Top Navigation
  • Home
  • About Us
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • Contact
  • Our Team
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • 'सौरणी मेटाउनाका निउती’ गौड्या भिट: गजलसँगै स्थानीय प्रस्तुतिको रौनक
'सौरणी मेटाउनाका निउती’ गौड्या भिट: गजलसँगै स्थानीय प्रस्तुतिको रौनक
एकेन्द्र महता
एकेन्द्र महता आइतबार, साउन २४, २०८३

साँफेबगर ।

अछामको साँफेबगर नगरपालिका वडा नम्बर ११ देविस्थानमा ‘सौरणी मेटाउनाका निउती’ नामक गौड्या भिट कार्यक्रम सम्पन्न भएको छ।

अछाम गजल मञ्च अछामको आयोजना तथा वडा नम्बर ११ देविस्थानको सहयोगमा २०८३ साउन २३ गते कार्यक्रम सम्पन्न भएको हो।

साहित्य र स्थानीय मौलिक संस्कृतिलाई एउटै मञ्चमा जोडिएको कार्यक्रममा अछामका विभिन्न श्रष्टाहरुले गजल वाचन गरेका थिए। कार्यक्रमले गजलसँगै जिल्लाको मौलिक कला, संस्कृति र परम्परालाई समेत उजागर गरेको थियो।

कार्यक्रममा गजलकार कमल संघर्षद्वारा लिखित गजल सङ्ग्रह ‘हियाका कुडा’ को गृह जिल्लामा स्वागत कार्यक्रम समेत गरिएको थियो। सङ्ग्रह माथि साहित्यकार पूर्ण कुमार रावलले टिप्पणी गर्नु भएको थियो।

रावलले ‘हियाका कुडा’ उत्कृष्ट गजल सङ्ग्रह रहेको टिप्पणी गर्दै अछामको साहित्यिक क्षेत्रमा यसको महत्वपूर्ण योगदान रहने बताउनु भयो। उहाँले अछाम जिल्लाका दुवै क्षेत्रमा बोलिने अछामी भाषालाई समेत पुस्तकमा समावेश गर्न सके सङ्ग्रह अझै समृद्ध हुने सुझाव लेखकलाई दिनु भयो।

कार्यक्रममा गजलकार कमल संघर्षले आफ्ना गजलहरुको एकल वाचन समेत गर्नु भएको थियो। उहाँका गजलले कार्यक्रममा सहभागी साहित्यप्रेमीलाई साहित्यिक स्वाद प्रदान गरेको थियो। साहित्यिक प्रस्तुतिसँगै कार्यक्रममा अछामको मौलिक कला र संस्कृतिको समेत प्रदर्शन गरिएको थियो।

स्थानीय कलाकारहरुले देउडा, ठाडी भाका, हुड्क्यौली, धमारी लगायतका सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। वडा अध्यक्ष राम बहादुर बोहरा प्रमुख अतिथि रहनु भएको कार्यक्रमको अध्यक्षता भीम सरोवरले गर्नु भएको थियो भने सञ्चालन भुपेन अथकले गर्नु भएको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरुलाई रुप कुमार ओडले स्वागत मन्तव्य मार्फत स्वागत गर्नु भएको थियो।

गजल, साहित्य र स्थानीय मौलिक संस्कृतिलाई एउटै मञ्चमा प्रस्तुत गरिएको उक्त कार्यक्रमले अछामको साहित्यिक तथा सांस्कृतिक पहिचानलाई थप उजागर गरेको स्थानीयको भनाई छ।


प्रकाशित मिति: आइतबार, साउन २४, २०८३  १०:३७
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
साँफेबगरमा १७ विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता
साँफेबगरमा १७ विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता सोमबार, भदौ २९, २०८३
अछामको माटो देखि दिल्लीको साहित्यिक मञ्चसम्म, डा. भट्टलाई नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय साहित्य सम्मान
अछामको माटो देखि दिल्लीको साहित्यिक मञ्चसम्म, डा. भट्टलाई नयाँ दिल्लीमा अन्तर्राष्ट्रिय साहित्य सम्मान आइतबार, भदौ २८, २०८३
साँफेबगरमा असोज ९ गते गणेश मेला न्याउले खेल सहित भव्य रुपमा मनाईने
साँफेबगरमा असोज ९ गते गणेश मेला न्याउले खेल सहित भव्य रुपमा मनाईने आइतबार, भदौ २८, २०८३
नयाँ दिल्लीमा साहित्यकार डा. देवेन्द्र प्रसाद भट्टलाई सम्मान गरिने
नयाँ दिल्लीमा साहित्यकार डा. देवेन्द्र प्रसाद भट्टलाई सम्मान गरिने शनिबार, भदौ २७, २०८३
चिया पिउँदै हाँसि रहेको देखिने भाइरल मिमका यी किशोर
चिया पिउँदै हाँसि रहेको देखिने भाइरल मिमका यी किशोर सोमबार, भदौ ८, २०८३
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना सोमबार, जेठ ४, २०८३
अछामी  गजल
अछामी गजल बुधबार, वैशाख २३, २०८३
डा. देवेन्द्र प्रसाद भट्टका दुई कृतिको काठमाडौंमा विमोचन
डा. देवेन्द्र प्रसाद भट्टका दुई कृतिको काठमाडौंमा विमोचन शनिबार, चैत २१, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्