। जनप्रतिनिधिले निर्माण गरेको संस्थालाई एक व्यक्तिको आदेशले नष्ट गर्न खोजे। न्यायालय माथि दबाब सिर्जना भयो, संवैधानिक अंगहरु आफ्नो पक्षमा प्रयोग गर्न खोजियो। यो केवल स्वेच्छाचारी शैली मात्र थिएनस यो गणतन्त्रकै मेरुदण्ड भाँच्ने प्रयास थियो।

५. जनताको बलिदानको अपमान

गणतन्त्र प्राप्तिको लागि नेपाली जनताले ठूलो मूल्य चुकाए। राणा शासन विरुद्धको विद्रोह, २०३६ को आन्दोलन, २०४६ को प्रजातान्त्रिक लडाइँ, २०६२/०६३ को जनआन्दोलन–यी सबैमा हजारौंले आफ्नो प्राण गुमाए। कसैले छातीमा गोली खाए, कसैले जेलको यातना भोगे। आमाहरुले छोराहरु गुमाए, बालबालिकाले बाबु गुमाए। यिनै बलिदानका आधारमा गणतन्त्र आयो। तर विडम्बना–गणतन्त्र ल्याउने जनताले त्यसको वास्तविक स्वाद चाख्नै पाएनन्।

आज दुई दशक नबित्दै जनता भन्छन्–“हाम्रो लागि के बदलिएछ तरु” गाउँका स्कुलमा शिक्षक छैनन्, अस्पतालमा औषधि छैन, युवाहरु रोजगारीको खोजीमा विदेश पलायन भई रहेका छन्। सहरका सडकमा भोकले छटपटिएका अनुहारहरु देखिन्छन्। नेताहरु भने सत्ताको कुर्सी बाँडफाँडमा व्यस्त छन्। गणतन्त्रले जनता मुक्त गर्ने साटो नेताहरुलाई अझ शक्तिशाली बनाई दिएको जस्तो देखिन्छ।

६. नीरो प्रवृत्तिका नेता

रोमन साम्राज्यका सम्राट नीरो शहर जलि रहेको बेला बासुरी बजाएर मनोरञ्जनमा रमाएका थिए भन्ने कथा इतिहासमा चर्चित छ। नेपालका नेताहरु पनि त्यस्तै देखिन्छन्। जब जनता पीडामा छन्, जब अर्थतन्त्र धरासायी छ, जब युवाहरु रोजगारीको लागि घर–परिवार टुटाई विदेश भागि रहेका छन्–त्यही बेला नेताहरु मन्त्रालय बाँड्ने, पद र सम्मान कसले पाउने भन्नेमा अल्झिएका छन्।

ओली पनि अपवाद भएनन्। उनले बारम्बार आफ्नो सत्ता जोगाउन मात्र ध्यान दिए, जनताको दुःख उनले कहिल्यै महसुस गरेनन्।

७. अधिनायकवादको परिणाम

ओलीको अधिनायकवादी शैलीले नेपालमा गहिरो क्षति पुर्‍यायो। संसद् र न्याय पालिका प्रति जनताको विश्वास हरायो। पार्टीहरु फुटे, आन्तरिक द्वन्द्व चर्कियो। जनतामा वितृष्णा बढ्दै गयो–कसैलाई गणतन्त्र भन्दा पनि राजतन्त्र सजिलो लाग्न थाल्यो। यसरी अधिनायकवादले केवल गणतन्त्रको मूल्यलाई कमजोर पारेन, बरु पुनः प्रतिगमनको ढोका समेत खोलि दियो।

८. गणतन्त्रको अवसान

गणतन्त्र भनेको नागरिकको अधिकार सुरक्षित गर्ने, संस्थागत संरचना बलियो बनाउने, पारदर्शिता र जवाफदेहिता कायम गर्ने प्रणाली हो। तर आज गणतन्त्र नाम मात्रको भएको छ। संसद् शोभा मात्र हो, संविधान राजनीतिक सौदा गर्ने कागज बनि सकेको छ र जनताको अधिकार खोक्रो नारामा सीमित भएको छ।

जनताले २० वर्षसम्म गणतन्त्रको वास्तविक अनुभव पाएनन्। त्यसको साटो, उनीहरुले अधिनायकवादी अहंकार, लोभी नेताहरुको नीरो प्रवृत्ति र खोक्रो वाचा मात्र देखे। यस्तो अवस्थामा गणतन्त्र बाँचि रहेको छैन, बरु ढल्दै छ। उनकै कारण आज कतिपय स्टालिन बन्ने अवस्थामा पुगेका छन्।

९. निष्कर्ष

नेपालको गणतन्त्रलाई जोगाउने जिम्मा पुनः जनतामै छ। यदि नागरिकले सचेत भएर अधिनायकवादको विरुद्ध आवाज उठाएनन् भने, लोकतन्त्र केवल इतिहासको पानामा सीमित हुनेछ। ओलीले देखाएको जिद्दीपन, अरुलाई नमान्ने अहंकार र अधिनायकवादी व्यवहारले हामीलाई ठूलो चेतावनी दिएको छ–संविधान, संसद् र संस्थागत संरचना भन्दा व्यक्तिलाई शक्तिशाली बनाउन दिईयो भने, गणतन्त्र अवश्य अवसान हुन्छ।

नेपालको इतिहासमा जनताको बलिदान व्यर्थ हुन दिनु भनेको राष्ट्रप्रति अपराध गर्नु हो। यस कारण, अब समय आएको छ–जनताले आफ्ना बलिदानलाई सम्झेर फेरि लोकतन्त्रलाई जोगाउने, अनि गणतन्त्रलाई नाम मात्र होईन, व्यवहारमा पनि स्थापना गर्ने। अन्यथा, गणतन्त्रको चिहान बनाउने जिम्मा हाम्रै पुस्ताले वहन गर्नु पर्नेछ।

लेखक ( डा. देवेन्द्र प्रसाद भट्ट, सुदूरपश्चिमाञ्चल क्याम्पस, धनगढी, कैलालीका उपप्राध्यपक हुनु हुन्छ।


प्रकाशित मिति: बुधबार, भदौ २५, २०८२  १९:१६
प्रतिक्रिया दिनुहोस्
थप विचार
आत्माले बुझ्ने सम्पत्ति: मान्छेको लोभ र समाजको सत्य
आत्माले बुझ्ने सम्पत्ति: मान्छेको लोभ र समाजको सत्य शुक्रबार, भदौ २७, २०८२
जेन्जी पुस्ताको विद्रोही बिगुल : भ्रष्टाचार र बेथिति विरुद्धको नयाँ जनआन्दोलन
जेन्जी पुस्ताको विद्रोही बिगुल : भ्रष्टाचार र बेथिति विरुद्धको नयाँ जनआन्दोलन मंगलबार, भदौ २४, २०८२
सत्ताको गोली : युवाको बलिदान
सत्ताको गोली : युवाको बलिदान मंगलबार, भदौ २४, २०८२
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ? बिहीबार, भदौ १२, २०८२
मानवीकी संकाय : जीवन बुझ्ने कला र भविष्य निर्माणको आधार
मानवीकी संकाय : जीवन बुझ्ने कला र भविष्य निर्माणको आधार सोमबार, भदौ ९, २०८२
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार शनिबार, भदौ ७, २०८२
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न शनिबार, भदौ ७, २०८२
किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम
किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम बिहीबार, भदौ ५, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
जेन्जी पुस्ताको विद्रोही बिगुल : भ्रष्टाचार र बेथिति विरुद्धको नयाँ जनआन्दोलन
जेन्जी पुस्ताको विद्रोही बिगुल : भ्रष्टाचार र बेथिति विरुद्धको नयाँ जनआन्दोलन
बाली जोगाउन रात भर जाग्राम
बाली जोगाउन रात भर जाग्राम
सत्ताको गोली : युवाको बलिदान
सत्ताको गोली : युवाको बलिदान
मर्यादित महिनावारी सचेतना कक्षा सञ्चालन
मर्यादित महिनावारी सचेतना कक्षा सञ्चालन
आउनै छोडे चिठीपत्र
आउनै छोडे चिठीपत्र
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न
अछामबाट अस्थायी रुपमा तराइँ बसोवास गर्नेलाई कैलालीबाट सेवा दिईने
अछामबाट अस्थायी रुपमा तराइँ बसोवास गर्नेलाई कैलालीबाट सेवा दिईने
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्