Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • जलवायु–स्मार्ट कृषि मार्फत जीविकोपार्जन सुदृढीकरण: काली भुलको प्रेरणादायी यात्रा
जलवायु–स्मार्ट कृषि मार्फत जीविकोपार्जन सुदृढीकरण: काली भुलको प्रेरणादायी यात्रा
खप्तड समाचारदाता
खप्तड समाचारदाता बिहीबार, असोज १, २०८३

साँफेबगर ।

अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १० की काली भुल जलवायु–स्मार्ट कृषि प्रविधिको प्रयोग मार्फत आफ्नो परिवारको खाद्य तथा पोषण सुरक्षा सुधार गर्दै जीविकोपार्जनलाई सुदृढ बनाउने प्रयासमा अघि बढि रहेनु भएको छ। काली सात सदस्यीय संयुक्त परिवारमा बस्नु हुन्छ,जसमा चार महिला र तीन पुरुष सदस्य हुनु हुन्छ।

लामो समय देखि उहाँको परिवार पुर्ख्यौली जमिनमा निर्भर रहँदै परम्परागत कृषि प्रणाली अपनाउँदै आएको थियो। तर परम्परागत खेती प्रणालीबाट हुने उत्पादन निकै कम थियो। उत्पादित खाद्यान्नले परिवारको आवश्यकता वर्षमा पाँच महिना भन्दा बढी धान्न सक्दैनथ्यो।

आधुनिक कृषि प्रविधि, उन्नत बाली व्यवस्थापन तथा घरायसी तरकारी नर्सरी व्यवस्थापन सम्बन्धी ज्ञानको अभावका कारण उनको खेतबारीको उत्पादकत्व न्यून थियो। सीमित कृषि उत्पादनका कारण परिवारको दैनिक खर्च व्यवस्थापन तथा जीविकोपार्जन सञ्चालनमा समेत कठिनाई हुँदै गएको थियो। आर्थिक समस्या बढ्दै गए पछि परिवारका तीन जना सदस्य रोजगारीका लागि भारत जान बाध्य भएका थिए।

यस्तो अवस्थामा साँफेबगर नगरपालिका वडा नम्बर १० मा PeaceWin Nepal द्वारा सञ्चालित WE-CAN परियोजना सञ्चालनमा आयो। परियोजना अन्तर्गत काली भुललाई लक्षित लाभग्राहीका रुपमा छनोट गरी जलवायु–स्मार्ट कृषि अभ्यास, उन्नत बाली व्यवस्थापन तथा करेसाबारी व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरियो।

साथै, उहाँलाई विभिन्न आठ प्रकारका तरकारीका बीउ उपलब्ध गराउनुका साथै घरको आँगनमा करेसाबारी स्थापना गर्न निरन्तर प्राविधिक सहयोग र परामर्श प्रदान गरिएको थियो। नियमित तालिम, कृषि प्राविधिकको निरन्तर अनुगमन तथा प्राविधिक सहजीकरण पछि कालीले आफ्नो घरको आँगनमा सफलतापूर्वक करेसाबारी स्थापना गर्नु भयो।

सुधारिएको तथा जलवायु–उत्थानशील कृषि प्रविधि अपनाए पछि उहाँको तरकारी उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ। हाल उहाँको करेसाबारीबाट उत्पादित ताजा तरकारीले परिवारको दैनिक पोषण आवश्यकतामा प्रत्यक्ष योगदान पुर्‍याई रहेको छ। आफ्नै घरमा तरकारी उत्पादन हुन थाले पछि बजारबाट तरकारी खरिद गर्नु पर्ने खर्च समेत घटेको छ।

यससँगै कालीमा कृषि तथा तरकारी खेतीलाई जीविकोपार्जनको भर पर्दो माध्यमका रुपमा अघि बढाउने आत्म विश्वास समेत बढेको छ। आफ्नो अनुभव सुनाउँदै काली भुल भन्नु हुन्छ-“पहिले उन्नत बीउ र प्राविधिक ज्ञानको अभावका कारण हामीले करेसाबारी बनाउने गरेका थिएनौँ। WE-CAN परियोजना सञ्चालन भए पछि करेसाबारी व्यवस्थापन सम्बन्धी तालिम, कृषि प्राविधिकबाट प्राप्त निरन्तर प्राविधिक सहयोग तथा परिवारको पोषणका लागि करेसाबारीको महत्व बारे प्राप्त जानकारीले मलाई सफलतापूर्वक करेसाबारी स्थापना गर्न सहयोग गर्‍यो।

आगामी दिनमा पनि यस अभ्यासलाई निरन्तरता दिँदै अझ व्यवस्थित र सुधार गर्दै लैजाने मेरो प्रतिबद्धता छ।” काली भुलको अनुभवले जलवायु–स्मार्ट कृषि प्रविधि, उन्नत कृषि ज्ञान, गुणस्तरीय बीउ तथा निरन्तर प्राविधिक सहयोगले सीमित स्रोत भएका ग्रामीण परिवारको कृषि उत्पादन र खाद्य तथा पोषण सुरक्षामा सकारात्मक परिवर्तन ल्याउन सक्ने देखाएको छ।

सानो प्रयासबाट सुरु भएको उनको करेसाबारी अहिले परिवारको पोषण सुधार, खर्च न्यूनीकरण र कृषि क्षेत्रमा आत्मविश्वास बढाउने महत्वपूर्ण माध्यम बनेको छ।

लेखन तथा तस्बिर: सौभाग्य जोशी (कृषि प्राविधिक, WE-CAN परियोजना)


प्रकाशित मिति: बिहीबार, असोज १, २०८३  १७:४२
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न बुधबार, असोज २८, २०८३
हातेमालो सहकारीको १७ औँ वार्षिक साधारण सभा सम्पन्न
हातेमालो सहकारीको १७ औँ वार्षिक साधारण सभा सम्पन्न शनिबार, असोज २४, २०८३
वाक नेपालको २९ औँ वार्षिक सभा तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक रुपान्तरणमा जोड
वाक नेपालको २९ औँ वार्षिक सभा तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक रुपान्तरणमा जोड शनिबार, असोज २४, २०८३
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी आइतबार, असोज १८, २०८३
साँफेबगरमा WE-CAN परियोजनाको अनुगमन र समीक्षा
साँफेबगरमा WE-CAN परियोजनाको अनुगमन र समीक्षा शनिबार, भदौ २७, २०८३
हातेमालो बालकल्याण परियोजनाको वार्षिक समीक्षा तथा सार्वजनिक लेखापरीक्षण सम्पन्न
हातेमालो बालकल्याण परियोजनाको वार्षिक समीक्षा तथा सार्वजनिक लेखापरीक्षण सम्पन्न बिहीबार, भदौ २५, २०८३
बाल समृद्धिका लागि अछाममा ‘हातेमालो’ शिक्षा र आयआर्जनमा जोड
बाल समृद्धिका लागि अछाममा ‘हातेमालो’ शिक्षा र आयआर्जनमा जोड बिहीबार, भदौ २५, २०८३
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड शनिबार, साउन १६, २०८३
कोदो दिवसमा स्थानीय बाली संरक्षण र पोषण सुरक्षामा जोड
कोदो दिवसमा स्थानीय बाली संरक्षण र पोषण सुरक्षामा जोड शनिबार, साउन १६, २०८३
लोकप्रीय
  • Week
  • Month
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्