Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
आइतबार, असार १२, २०७९
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • खप्तडको त्रिवेणीमा स्नान गरे चिताएको फल पाईने धार्मिक विश्वास
खप्तडको त्रिवेणीमा स्नान गरे चिताएको फल पाईने धार्मिक विश्वास
खप्तड समाचारदाता
खप्तड समाचारदाता बिहीबार, असार २, २०७९
खप्तडमा अवस्थित गंगा र जमुनाको संगमसंगै त्रिवेणी मन्दिर।.jpg

साँफेबगर ।

खप्तड पर्यटकिय क्षेत्रमा पर्ने त्रिवेणी मन्दिरले विगतका बर्ष देखि पर्यटन क्षेत्र र धर्मलाई जोड्दै आएको छ। खप्तड पर्यटन क्षेत्रमा जाने पर्यटकहरुले नछुटाई हेनु पर्ने एक धार्मिक पर्यटकीय पवित्र तीर्थ स्थल हो। खप्तडको बिचमा अवस्थित यो मन्दिरको दायाँबाँया दुबै तिरबाट नदि बगेका छन्। यसलाई प्राचीन काल देखि नै धार्मिक मन्दिरका रुपमा पुजिँदै आईएको छ।

वरिपरी मैदानै मैदानको बिचमा अवस्थित रहेको त्रिवेणी मन्दिर नेपालमा रहेका तीर्थ स्थलहरु मध्ये एक हो। यहाँ बर्षेनी जेष्ठ शुक्ल नवमीका दिन गंगा दशहरा मेला लाग्ने गर्दछ र हजारौँ दर्सनार्थी तीर्थालु भक्तजन र पर्यटकहरुको घुईचो लाग्ने गर्दछ। खप्तड पर्यटन क्षेत्रको गहनाको रुपमा रहेको त्रिवेणी मन्दिरले पर्यटन तथा धर्मीक क्षेत्र दुवैलाई जोडेको छ।

खप्तड धार्मिक हिसाबले पवित्र मानिन्छ। पुराणमा उल्लेख भए अनुसार सत्य युगमा खेचरादी पर्वमा सिद्धहरुले बास बस्ने तपोवन भूमिको रुपमा यसलाई वर्णन गरिएकाले यो भूमि पवित्र मानिएको हो।

त्यस क्षेत्रमा त्रिवेणी, सहस्र लिंग, खापर दह, खडुली, दुदुली लगायतका स्थानमा दर्शन गरी स्नान गरेमा मनले चिताएको फल पाईन्छ भन्ने धार्मिक विश्वास समेत रहेकाले मेलामा स्थानीयहरुको बढी सहभागिता हुने गरेको छ।   त्यहाँ नागढुंगा, खापर दह, खप्तड आश्रम, सहस्र लिंग, त्रिवेणी धाम छन्। त्रिवेणी घाटमा नुहाए पाप पखालिन्छ। त्रिवेणीमा दुई नदी गंगा र जमुनाको संगम देखिन्छ। सरस्वती नदी गुप्त बगेकी छिन् भन्ने विश्वास गरिन्छ। त्यस्तै युधिष्ठिर स्वर्ग जाँदा खप्तड हुँदै गएका थिए भनिन्छ। यो मन्दिरमा धार्मिक आस्था राख्ने श्रदालु भक्तजनहरु र अवलोकन गर्ने उद्धेश्य बोकी आएका दुवै थरी पर्यटक घुम्न आउने गर्दछन्। पर्यटन र धार्मिक गन्तव्यका रुपमा रहेको मन्दिरमा वर्षैनी लाग्ने मेलामा स्वदेशी तथा विदेशी पर्यटक र दर्शनार्थीहरु आउने गर्दछन्।

गंगा दशहराका दिन लाग्ने मेलामा अछाम, डोटी, बझाङ र बाजुराका मानिसहरु आएर रात भर देउडा तथा न्याउले खेल लगाई रात भर रमाईलो गर्ने गर्दछन्। प्राकृतिक दृष्टिकोणले अती मनोरम दृश्यहरुको मज्जा लिन सकिने र वरिपरी हजारौँ रंगीबिरंगी फूलहरुको बीचमा रहेको यो मन्दिरमा दर्शन गरे पछि आफूले चिताएको पुग्ने धार्मिक विश्वासले पनि मानिसहरू यहाँ आउने गरेको खप्तड पर्यटन बोर्डका प्रेम बहादुर कुँवर बताउँछन्। यहाँ हेर्न आउने पर्यटक तथा श्रदालु भक्तजनहरुको लागि बास बस्नका लागि एक भवनको निर्माण गरिएको छ।

खप्तड पर्यटन क्षेत्र यहाँको गहनाको रुपमा रहेको त्रिवेणी मन्दिर र खप्तड पर्यटन क्षेत्रको विकास र संरक्षणका लागि सम्बन्धित निकायले ध्यान दिई सँगसँगै विकास गरेर लैजानु पर्ने कुँवरको भनाई रहेको छ। खप्तडको शोभा बढाउनमा त्रिवेणी मन्दिरको पनि एक महत्वपूर्ण भुमिका खेलेको छ। खप्तड बाबाले तपस्या गरेकोले पनि प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थलका रुपमा पवित्र मानिन्छ। बाबाले खप्तडमा ५० वर्ष बिताउनु भएको थियो। खप्तड पुगेर हेर्नै पर्ने ठाउँ खप्तड बाबाको आश्रम पनि हो। त्यहाँ बाबाको मूर्तिका साथै बाबाले प्रयोग गरेका केही सामान छन्। उहाँले योग र ध्यान गर्नु भयो र किताबहरु लेख्नु भयो।

उहाँले धर्म्विवज्ञान, विचार विज्ञान, स्वास्थ्य विज्ञान, म र मेरो कर्तव्य, नारीधर्म र पुरुषधर्म, आत्म ज्ञान, योग विज्ञान, वेदान्त विज्ञान, आरोग्य विज्ञान लगायत पुस्तक लेख्नु भएको छ। यस क्षेत्र भित्र खप्तड राष्ट्रिय निकुञ्ज, नागढुंगा, खापर दह, सहस्र लिंग, त्रिवेणीधाम, पाटन, खप्तड दह (ताल), खप्तड बाबाको आश्रम तथा विभिन्न किसिमका वनस्पतीहरु र चराचुरुंगीहरु पाईन्छन्।

खप्तड राष्ट्रिय निकुञ्ज प्रदेश नम्बर सात का ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाहरुको संगम स्थलमा अवस्थित छ। खप्तडको क्षेत्रफल २२५ बर्ग कि.मी. छ। यो समुन्द्री सतहबाट ३ हजार ५ सय मिटर सम्मको उचाईमा रहेको खप्तड राष्ट्रिय निकुञ्ज भित्र ५ सय ६७ थरिका वनस्पतीहरु र नेपालमा पाईने ८ सय ५० किसिमका चराचुरुंगी मध्ये २ सय ६० भन्दा पनि बढी चराचुरुंगीहरु पाईन्छन्।

खस्रे भ्यागुता र बझांगे पाहा गरी दुई प्रजातिका रैथाने उभयचर, बाघ बुट्टे निगांलो पाइने यो नेपालको एक मात्र राष्ट्रिय निकुञ्ज हो। विश्वकै दुर्लभ जातिको हरियो छेपारो यहाँ पाईन्छ। बाह्रै महिना पानीको सतह एकै नासको हुने विशेषता रहेको १ सय ५० मिटर लम्बाई ५० मिटर चौडाई रहेको खप्तड दह छ भने ५२ वटा ताल (दह) रहेका छन्।धार्मिक आस्था तथा पर्यटकीय क्षेत्र आकर्षणलाई जोगाई राख्न र अझ बढी पर्यटक भित्र्याउन यसको संरक्षणमा स्थानीयवासीका साथै राज्यका सम्पूर्ण सम्बन्धित निकायहरुले अहम भुमिका खेल्न तिर लाग्नु आवश्यक रहेको छ।


प्रकाशित मिति: बिहीबार, असार २, २०७९  १०:०३
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
साँफेबगरको बजेट ६९ करोड २७ लाख ६३ हजार, कृषि पहिलो प्रथामित्तामा
साँफेबगरको बजेट ६९ करोड २७ लाख ६३ हजार, कृषि पहिलो प्रथामित्तामा शुक्रबार, असार १०, २०७९
घुघुरकोटको दोस्रो वडा सभाको प्रथम अधिवेशनको खुला सत्र सम्पन्न
घुघुरकोटको दोस्रो वडा सभाको प्रथम अधिवेशनको खुला सत्र सम्पन्न मंगलबार, असार ७, २०७९
सामाजिक विकासका लागि महिला सशक्तिकरण परियोजनाको समन्वयात्मक बैठक बाब्लामा सम्पन्न
सामाजिक विकासका लागि महिला सशक्तिकरण परियोजनाको समन्वयात्मक बैठक बाब्लामा सम्पन्न सोमबार, असार ६, २०७९
सामाजिक विकासका लागि महिला सशक्तिकरण परियोजनाको समन्वयात्मक बैठक घुघुरकोटमा सम्पन्न
सामाजिक विकासका लागि महिला सशक्तिकरण परियोजनाको समन्वयात्मक बैठक घुघुरकोटमा सम्पन्न शनिबार, असार ४, २०७९
साँफेबगरमा खुल्यो हिमाल बेकरी हाउस
साँफेबगरमा खुल्यो हिमाल बेकरी हाउस सोमबार, जेठ २३, २०७९
साँफेबगर १३ बाब्लामा पुन: मतदानको माग
साँफेबगर १३ बाब्लामा पुन: मतदानको माग सोमबार, जेठ २, २०७९
साँफेबगरमा बाम गठबन्धनको शक्ति प्रर्दशन
साँफेबगरमा बाम गठबन्धनको शक्ति प्रर्दशन मंगलबार, वैशाख २७, २०७९
इमान्दार र सच्चा कम्युनिष्टहरुले काँग्रेसलाई भोट हाल्न सक्दैनन्ः रावल 
इमान्दार र सच्चा कम्युनिष्टहरुले काँग्रेसलाई भोट हाल्न सक्दैनन्ः रावल  आइतबार, वैशाख २५, २०७९
शैक्षिक क्षेत्रको विकासका लागि गुरु योजना बनाएर अघि बढ्ने: नगर प्रमुख पदका उम्मेदवार कुँवर
शैक्षिक क्षेत्रको विकासका लागि गुरु योजना बनाएर अघि बढ्ने: नगर प्रमुख पदका उम्मेदवार कुँवर शुक्रबार, वैशाख २३, २०७९
लोकप्रीय
  • Week
  • Month
घुघुरकोटको दोस्रो वडा सभाको प्रथम अधिवेशनको खुला सत्र सम्पन्न
घुघुरकोटको दोस्रो वडा सभाको प्रथम अधिवेशनको खुला सत्र सम्पन्न
सामाजिक विकासका लागि महिला सशक्तिकरण परियोजनाको समन्वयात्मक बैठक बाब्लामा सम्पन्न
सामाजिक विकासका लागि महिला सशक्तिकरण परियोजनाको समन्वयात्मक बैठक बाब्लामा सम्पन्न
साँफेबगरको बजेट ६९ करोड २७ लाख ६३ हजार, कृषि पहिलो प्रथामित्तामा
साँफेबगरको बजेट ६९ करोड २७ लाख ६३ हजार, कृषि पहिलो प्रथामित्तामा
साँफेबगरमा खुल्यो हिमाल बेकरी हाउस
साँफेबगरमा खुल्यो हिमाल बेकरी हाउस
सामाजिक विकासका लागि महिला सशक्तिकरण परियोजनाको समन्वयात्मक बैठक घुघुरकोटमा सम्पन्न
सामाजिक विकासका लागि महिला सशक्तिकरण परियोजनाको समन्वयात्मक बैठक घुघुरकोटमा सम्पन्न
घुघुरकोटको दोस्रो वडा सभाको प्रथम अधिवेशनको खुला सत्र सम्पन्न
घुघुरकोटको दोस्रो वडा सभाको प्रथम अधिवेशनको खुला सत्र सम्पन्न
खप्तडको त्रिवेणीमा स्नान गरे चिताएको फल पाईने धार्मिक विश्वास
खप्तडको त्रिवेणीमा स्नान गरे चिताएको फल पाईने धार्मिक विश्वास
खप्तड भिडियो डकुमेण्ट्री प्रतियोगिता हुने
खप्तड भिडियो डकुमेण्ट्री प्रतियोगिता हुने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© Khaptad News - For all Local News in Far Western Region in Nepal -2022 All rights reserved. Site by: SoftNEP