Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • ३२ वर्ष पछि कमलबजारमा व्यावसायिक उडान सुरु
३२ वर्ष पछि कमलबजारमा व्यावसायिक उडान सुरु
एकेन्द्र महता
एकेन्द्र महता सोमबार, वैशाख ८, २०८२

कमलबजार ।

निमार्ण कार्य थालनी भएको ३२ वर्ष पछि अछामको कमलबजार विमानस्थलमा व्यावसायिक उडान सुरु भएको छ । कमलबजार नगरपालिका, मंगलसेन नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, रामारोशन गाउँपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकाको संयुक्त पहल र सहयोगमा कमलबजार विमानस्थलमा व्यवसायिक उडान सुरु भएको हो ।

यस अघि फाल्गुन २५ गते देखि नियमित उडान हुने भनिएता पनि सो दिन मौसम प्रतिकुल भए पछि पहिलो उडान नै अवरुद्ध भएको थियो । निमार्ण कार्य थालनी भएको ३२ वर्ष पछि गत पुस १३ गते तारा एयरको विमानले कमलबजार विमानस्थलमा परीक्षण उडान गरेको थियो । हाललाई हप्तामा एक दिन, आइतबार मात्र उडान हुने सम्झौता अनुसार व्यवसायिक उडान सुरु भएको कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालले बताउनु भयो ।

आईतबार कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकाल, उपप्रमुख शारदा कुँवर लगाएत १५ सो जहाजमा सवार हुनुहुन्थ्यो भने, जहाज फर्किने बेला पनि १५ जना यात्रु लिएर उक्त जहाज नेपालगञ्जका लागि उडेको थियो । नेपालगञ्ज देखि कमलबजार सम्म २५ मिनेको समय लागेको नगर प्रमुख ढकालले बताउनु भयो । उक्त टुईनेटर विमान पाईलट क्याटेन संजिव श्रेष्ठ, वि सुब्बा र एयर ट्राफिक कन्ट्रोलर कृष्ण कुमार शाहले उडाउनु भएको थियो ।

आईतबार तारा एयरको नाईनएन–एईभी टुईनेटर जहाजले आफ्नो व्यवासायिक उडान गरेको हो । काठमाडौँ–कमलबजार, कमलबजार–काठमाडौँको लागि ११ हजार रुपियाँ र नेपालगञ्ज–कमलबजार, कमलबजार–नेपालगञ्जको लागि ६ हजार पाँच सय रुपियाँ भाडा दर कायम भएको छ । यात्रुको सहजताका लागि निकट भविष्यमा ई–सेवा र खल्ती एप मार्फत समेत टिकट काट्ने व्यवस्था मिलाईने गरि तयारी भई रहेको नगर प्रमुख ढकालले बताउनु भयो । कमलबजार विमान स्थलमा हवाईजहाज आउने भए पछि जहाज हेर्न हजारौँको संख्यामा स्थानीयहरुको भीड लागेको थियो ।

एक कार्यक्रम बिच संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्य मन्त्री अरुण कुमार चौधरीले विमानस्थलको उद्घाटन गर्नु भयो । मन्त्री चौधरीले कमलबजार विमानस्थलको पिच गर्न र नियमित उडान गर्न भरपुर प्रयास गर्ने बताउनु भयो । कमलबजार नगरपालिकाका नगर प्रमुख यज्ञ प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्य मन्त्री अरुण कुमार चौधरी रहनु भएको थियो ।

प्रमुख अतिथिको आशनबाट बोल्दै मन्त्री चौधरीले जहाजको व्यवसायिक उडान सुरु गरे संगै यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । उद्घाटन कार्यक्रममा अछाम क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाह, निवर्तमान सांसद राम बहादुर बिष्ट, नेपाल कांग्रेसका युवा नेता गणेश बिष्ट लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदा बिष्ट कुँवरले स्वागत मन्तव्य राख्नु भएको उद्घाटन कार्यक्रमको सञ्चालन कमलबजार नगरपालिकाका योजना तथा प्रशासन शाखा प्रमुख अधिकृत खड्ग बहादुर बिष्टले गर्नु भएको थियो ।


प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  ०८:४४
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
साँफेबगरमा बृहत देउडा खेल हुँदै
साँफेबगरमा बृहत देउडा खेल हुँदै मंगलबार, वैशाख २, २०८२
रामारोशन पर्यटन बोर्डको कार्यकारी अधिकृतमा पूर्ण विक नियुक्त
रामारोशन पर्यटन बोर्डको कार्यकारी अधिकृतमा पूर्ण विक नियुक्त मंगलबार, चैत १२, २०८१
वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समिति अध्यक्षमा भाट नियूक्त
वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समिति अध्यक्षमा भाट नियूक्त बिहीबार, चैत ७, २०८१
'साझा चौतारी’ बन्यो शारदाको चिया पसल
'साझा चौतारी’ बन्यो शारदाको चिया पसल बुधबार, पुस १७, २०८१
कमलबजार विमानस्थलको पौष १३ गते परिक्षण उडान हुने
कमलबजार विमानस्थलको पौष १३ गते परिक्षण उडान हुने आइतबार, पुस ७, २०८१
मार्कुको सान्नीकोटमा हुने दशैं मेला सफल पार्न भेला सम्पन्न
मार्कुको सान्नीकोटमा हुने दशैं मेला सफल पार्न भेला सम्पन्न शुक्रबार, असोज १८, २०८१
वाक नेपालको अध्यक्षमा कुँवर चयन
वाक नेपालको अध्यक्षमा कुँवर चयन मंगलबार, भदौ २५, २०८१
साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत
साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत शुक्रबार, असार ७, २०८१
लोकप्रीय
  • Week
  • Month
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
नेकपा एमाले साँफेको अध्यक्षमा कुँवर र मंगलसेनको अध्यक्षमा रावल चयन
नेकपा एमाले साँफेको अध्यक्षमा कुँवर र मंगलसेनको अध्यक्षमा रावल चयन
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
गैसस महासंघ अछाम शाखाको अध्यक्षमा पुनः केसी चयन
गैसस महासंघ अछाम शाखाको अध्यक्षमा पुनः केसी चयन
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्