साँफेबगर।
साँफेबगर नगरपालिका वडा नम्बर १० घुघुरकोटको आर्थिक बर्ष २०७९/८० दोस्रो वडा सभाको प्रथम अधिवेशनको खुला सत्र सम्पन्न भएको छ ।
वडा अध्यक्ष ललित बोगटीको अध्यक्षतामा दोस्रो वडा सभाको प्रथम अधिवेशनको खुला सत्र सोमबार सम्पन्न भएको हो। वडा सभा मार्फत आगामि आर्थिक बर्ष २०७९/८० मा संचालन हुने बजेट तथा कार्यक्रम विनियोजन गरिन लागेको हो। मंगलबार बन्द सत्र हुने जनाईएको छ।
वडा सभाका प्रमुख अतिथि निवर्तमान वडा अध्यक्ष लाल बहादुर खड्का रहनु भएको थियो। यस्तै अतिथिहरुमा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख प्रकाश शाह, भूपु वडा अध्यक्ष डम्बर बहादुर महता, कर्ण बहादुर खड्का, नगर कार्यपालिका सदस्य अनिल रैगाई, वडा स्थित विद्यालयहरुका प्रधानाध्यापक, वडामा लागू भएका विभिन्न संघ संस्थाका प्रतिनिधि, महिला, बालबालिका, दलित, जेष्ठ नागरीकको सहभागिता रहेको थियो।
वडा सदस्य भुपेन्द्र बहादुर महताले स्वागत मन्तव्य राख्नु भएको वडा सभाको संचालन वडा सचिव तर्कराज जोशीले गर्नु भएको थियो।