Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • “अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
खप्तड समाचारदाता
खप्तड समाचारदाता मंगलबार, वैशाख २९, २०८३
बाख्रासंग रमाउँदै डम्बरकला खड्का।

साँफेबगर ।

अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ५ लुंग्राकी डम्बरकला खड्काको जीवन कथा पीडा, संघर्ष र अदम्य साहसले भरिएको एउटा प्रेरणादायी यात्रा हो। सामान्य जीवन जिउँदै आउनु भएकी एक महिला कसरी कठिन परिस्थितिसँग जुध्दै आत्मनिर्भर बन्न सक्छिन् भन्ने ज्वलन्त उदाहरण बन्नु भएको छ उहाँ। यो कथा केवल पढाईने मात्र होईन, महसुस गरिने पीडाको इतिहास हो। साथै यो कथा निराशा बीच पनि आशा बाँच्न सक्छ भन्ने प्रमाण हो।

डम्बरकला र उहाँका श्रीमान बम बहादुर खड्काको वैवाहिक जीवन सुरुवातमा निकै व्यवस्थित थियो। दुवै जना मिलेर बाजुरामा दुईवटा पसल सञ्चालन गर्नु हुन्थ्यो। व्यापार राम्रै चलेको थियो, दैनिक लाखौँको कारोबार हुन्थ्यो, दुई जना कामदार समेत राखिएका थिए। चर मध्ये तीन सन्तानलाई बोर्डिङ स्कुलमा पढाउने अवस्था थियो। जीवनमा कुनै ठूलो अभाव थिएन, परिवार सुखी र सन्तुष्ट देखिन्थ्यो। त्यो समयमा उनीहरुको घर आशा र उज्यालोले भरिएको थियो। त्यो घरमा सपना थियो, भविष्य थियो र आत्मविश्वास थियो।

तर जीवन सधैं एउटै लयमा चल्दैन। एक्कासी परिस्थितिले अप्रत्याशित मोड लियो। रुढीवादी परम्परा र देवीदेउताको प्रभावका कारण श्रीमानको मानसिक अवस्था अस्थिर हुन थाल्यो। यसै बीच व्यापारमा उधारो बढ्दै गयो। उधारो रकम उठाउनका लागि श्रीमान भारत तर्फ जानु भयो। त्यो समयमा अहिले जस्तो मोबाईल फोन वा सामाजिक सञ्जालको पहुँच थिएन। सम्पर्क टुट्नु भनेको आशा टुट्नु जस्तै थियो। एक क्षणमै जीवनको आधार हल्लिएको जस्तो अनुभूति भयो।

सँगै गएका व्यक्तिहरुले धनगढीसम्म सकुशल पुगेको खबर पठाए, तर त्यस पछि अचानक नाक–मुखबाट रगत बगेको भन्ने सूचना मात्रै आयो। पछि उहाँको कुनै अत्तोपत्तो लागेन। त्यही क्षण देखि डम्बरकलाको जीवनमा अँध्यारो रात सुरु भयो। त्यो रात कहिल्यै सकिएन जस्तो लाग्ने पीडाको सुरुवात थियो।

हाल उहाँका श्रीमान बम बहादुर सम्पर्क विहीन भएको १७ वर्ष पुरा भई सकेको छ। यस घटनाले डम्बरकलाको जीवन पूरै बदलियो। श्रीमान बेपत्ता भए पछि व्यापार धराशायी भयो। उधारो उठ्ने सम्भावना पनि समाप्त भयो। घर चलाउने आधार नै हरायो। चार सन्तानको जिम्मेवारी, त्यस मध्ये एक छोरी अपांग, यी सबै चुनौती एकै पटक आउँदा उहाँ गहिरो संकटमा पर्नु भयो। आँसु पुछ्ने समय पनि थिएन तर जिम्मेवारी ठूलो थियो। मुटु रोई रहेको थियो, तर हातले संघर्ष गर्न छोडेन।

माईतीबाट केही सहयोग पाए पनि त्यो पर्याप्त थिएन। उहाँ पाँच वर्षसम्म खेतको बीचमा टिनको टहरो बनाएर बस्न बाध्य हुनु भयो। त्यहाँ बस्दा सर्प र किराको डरले रात बिताउनै गाह्रो हुन्थ्यो। वर्षा, हिउँद, गर्मी, सबै मौसममा त्यही अस्थायी घरमै छोराछोरीलाई जोगाउँदै जीवन धान्नु पर्दथ्यो। त्यो टहरो केवल घर थिएन, संघर्षको जिउँदो प्रतीक थियो। त्यो टहरोले एउटा आमाको असह्य पीडा बोकेको थियो।

उमेरले ४८ वर्षमा हिँडी रहनु भएकी डम्बरकला सम्झिदै भन्नु हुन्छ–त्यो समय जीवनको सबै भन्दा कठिन घडी थियो।” एकातिर श्रीमान हराएको पीडा, अर्कोतिर सन्तानको भविष्यको चिन्ता। आयस्रोत केही नभएको अवस्थामा के गर्ने भन्ने अन्योलले दिनरात पिरोल्थ्यो, रात लामो हुन्थ्यो, तर पीडा त्यो भन्दा अझ लामो, हरेक बिहान नयाँ संघर्ष लिएर आउँथ्यो।

अन्ततः उहाँले साहसिक निर्णय लिनु भयो। दैनिक लाखौँको कारोबार गर्ने उहाँ बाध्य भएर सडकको नाली सफा गर्ने काममा लाग्नु भयो। सुरुमा उहाँलाई निकै लाज लाग्थ्यो। अरुले देख्लान् भन्ने डरले लुकेर काम गर्नु हुन्थ्यो। तर समयसँगै बाध्यता नै उहाँको शक्ति बन्यो। “काम सानो–ठूलो हुँदैन,” भन्ने सत्य उहाँले आफ्नै जीवनबाट सिक्नु भयो। यही काम गरेर उहाँले आफ्नो छोरालाई धनगढीमा छ वर्षसम्म पढाउन सफल हुनु भयो। त्यो हातले काम होईन, भविष्य बनाई रहेको थियो। त्यो संघर्ष नै उहाँको पहिलो जित थियो।

समयसँगै केही सकारात्मक परिवर्तन पनि आए। संघर्षकै बीचमा उहाँ “समविकास नेपाल” नामक गैर सरकारी संस्थासँग जोडिन पुग्नु भयो। त्यहाँबाट उहाँले विभिन्न तालिमहरु प्राप्त गर्नु भयो। साथै, बाख्रा पालन सुरु गर्न १५ हजार रुपैयाँ सहयोग पनि पाउनु भयो। यही सहयोगले उहाँको जीवनमा नयाँ मोड ल्यायो। अँध्यारो जीवनमा पहिलो उज्यालो त्यही सहयोग थियो। त्यो सानो सहयोगले ठूलो जीवन परिवर्तनको ढोका खोल्यो।

डम्बरकला भन्नु हुन्छ–“तीनवटा बाख्रा किनेर व्यवसाय सुरु गरेँ, सुरुवात सानो भए पनि मेहनत, लगनशीलता र धैर्यले त्यो व्यवसाय विस्तारै ठूलो हुँदै गयो। तीनचार वर्षमा ४०–४२ वटा बाख्रा भए।”
उहाँको प्रगति देखेर संस्थाले पुनः १६ हजार रुपैयाँ सहयोग गर्यो, जसबाट उहाँले थप बाख्रा खरिद गर्नु भयो। त्यो सानो बोट आज ठूलो छायाँ बनेको छ। आज त्यो छायाँले धेरै परिवारलाई उज्यालो दिई रहेको छ।

आज बाख्रा पालन नै उहाँको मुख्य आम्दानीको स्रोत बनेको छ। उहाँ भन्नुहुन्छ–“यही व्यवसायबाट मैले घर खर्च चलाएँ, छोराछोरीको पढाई खर्च र ६५ हजार रुपैयाँको भैँसी समेत खरिद गरेको छ।”

अझै महत्वपूर्ण कुरा, उहाँले हाल बैंकमा ७० हजार रुपैयाँ बचत गर्न सफल हुनु भएको छ। यो पैसा होईन, उहाँको संघर्षको प्रमाण हो। यो बचत उहाँको आँसु, पसिना र धैर्यको परिणाम हो।

उहाँका छोरा अहिले काम गर्न सक्षम भई सक्नु भएको छ भने छोरी १२ कक्षाको परीक्षा दिँदै हुनु हुन्छ। यो उपलब्धि कुनै सजिलो बाटोबाट आएको होईन, बरु अनगिन्ती संघर्ष, आँसु र मेहनतको परिणाम हो। आँसुको मूल्य आज सफलता बनेको छ। आज त्यो परिवार पुनः उठेको छ।

डम्बरकला भन्नु हुन्छ, “यदि महिलाले आँट गर्ने हो भने असम्भव केही छैन। सीप सिक्नु पर्छ, आफैंमा विश्वास गर्नु पर्छ र कहिल्यै हार मान्नु हुँदैन। महिलाले पनि पुरुष सरह साहस गर्नु पर्छ, सीप सिक्नु पर्छ। संघर्षबाट भागेर होईन, सामना गरेर मात्र सफल हुन सकिन्छ।”

उहाँको अनुभवले देखाउँछ–समाजमा महिलाहरुले भोग्ने समस्या र चुनौतीहरु जति कठिन भए पनि, सही मार्गदर्शन, अवसर र आत्मविश्वासले जीवन परिवर्तन गर्न सकिन्छ। आज डम्बरकला खड्का केवल एक सफल बाख्रा व्यवसायी मात्र हुनु हुन्न, उहाँ संघर्ष र आत्मनिर्भरताको प्रतीक पनि बन्नु भएको छ। उहाँको कथा अछाम मात्र होईन, सिंगो देशका महिलाहरुका लागि प्रेरणाको स्रोत बनेको छ। दुःख र अभावका बीच पनि आशा मर्दैन, प्रयास जारी राखे सफलताको बाटो अवश्य खुल्छ भन्ने सन्देश उहाँले आफ्नो जीवनबाट प्रमाणित गर्नु भएको छ। यो कथा पढ्दा आँखा मात्र होईन, मन पनि भिज्छ।

उहाँको कथा केवल व्यक्तिगत सफलता होईन, ग्रामीण नेपाली महिलाहरुका लागि प्रेरणाको स्रोत बनेको छ। दुःख, अभाव र एक्लोपनलाई जितेर अगाडि बढ्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हुनु हुन्छ डम्बरकला खड्का। “संघर्षमै सौन्दर्य छ, मेहनतमै पहिचान, यस्तै आमाहरु हाम्रो गर्व हुन्।”


प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  १७:२०
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुढाकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुढाकोटमा सम्पन्न बिहीबार, वैशाख २४, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान सिद्धेश्वरमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान सिद्धेश्वरमा सम्पन्न बिहीबार, वैशाख १७, २०८३
हातेमालो सहकारीद्वारा भैंसी पालन व्यवसाय सुरु
हातेमालो सहकारीद्वारा भैंसी पालन व्यवसाय सुरु सोमबार, वैशाख १४, २०८३
नगर स्तरिय दलित सञ्जाल र खाद्य अधिकार सञ्जालको बैठक सम्पन्न
नगर स्तरिय दलित सञ्जाल र खाद्य अधिकार सञ्जालको बैठक सम्पन्न बुधबार, चैत ११, २०८२
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुधबार, माघ ७, २०८२
आलुमा डढुवाको प्रकोप
आलुमा डढुवाको प्रकोप मंगलबार, पुस २९, २०८२
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन बुधबार, पुस २, २०८२
बाली जोगाउन रात भर जाग्राम
बाली जोगाउन रात भर जाग्राम बिहीबार, भदौ १९, २०८२
आत्मनिर्भर बन्न कफी खेती
आत्मनिर्भर बन्न कफी खेती बिहीबार, साउन २९, २०८२
लोकप्रीय
  • Week
  • Month
अछामी  गजल
अछामी गजल
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे नवाठानामा सचेतना कार्यक्रम
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे नवाठानामा सचेतना कार्यक्रम
काठमाडौंमा ‘आफन्त केयर फार्मेसी’ सञ्चालनमा
काठमाडौंमा ‘आफन्त केयर फार्मेसी’ सञ्चालनमा
स्वास्थ्य प्रवर्धन बहस कार्यक्रम ऐश्वर्य मावि दर्नामा सम्पन्न
स्वास्थ्य प्रवर्धन बहस कार्यक्रम ऐश्वर्य मावि दर्नामा सम्पन्न
सरस्वती मावि जयगढमा स्वास्थ्य प्रवर्द्धन बहस कार्यक्रम सम्पन्न
सरस्वती मावि जयगढमा स्वास्थ्य प्रवर्द्धन बहस कार्यक्रम सम्पन्न
साँफेबगर स्थित महिला सुरक्षीत आवास गृहको अनुगमन
साँफेबगर स्थित महिला सुरक्षीत आवास गृहको अनुगमन
खप्तडमा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम
खप्तडमा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान सिद्धेश्वरमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान सिद्धेश्वरमा सम्पन्न
अन्तर पुस्ता संवाद कार्यक्रम साँफेबगरमा सम्पन्न
अन्तर पुस्ता संवाद कार्यक्रम साँफेबगरमा सम्पन्न
राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तरक्रिया गोष्ठी
राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तरक्रिया गोष्ठी
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्