Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • प्रेमी पर्खेको ‘रानीसैन’
प्रेमी पर्खेको ‘रानीसैन’
खप्तड समाचारदाता
खप्तड समाचारदाता आइतबार, साउन ११, २०८२

कृष्ण ओली, बाजुरा ।

 प्रकृति पनि रानी जस्तै हुन्छ त रु अनि रानी नै किन भनिएको होला  धेरैको मनमा प्रश्न उठ्न सक्छ । जिज्ञासा जाग्न सक्छ । आश्चर्य पनि लाग्न सक्छ । तर यो सृष्टीमा असम्भव केही रहेन छ । प्रकृतिको परिवारमा होस् कि मान्छे सबै कुरा सम्भव हुन्छ भन्ने उदारण हो, रानीसैन ।

सुन्दरता र स्वच्छतामा अलौकिक छ । आकर्षणमा धर्तीमै नभेटिएको प्रकृतिको स्वर्ग लाग्छ । वरिपरिको प्रकृतिले प्रेमीकालाई जस्तो जतन, माया र सजाएर राखे जस्तै । दरबारमा राजाले रानीलाई जस्तै माया र सम्मान रानीसैनले प्रकृतिबाट पाएको देखिन्छ । हिउँको घुम्टो पनि, हरियालीको शितलता पनि, पानीको रुझान पनि, पहाडको शहर पनि, अनि खुला रम्ने मैदान पनि । रानीसैन सौभाग्यवती छिन् ।

प्रकृतिकी रानी रानीसैन चर्चामा आएको र पर्दामा देखिएको धेरै भएको छैन । केही समयमै रानीसैनले आफ्नै सुन्दरतामा पुग्ने जतिलाई लठ्ठ पारिसकेकी छ । सुन्दरता देखेर नै राजा महेन्द्रले रारालाई स्वर्गकी अप्सरा भने जस्तै यहाँका स्थानीयले रानी खर्कलाई रानीसैन भन्ने गरेका छन् ।


त्यही अप्सरा जस्तो सुन्दर रारा ताल रहेकै मुगुको छिमेकी जिल्ला बाजुरामा पर्छ, रानीसैन । सुरुमा यसलाई रानी खर्क भन्ने गरिन्थ्यो । स्थानीयले गोठ बनाएर बस्ने, वर्षाको समयमा चौंरीगाई, भैंसी, भेडाच्याङ्ग्रा लैजाने र गोठ अर्थात् स्थानीय भाषामा खरले छाएका अस्थायी टहरा खर्क लगाएर बस्ने गर्थे । वर्षाको समयमा त्यहाँका स्थानीयको बास स्थान जस्तै हो, रानीसैन । हिउँदमा भने बस्न गाह्रो हुन्छ । करिब ६ महिना हिउँकै घुम्टोले रानीसैन ढाकिएको हुन्छ ।


बाजुराको हिमाली गाउँपालिका-३ मा पर्छ रानीसैन । हुम्ला र बझाङ जिल्लाको सीमा क्षेत्र पनि हो । सैपाल हिमालको पूर्व फेद अर्थात् काख नै रानीसैन हो । जो राजाबिना रानी तड्पे जस्तै, पर्यटकबिना रानीसैन पनि एक्लो देखिन्छ । सुनसान तर सुन्दर देखिन्छ, त्यो रानीसैनको विशेषता हो ।

प्रचारको कमी

हिमाली गाउँपालिकाको धुलाचौरबाट कम्तीमा दुई दिनको पैदल यात्रा । पुग्न सहज छैन । तर पुगेपछि स्वर्ग जस्तै लाग्छ । थकाइ सब मेटिन्छ । त्यसैले पुग्ने जतिले भन्छन्, ‘रानीसैन प्रेमी पर्खी बसेको छ । उ प्रतिक्षामा छ । कोही आओस् अनि मोहनी लाउन पाइयोस् । आफ्नो आँगनमा खेल्नेहरुको कमी नहोस् ।’


भू-आकारले रानीसैन हिमाल, पहाड र तराइको संयोग जस्तै छ । हावापानीले लेकाली भेग, हिमालको काख अनि चिसो मौसम भए पनि भूवनावट तीनै क्षेत्रको संयोजनमा बनेको छ । सैपाल हिमालकै फेदीमा पहाड भेटिन्छ । हेर्दा पनि लाग्छ रानीसैन कोही कसैले फुर्सदमा बनाए जस्तो । त्यो पनि हातले सुधार गरीगरी ।

उकालो ओलारो हेर्दा पहाडको महसुस हुन्छ । अनि समथर रानीसैनको पाटन हेर्दा लाग्छ, यो कुनै तराई क्षेत्रको सम्म परेको उर्वर जमिन हो । हिमाल पहाडले घेरेको उपत्यका हो । बीचको फाँटसँगै जोडिएका परपरसम्म देखिने हरियो जङ्‍गलको आकर्षणले अर्को सुन्दरताको ताज परिरहेजस्तै देखिन्छ, रानीसैन ।

भन्दा फरक पर्दैन, रानीसैन स्वर्ग हो । त्यो पनि धर्तीमा लुकेको सुदूरको स्वर्ग । बाजुरा बडीमालिका जस्तै भू(स्वर्गको जिल्ला हो । बुढीनन्दा जस्तो आस्था र विश्वासको जननी हो । त्यसैमा भेटिएको अर्को प्रकृतिको स्वर्ग रानीसैन । कुनै भन्दा कम र कमजोर छैन ।


बाटो पुर्‍याउन तत्काल सम्भव देखिन्छ । हिमाली गाउँपालिकाले गाउँ सभा नै रानीसैनमा गरेको थियो । केही डटुमेन्ट्रीबाहेक प्रचारका लागि धेरै प्रयास गरिएको छैन । थाह पाएका र व्यवसायिक घुम्ने योजना बनाएका बाहेक त्यहाँ कमै पुगेका छन । तर पछिल्लो समय पालिकाले नै प्रमुख महत्वको रुपमा रानीसैनलाई प्राथमिकतामा राखेको पालिका अध्यक्ष गोविन्द्रबहादुर मल्ल बताउँछन् ।

बाटो बनाउन आवश्यक देखिन्छ । पर्यटकका लागि बस्ने बास स्थान र खानेकुरासहितका होटल पसल पनि आवश्यक छ । त्यो सबै कुरालाई बिस्तारै सुधार गर्न लागिएको हो, त्यो भन्दा पहिला संघ र प्रदेश सरकारले बाटो पुर्‍याउने गरी लगानी गरिदिए हुने अपेक्षा गाउँपालिकाको छ ।

हिमालीको साविक बिछ्या गाउँ विकास समिति र हालको १,२ र ३ नम्बर क्षेत्र जडीबुटीको खानी भएको भूगोल हो । जडीबुटी पनि उत्पादन र बजारीकरणका लागि सडक आवश्यक छ । त्यसैमा रानीसैनसम्म सडक नभए पनि सहज पैदल मार्ग बनाउन र थप संरचना निर्माण गर्न सके हिमालीका स्थानीयका लागि आम्दानीको स्रोत हुने गाउँपालिका उपाध्यक्ष राजकला सार्कीले बताउँछिन् ।


रानीसैन समुद्री सतहबाट ३ हजार ५ सय ७८ मिटरको उचाइमा छ । चौंरीको वासस्थान साथै घोडा, भेडा बाख्राहरुले वन नै ढाकिने क्षेत्र हो । अन्य जंगली जनावरको ताँती र लस्कर अर्को आनन्द लाग्ने दृश्य हो । रानीसैनमा पाटन र हिमताल साथै हिमालबाट अप्सराहरुको सुन्दर कपाल जस्तै लामा देखिने सुन्दर झरनाहरुमा रमाउन सकिन्छ ।

रानीसैनमा पाइने हरेक जीवजन्तु, पशुपन्छी, बोटविरुवाले त्यत्ति नै सुगन्ध र रमणीय बनाउने गरेका छन् । सैपाल हिमालको फेदी रहेको ३ हजार ५ सय ७८ मिटरको उचाइमा सुन्दर हिमपात छ । जुन ठाउँबाट दिउँसो सैपाल हिमालबाट खस्ने हिउँ पहिरोको गड्याङ गुडुङ आवाजले रक स्टारले बजाएको गीतको धुन जस्तै सुन्न सकिन्छ ।

पर्यटकीय क्षेत्र नजिकै जडिबुटीको भण्डार, बुकीलगायतका चिजबिज पाइन्छ। जहाँ फूलै फूलले टम्म परेको रंगिन फाँट आँखाले नभ्याउन्जेल सम्म धीत मर्नेगरी हेर्नको लागि अति नै सुन्दर राम्रो रमणीय रहेको छ । जटामसी, गुच्चीच्याउ, पदमचाल, पाँच औँले, सेतो चिनी, विष, यार्सागुम्बा लगायतका सयौं जातिका जडीबुटी पाइने गरेको छ ।


कर्णाली नदी सङ्हकुवाडी नदीको मूहान पनि सैपालको हिउँ र हिमताल नै हो । हालसम्म धेरै आन्तरिक तथा बाहिरी पर्यटकलाई यस क्षेत्रमा आउन सकिरहेको छैन । रानीसैन विकासको मात्र नभएर संरक्षणको पर्खाइमा रहेको छ । पर्यटकीय पदमार्ग सम्भावना बोकेको र पर्यटकीय सडक मार्ग साथै होमस्टे र इकोभिलेज जस्ता आयस्रोत वृद्धि विकास गर्ने सम्भावना बोकेको स्थान पनि हो रानीसैन । जहाँबाट सैपाल हिमाल हेर्न, हुम्ला भएर मानसरोवरको यात्रा गर्न पनि सहज हुनेछ ।

बाह्य पर्यटकका लागि विशेष गरी सबै भन्दा सहज छोटो नेपालगञ्जबाट बाजुरा विमानस्थल यहाँ आउन सकिन्छ । सडक सञ्जालबाट आउने हो भने सुर्खेत हुँदै कर्णाली करिडोरबाट सिधै करिब एकरआधा दिनमा हिमाली गाउँपालिका केन्द्र पुगिन्छ । हवाई जहाजबाट नेपालगञ्ज हुँदै कोल्टी विमानस्थल र कोल्टीबाट १ घण्टा जीपको यात्रा गरी गाउँपालिका केन्द्र पुग्न सकिन्छ ।

जीवना हुँदै बौडी, गुम्बा, चियाचौर हुँदै लाम्पाटा भएर डेढ दिनमा रानीसैन पुगिन्छ । रानीसैनसम्म सडक सञ्जाल नजोडिएका कारणले अधिकांश स्थानीय समेत जान सकेका छैनन् । यातायात धेरै भए पनि हिमाली गाउँपालिका केन्द्रदेखि हुम्लाको जीवना गाउँसम्म यातायातसम्म पुगिन सकिन्छ । दिनको पैदल दूरी हुँदै बीचमा युना बौड़ी, गुम्बा लाम्पाटा लगायतका बस्ती हुँदै रानीसैन पुगिन्छ । त्यसभन्दा माथि खर्क गोठालो लाग्ने ठाउँमा बस्न र खाने कुरा पाउन सकिन्छ । केही बन्दोबस्तीका सामग्री भने आफैँले बोक्नुपर्छ । र, हिंडेर जानुपर्ने अवस्था छ ।

जिल्लाको सिमानामा पर्ने कवाडी खोलाको बगिरहेको पानी रानीसैन हिमताल हुँदै बगेर खोला बनेको स्थानीय बताउँछन् । सरकार परिवर्तन भए पनि रानीसैन भने उस्ताको उस्तै रहेको छ । कुनै पनि सरकारले बाजुरा एउटा पर्यटनको सम्भावना बोकेको ठाउँ प्रचार(प्रसार कमी हुँदा रानीसैन उस्तै अवस्था ओझेलमा परेको छ । रानीसैनको प्रचारप्रसार कमी मात्र होइन यस क्षेत्रलाई संरक्षण र प्रवर्द्धनको कमी पनि छ ।


प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १३:१४
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
आत्मनिर्भर बन्न कफी खेती
आत्मनिर्भर बन्न कफी खेती बिहीबार, साउन २९, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
कालालेकी कालिका माईको मान्यता र विश्वास
कालालेकी कालिका माईको मान्यता र विश्वास बिहीबार, साउन २२, २०८२
ताम्राकारद्धारा मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण
ताम्राकारद्धारा मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण आइतबार, साउन १८, २०८२
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
हावाबाट निकालिएको विजुली उत्पादन बन्द शनिबार, साउन १०, २०८२
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा आइतबार, असार २९, २०८२
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
३२ वर्ष पछि कमलबजारमा व्यावसायिक उडान सुरु
३२ वर्ष पछि कमलबजारमा व्यावसायिक उडान सुरु सोमबार, वैशाख ८, २०८२
साँफेबगरमा बृहत देउडा खेल हुँदै
साँफेबगरमा बृहत देउडा खेल हुँदै मंगलबार, वैशाख २, २०८२
लोकप्रीय
  • Week
  • Month
राजनितिसंगसंगै स्वास्थ्य सेवा
राजनितिसंगसंगै स्वास्थ्य सेवा
नेकपा एमालेद्धारा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न
नेकपा एमालेद्धारा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न
वाक नेपालमा कार्यरत उत्कृष्ट ६ जना कर्मचारी सम्मानित
वाक नेपालमा कार्यरत उत्कृष्ट ६ जना कर्मचारी सम्मानित
राजनितिसंगसंगै स्वास्थ्य सेवा
राजनितिसंगसंगै स्वास्थ्य सेवा
वाक नेपालको सामाजिक परीक्षण तथा २८ औँ वार्षिक सभा सम्पन्न
वाक नेपालको सामाजिक परीक्षण तथा २८ औँ वार्षिक सभा सम्पन्न
सिटीटप मोबाईल एण्ड सप्लायर्सको शाखा विस्तार
सिटीटप मोबाईल एण्ड सप्लायर्सको शाखा विस्तार
नेकपा एमालेद्धारा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न
नेकपा एमालेद्धारा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्