Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • हावाबाट निकालिएको विजुली उत्पादन बन्द
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
खप्तड समाचारदाता
खप्तड समाचारदाता शनिबार, साउन १०, २०८२

मंगलसेन ।

अछामको कमलबजारमा हावाबाट निकालिएको विजुली उत्पादन बन्द भएको छ । हावाबाट पङ्खालाई घुमाएर टर्वाईनको माध्यमले ब्याट्री चार्ज भई विजुली निकालिँदै आएकोमा टर्वाईन लगायत अन्य पार्टमा समस्या देखिए पछि विजुली उत्पादन बन्द भएको हो ।

कमलबजारमा हावाबाट विजुली निकालेर गाउँलाई उज्यालो बनाईएको थियो । एउटा टर्वाईनमा देखिएको समस्याले विगत केही वर्षदेखि हावाबाट विजुली उत्पादन बन्द भएको छ । कमलबजारमा वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, कमलबजार नगरपालिका र स्थानीयको श्रमदान गरी करिब दुई करोड लागतमा हावाबाट विजुली निकाल्ने परियोजनाको काम सुरु भएको थियो । १५ किलोवाट क्षमता हावाबाट र १५ किलोवाट विद्युत सोलारबाट गरी जम्मा ३० किलोवाट क्षमताको विद्युत उत्पादन भएको थियो ।

नगर प्रमुख यज्ञ प्रसाद ढकालका अनुसार बजार क्षेत्रका दुई सय घरधुरीले हावाबाट निकालिएको विजुली बाल्न पाएका थिए । करिब पाँच हजार जनसङ्ख्या लाभाविन्त भएका थिए । हाल उक्त परियोजना बन्द भएको छ । ढकालले त्यसको मर्मतका लागि वैकल्पिक उर्जा प्रवर्धन केन्द्रमा पत्र पठाइएको बताउनुभयो । उहाँले वैकल्पिक उर्जा प्रवर्धन केन्द्रले प्रदेशमा पठाएको र सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयमा पठाएको बताउनुभयो ।

ढकालले भन्नुभयो, ‘मैले त्यहाँको सचिवलाई भेटेँ हामी कार्यक्रममा राखि दिन्छौँ भन्नुभयो तर कार्यक्रममा पनि राख्नु भएन, अब हामीले पालिकाबाटै गर्न सके पछि हो नभए बाहिरबाट होला जस्तो छैन ।’’ उहाँले भन्नुभयो, ‘‘म अहिले काठमाडौँ आएको छु, वैकल्पिक उर्जा केन्द्रमा गएर बुझ्छु, कोसिस गर्छु, भएन भने पालिकाबाट मर्मत गछौँ ।’’ उहाँका अनुसार उक्त विजुली मर्मत गर्नका लागि २१ लाख बराबरको लागत स्टमेट बनेको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडक बहादुर बिष्टका अनुसार मर्मतका लागि वैकल्पिक उर्जा प्रवर्धन केन्द्रमा पहल भई रहेको छ । २०७४/०७५ तिर यसको निर्माण भएको हो । यसमा वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको अनुदान र नगरपालिकाबाट पनि २० लाख रुपियाँ बजेट लागत सहयोग भएको थियो । बिष्टले भन्नुभयो, ‘‘तत्कालीन अवस्थामा यहाँ केन्द्रीय विद्युत प्रशारण लाइन थिएन । एक दुई वर्षसम्म करिब तीन सय घरधुरीको लागि विद्युत सेवा उपलब्ध गराईएको थियो । जम्मा १५ किलोवाटको हावाबाट र १५ किलोवाटका सोलार इनर्जीसँगै जोडेर त्यसको क्षमता ३० किलोवाट रहेको थियो ।’’

बिष्टका अनुसार त्यसको एक दुई पार्टमा समस्या छ, जुन सामग्री चाहिने हो त्यो सामग्री नेपालमा सजिलै पाइँदैन ।

‘‘अघिल्लो वर्ष पनि यसको मर्मतका लागि प्रयास गरिएको हो । त्यो सामग्री चाइना वा अन्य कतैबाट ल्याउनु पर्दो रहेछ । त्यो सम्भावना भएन । यो वर्ष हामीले यसको स्टिमेट सहित पठाएका छौँ । त्यसलाई वैकल्पिक रुपमा नगरपालिकाको कार्यालय, यहाँको प्रहरी, कार्यालय, अस्पताल, बैंक र खानेपानी गरी पाँचवटा कार्यालयको लागि प्रसारण लाईन दिने र बत्ति नभएको अवस्थामा पनि त्यसले काम गर्ने योजनाका साथ अगाडि बढेका छौँ ।’’

बिष्टले भन्नुभयो, ‘‘नगर प्रमुख ज्यूले त्यसको पहल गरि रहनु भएको छ । हामीले वैकल्पिक उर्जा प्रवर्धन केन्द्रमा यसको इस्टिमेट सहित विवरण माग गरेको छौँ ।’’

तत्कालीन समयमा कमलबजारमा हावाबाट विजुली निकलिए पछि बजारको चहलपहल बढेको स्थानीय निर्प बहादुर बोहराले बताउनुभयो । हावाबाट विजुली निकालेको भन्दै दैनिक सयौंको सङ्ख्यामा स्थानीयहरु हेर्न आउँथे । बोहराले भन्नुभयो, ‘‘केही समय हावाबाट उत्पादन भएको विजुलीले झिलिमिली पनि भएको थियो, त्यस पछि एकाएक बन्द भयो । पहिले सबैले चाँसो दिन्थे सबै कुरा हुन्थ्यो अहिले बत्ति आइसकेभन्दा पछाडि त्यसलाई चासोको विषयमा कसैले लिएनन् । त्यहि भएर थप्प भयो । अब यसको मर्मत सम्भार गरेर सुचारु गरिनु पर्छ ।’’


प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  १०:३१
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा आइतबार, असार २९, २०८२
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
३२ वर्ष पछि कमलबजारमा व्यावसायिक उडान सुरु
३२ वर्ष पछि कमलबजारमा व्यावसायिक उडान सुरु सोमबार, वैशाख ८, २०८२
साँफेबगरमा बृहत देउडा खेल हुँदै
साँफेबगरमा बृहत देउडा खेल हुँदै मंगलबार, वैशाख २, २०८२
रामारोशन पर्यटन बोर्डको कार्यकारी अधिकृतमा पूर्ण विक नियुक्त
रामारोशन पर्यटन बोर्डको कार्यकारी अधिकृतमा पूर्ण विक नियुक्त मंगलबार, चैत १२, २०८१
वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समिति अध्यक्षमा भाट नियूक्त
वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समिति अध्यक्षमा भाट नियूक्त बिहीबार, चैत ७, २०८१
'साझा चौतारी’ बन्यो शारदाको चिया पसल
'साझा चौतारी’ बन्यो शारदाको चिया पसल बुधबार, पुस १७, २०८१
कमलबजार विमानस्थलको पौष १३ गते परिक्षण उडान हुने
कमलबजार विमानस्थलको पौष १३ गते परिक्षण उडान हुने आइतबार, पुस ७, २०८१
मार्कुको सान्नीकोटमा हुने दशैं मेला सफल पार्न भेला सम्पन्न
मार्कुको सान्नीकोटमा हुने दशैं मेला सफल पार्न भेला सम्पन्न शुक्रबार, असोज १८, २०८१
लोकप्रीय
  • Week
  • Month
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
सकेपछि होइन, मन भएपछि हुन्छ
सकेपछि होइन, मन भएपछि हुन्छ
मातृभूमि जागरण अभियान नेपाल समन्वय तथा सम्पर्क समितिको बैठक सम्पन्न
मातृभूमि जागरण अभियान नेपाल समन्वय तथा सम्पर्क समितिको बैठक सम्पन्न
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
जिल्ला प्रशासन कार्यालय अछाममा जोर–बिजोर सेवा प्रणाली लागु
जिल्ला प्रशासन कार्यालय अछाममा जोर–बिजोर सेवा प्रणाली लागु
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
सकेपछि होइन, मन भएपछि हुन्छ
सकेपछि होइन, मन भएपछि हुन्छ
खोजी कार्यमा सहयोग गरि दिन परिवारको आग्रह
खोजी कार्यमा सहयोग गरि दिन परिवारको आग्रह
मातृभूमि जागरण अभियान नेपाल समन्वय तथा सम्पर्क समितिको बैठक सम्पन्न
मातृभूमि जागरण अभियान नेपाल समन्वय तथा सम्पर्क समितिको बैठक सम्पन्न
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्