Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • कालालेकी कालिका माईको मान्यता र विश्वास
कालालेकी कालिका माईको मान्यता र विश्वास
एकेन्द्र महता
एकेन्द्र महता बिहीबार, साउन २२, २०८२

‎कालिका भगवती माईलाई विशेष रुपमा हिन्दु धर्मावलम्बीहरुको लागि अत्यन्तै पूजनीय मानिन्छ । ‎नेपालका विभिन्न स्थानमा कालिका भगवतीका मन्दिरहरु छन्, तर प्रख्यात मन्दिरहरु मध्ये विशेष रुपमा अछाम जिल्लाको साँफेबगर नगरपालिका देविस्थानमा रहेको कालालेकीमा अवस्थित कालिका माईको मन्दिर पनि एक हो ।

देविस्थानमा कालालेकी कालिका माइको स्थापना : अहिलेका पुजारी बद्री प्रसाद भण्डारीका अनुसार : परापूर्व कालमा ४/५ बर्ष सय अगाडी त्यस ठाउँमा स्थानीयहरु गाई, गोरु बाख्रा चराउनका लागि जाने गर्दथे, गाईवस्तु चरनका लागि त्यो ठाउँ अति उपयुक्त भएका कारण मानिसहरु त्यतै गोठ, खरक हालेर बसेका थिए । आफुलाई र गाईस्तुलाई जंगली जनावर र भुतप्रेत नलागोस भन्ने हेतुले आस्थाको रुपमा ढुङ्गाको मुर्ति स्थापना गरि फूलपाती चढाउन सुरु गरे । किवदन्ती अनुसार देविस्थान धामीलेकका एक जना पू्र्खालाई कालिका देवी राती सपनामा आएर भने : “कति ढुङ्गाको मुर्ति बनाएर मात्र पुजा गर्छौ, अब मेरो मुर्ति  स्थापना गर “त्यस पछि स्थानीयबासी सबै मिलेर कालिका माइको स्थापना गरे।

त्यति बेला बाइसै चौबीसै राज्य थियो, कालिका माई मन्दिरको संरक्षण र पुजाआजाको लागि घुघुरकोटे राजाहरु कालालेकी जान्थे । त्यो बेला काठमाडौलाई नेपाल भन्ने प्रचलन थियो, तिलानाथ भण्डारी पुजारी काठमाडौ गएर त्यहाँको एक पुजारीलाई भेटेर भने “हाम्रो ठाउँमा पनि कालिकाको मन्दिर छ हामीले नै स्थापना गर्यौ अब यो कालालेकी कालिका माई मन्दिरको विकासका लागि केही पहल गरि दिनु पर्यो” त्यस पछि उहाँकै पहलमा कालालेकी मन्दिर गुठीमा दर्ता भइ क्रमशः यस मन्दिरको प्रचारप्रसार र विकास हुँदै गयो ।

‎यस कालिका मन्दिरमा हरेक वर्ष श्रावण शुक्ल चतुर्दशीका दिन मेला लाग्ने गर्दछ। त्यो दिन अछामका विभिन्न पालिका र छिमेकी जिल्लाहरुबाट पुजा आज र भाकल गर्नाका लागि दर्शनाभिलासीहरुको भिड हुने गर्दछ । विशेष रुपमा यो कालिका माइको मन्दिरमा ६ वटा पर्वहरु मनाउने गरिन्छ : चैते अष्टमी, मालिका चतुर्दर्शी, पन्चमी, विजया दशै आदि ।

‎‎देवी कालिका को परिचय :

‎कालिका देवी दुर्गाको एक उग्र रुप हो । उनलाई शक्ति, पराक्रम र विनाशकारी शक्ति को प्रतीक मानिन्छ । ‎उनले पापकर्मी र दानवहरुलाई नष्ट गर्ने देवीको रुपमा पूजा गरिन्छ, कालिका देवीको मूर्ति प्रायः कालो रंगको हुन्छ, हातमा खड्ग (तरवार), त्रिशूल, र नरमुन्ड (मानव टाउको) को माला देखिन्छ, उनी समय (काल) को स्वामिनी हुन्, त्यसैले “कालिका” भनिएको हो ।

‎‎कालिका भगवतीको पूजा विधि :

‎नित्य पूजा, आरती, विशेष पर्वहरुमा बलि दिने चलन पनि छ, भक्तजनहरुले कामना, स्वास्थ्य, सुरक्षा, र बाधा निवारणका लागि पूजन गर्दछन् ।
‎मान्यता र विश्वास :

‎देवी कालिकाको दर्शनले भय, संकट, रोग, र शत्रुहरुको नाश हुन्छ भन्ने विश्वास छ, भक्तजनहरुको मनोकांक्षा पूरा गर्ने शक्तिशाली देवीका रुपमा पूजिन्छिन् । ‎कालिका माईको संरक्षण र प्रबद्र्धन गर्नु भनेको त्यस स्थानको सांस्कृतिक, धार्मिक, प्राकृतिक र पर्यावरणीय सम्पदालाई जोगाउने र समृद्ध बनाउनु  हो ।‎

‎वडा  सरकारले यस कालालेकी माईको मन्दिरको संरक्षण र प्रबद्र्धनका लागि स्थानीय सरकारसँग सहकार्य गरी बजेट सुनिश्चित गर्न आवश्यक देखिन्छ । स्थानीय सरकारले पनि पर्यावरण, संस्कृति तथा पर्यटन मन्त्रालयसँग परियोजनागत सहकार्य गर्न र गैर सरकारी संस्था सामुदायिक समूह, निजी क्षेत्रबाट लगानी/सहयोग जुटाउनका लागि पहल कदम गरि यस  ठाउँको विकासका लागि लाग्नु पर्दछ ।


जय माँ कालिका


स्रोत : कालिका देवी माईका पुजारी बद्री प्रसाद भण्डारीको सहयोगमा ।


प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  १६:१५
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
ब्रोड पिकले यसरी खोस्यो नेपाली कीर्तिमानी पुस्तालाई
ब्रोड पिकले यसरी खोस्यो नेपाली कीर्तिमानी पुस्तालाई बिहीबार, साउन २१, २०८३
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने मंगलबार, साउन ५, २०८३
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न शुक्रबार, साउन १, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
रामारोशन स्काई रन असार ३ मा हुने
रामारोशन स्काई रन असार ३ मा हुने मंगलबार, जेठ १९, २०८३
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना सोमबार, जेठ ४, २०८३
पहिलो पटक महिलाको काँधमा खप्तडको जिम्मेवारी
पहिलो पटक महिलाको काँधमा खप्तडको जिम्मेवारी शुक्रबार, चैत १३, २०८२
आत्मनिर्भर बन्न कफी खेती
आत्मनिर्भर बन्न कफी खेती बिहीबार, साउन २९, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्