साँफेबगर ।
एसइई परिक्षामा साँफेबगरका ७१.८२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् । शैक्षिक सत्र २०८१ को एसइई परिक्षामा साँफेबगर नगरपालिकाका ७१.८२ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका हुन् ।
एसइईको सार्वजनिक नतिजा अनुसार साँफेबगर नगरपालिकाका ७१.८२ प्रतिशत अर्थात ३ सय १६ जना विद्यार्थी उत्तिर्ण भएका छन् । साँफेबगर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले दिएको जानकारी अनुसार नगरपालिका भित्रका १४ वटा सामुदायिक र दुई संस्थागत विद्यालय गरी १६ विद्यालयबाट एसइईमा ४ सय ४० जना विद्यार्थीहरु सहभागी थिए । ती मध्ये ३ सय १६ जना उत्तिर्ण भएका छन् । एसइईमा सहधागि भएका मध्ये २८.१८ प्रतिशत अर्थात १ सय २४ जना विद्यार्थी अनुत्तिर्ण भएका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हिरादत्त भट्टले जानकारी दिनु भयो ।
शैक्षिक सत्र २०८० को एसइईमा साँफेबगर नगरपालिकाका विद्यालयले २१.०५ प्रतिशत विद्यार्थी मात्र उत्तिर्ण भएका थिए । २०८० को एसइईमा साँफेबगर नगरपालिका ११ देवीस्थानको हंशबाहिनी माविको नजिता शुन्य आएको थियो । परिक्षामा सहभागी ११ जना नै अनुत्तिर्ण भएका थिए । यस पटक भने हंसबाहिनी माविबाट सहभागी १३ जना विद्यार्थी मध्ये १२ जना विद्यार्थी उत्तिर्ण भएका छन् । यस वर्ष पनि साँफेबगर नगरपालिका ३ को किण्डरगार्डेन एकेडेमीले उत्कृष्ट नतिजा ल्याएको छ । १२ जना परिक्षार्थीमा सबै उत्तिर्ण भएका छन् भने एलिसा कुँवरले ३.९० जिपिए ल्याउनु भएको छ । साँफेबगर नगरपालिका ८ को महेन्द्र माविका आशिस भुल ३.७४ जिपिए ल्याएका छन् । साँफेबगर नगरपालिका हसंबाहिनी माविका रबिना खड्का ३.७० जिपिए ल्याउनु भएको छ ।
नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले शिक्षा क्षेत्रमा विगत भन्दा अहिले उल्लेखनिय सुधार भएको भन्दै खुशी व्यक्त गर्नु भयो । नगर प्रमुख कुँवरले गत वर्ष आएको नतिजाले ठुलो सिकाई भएको भन्दै त्यसको समिक्षा गरिएको र शिक्षामा सुधारका निम्ती कार्य योजना सहित अगाडी बढेको बताउनु भयो ।
साँफेबगर नगरपालिका ४ एयरपोर्ट बजार स्थित बर्चहिल एकेडेमीका सबै १४ जना उत्तिर्ण भएका छन् । परिक्षामा सहभागी सुर्यचन्द्र मावि बैजनाथका सामान्य र प्राविधिक धार गरी ६७ जना सहभागी ७९ मध्ये ५४ जना उत्तिर्ण, त्रिपुरा सुन्दरी माविबाट सहभागी २१ जना मध्ये १५ जना मात्र उत्तिर्ण, यसै गरी प्रभाधम्कोट मावि सिद्धेश्वरका सामान्य र प्राविधिक धार गरी सहभागी ४९ मध्ये ४० जना उत्तिर्ण, जनकल्याण मावि मष्टामाण्डौबाट सहभागी ४४ जना मध्ये २७ जना, हिमालय मावि मष्टामाण्डौबाट सहभागी ५० मध्ये १८ जना, कृष्ण मावि नवाठानाबाट सहभागी १४ मध्ये ४ जना, महेन्द्र माविबाट सहभागी ६८ मध्ये ४९ जना, बुढाकोट माविबाट सहभागी १९ मध्ये ११ जना उत्तिर्ण भएका छन् ।
यसै गरी बेतालमाण्डौ माविबाट सहभागी २५ मध्ये १५ जना, घुघुरकोट माविबाट सहभागि १३ मध्ये ३ उत्तिर्ण, हंसबाहिनी माविबाट सहभागि १३ मध्ये १२ उत्तिर्ण, तुका माविबाट ७ जना मध्ये ५, राष्ट्रिय मावि बाब्लाबाट ४१ मध्ये २९ र कालिका मावि पातलकोटबाट १४ जना मध्ये ११ जना उत्तिर्ण भएका छन् । शैक्षिक सत्र २०८० को एसइई परिक्षामा साँफेबगर नगरपालिकाबाट ६ सय २७ विद्यार्थी सहभागि थिए भने यस पटकको परिक्षामा ४ सय ४० विद्यार्थी मात्र सहभागि भएका थिए ।
