अछाम।
नेपाली कांग्रेस अछाम (देउवा पक्ष) को जिल्ला सभापति पदमा कृष्ण बहादुर बुढाले उम्मेदवारी घोषणा गर्नु भएकाे छ।
यस अघि पार्टीको क्षेत्रीय सभापतिकाे जिम्मेवारी निभाई सकेका बुढाले पार्टी भित्र संगठनलाई थप मजबुत, सुदृढ र गतिशील बनाउने तथा राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्शलाई आत्मसात गर्दै अघि बढ्ने प्रतिबद्धता सहित उहाँले सभापति पदमा उम्मेदवारी घोषणा गरेकाे बताउनु भएको छ।
उम्मेदवारी घोषणा गर्दै बुढाले ‘आजको जिम्मेवारी भोलिको सफलता हो’ भन्ने सन्देश सहित पार्टीको संगठनात्मक सुदृढीकरण, विचार र सिद्धान्तको संरक्षण तथा कार्यकर्ताको भावना समेट्ने नेतृत्व निर्माणमा आफू केन्द्रित रहने बताउनु भयाे।
उहाँले राष्ट्रियता, लोकतन्त्र र समाजवादका आदर्शलाई आत्मसात गर्दै नेपाली कांग्रेसको संगठनलाई अझ मजबुत र सुदृढ बनाउन आवश्यकता अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएकाे छ।
पार्टीलाई जनतासँग जोड्ने, संगठनमा सक्रियता बढाउने तथा नेता, कार्यकर्ता र क्षेत्रीय प्रतिनिधिहरु बीच सहकार्यको वातावरण निर्माण गर्ने आफ्नो उदेश्य रहेको उम्मेदवारी घोषणामा उल्लेख छ।
सभापति पदमा उम्मेदवारी घोषणा गर्दै बुढाले पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता, क्षेत्रीय प्रतिनिधि तथा शुभेच्छुकहरुमा साथ, सहयोग र समर्थनका लागि अपिल समेत गर्नु भएको छ।
पार्टीको आन्तरिक एकता, संगठनात्मक मजबुती र विचार प्रतिको प्रतिबद्धतालाई आफ्नो प्राथमिकतामा राखेर अघि बढ्ने उहाँको भनाई रहेको छ।