Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • परम्परागत खेती देखि व्यावसायिक तरकारी खेतीसम्म: चन्द्रा कुमालको प्रेरणादायी यात्रा
परम्परागत खेती देखि व्यावसायिक तरकारी खेतीसम्म: चन्द्रा कुमालको प्रेरणादायी यात्रा
खप्तड समाचारदाता
खप्तड समाचारदाता बुधबार, भदौ ३१, २०८३

साँफेबगर।

अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४, पायल स्थित कुमालगाउँकी चन्द्रा कुमाल अहिले आफ्नो मेहनत, सिकाई र नयाँ कृषि प्रविधिको प्रयोगबाट समुदायमा उदाहरणीय कृषकका रुपमा परिचित हुनु हुन्छ। WE-CAN परियोजनाकी स्थानीय स्रोत व्यक्ति (LRP) समेत रहेकी चन्द्राले जलवायु–उत्थानशील कृषि प्रविधि र परियोजनाबाट प्राप्त प्राविधिक ज्ञानलाई व्यवहारमा प्रयोग गर्दै परम्परागत खेतीलाई क्रमशः व्यावसायिक तरकारी खेती तर्फ रुपान्तरण गरि रहनु भएको छ।

चन्द्रा आफ्नो श्रीमान, दुई छोरा, एक छोरी र सासू सहित ६ जनाको परिवारमा बस्नु हुन्छ। यस क्षेत्रका धेरै कृषक परिवार झैँ उहाँको परिवार पनि परम्परागत कृषि प्रणालीमा निर्भर थियो। तर अनियमित मौसम, विभिन्न किसिमका रोग तथा कीराको प्रकोप, उन्नत कृषि प्रविधिमा सीमित पहुँच र उत्पादन सम्बन्धी ज्ञानको अभावका कारण तरकारी खेतीबाट अपेक्षित उत्पादन र आम्दानी हुन सकेको थिएन। WE-CAN परियोजनामा आबद्ध भए पछि चन्द्राले परियोजनाद्वारा सञ्चालन गरिएका विभिन्न तालिम तथा अभिमुखीकरणमा सक्रिय सहभागिता जनाउनु भयो।

तालिमबाट प्राप्त ज्ञानलाई आफ्नै खेतबारीमा प्रयोग गर्दै उहाँले आधुनिक तथा जलवायु–उत्थानशील कृषि प्रविधिको अभ्यास सुरुगर्नु भयो। परियोजनाले उहाँलाई प्लास्टिक टनेल, थोपा सिँचाईका सामग्री, उन्नत तरकारीका बीउ, जैविक विषादी तथा कीरा नियन्त्रणका लागि नेट लगायत आवश्यक सामग्रीमा सहयोग गरेको थियो। यी प्रविधि र सामग्रीको प्रयोग पछि उहाँको तरकारी खेतीमा उल्लेखनीय सुधार आउन थाल्यो।

अहिले उहाँको खेतमा गोलभेँडा, सिमी, भिन्डी तथा विभिन्न प्रकारका हरियो तरकारीहरु लहलहाई रहेका छन्। हालै मात्र उनहाँले करिब ३५ किलोग्राम गोलभेँडा प्रति किलो ८० रुपैयाँका दरले स्थानीय बजारमा बिक्री गरी दुई हजार ८ सय रुपैयाँ आम्दानी गर्न सफल हुनु भएको छ। यो आम्दानीले उहाँलाई व्यावसायिक तरकारी खेतीलाई थप विस्तार गर्ने उत्साह र आत्मविश्वास दिएको छ। तरकारी बिक्रीबाट नगद आम्दानी हुनुका साथै उहाँको परिवारले आफ्नै खेतमा उत्पादन भएका ताजा र पोषिला तरकारी उपभोग गर्न थालेको छ।

यसले बजारबाट तरकारी खरिद गर्नु पर्ने खर्च समेत घटाएको छ। यसरी उहाँको कृषि उत्पादनले परिवारको खाद्य तथा पोषण सुरक्षामा योगदान पुर्‍याउनुका साथै आम्दानीको नयाँ अवसर समेत सिर्जना गरेको छ। आफ्नो अनुभव सुनाउँदै चन्द्रा भन्नु हुन्छ-“पहिले म परम्परागत तरिकाले तरकारी खेती गर्थें। तर कीरा, रोग र प्रतिकूल मौसमका कारण बालीमा धेरै क्षति हुने गरेको थियो। WE-CAN परियोजनामा जोडिए पछि मेरो कृषि यात्राले नयाँ मोड लियो। सुरुमा सानो क्षेत्रफलबाट खेती सुरु गरेँ।"

परियोजनाबाट प्राप्त ज्ञान, सीप र सहयोगलाई प्रयोग गर्दै जाँदा अहिले व्यावसायिक रुपमा तरकारी खेती विस्तार गर्ने आत्मविश्वास बढेको छ। “आगामी दिनमा थप सहयोग प्राप्त भएमा म आफ्नो तरकारी व्यवसायलाई अझ विस्तार गर्ने दृढ संकल्पमा छु। यो अवसर प्रदान गरेकोमा WE-CAN परियोजना प्रति म हार्दिक आभार व्यक्त गर्दछु।” आज चन्द्रा केवल आफ्नो खेतमा सफल कृषक मात्र नभई समुदायका अन्य कृषकलाई समेत नयाँ कृषि प्रविधि अपनाउन प्रेरित गर्ने स्थानीय स्रोत व्यक्ति र उदाहरणीय कृषक बन्नु भएको छ।

उहाँको अनुभवले समयमै प्राप्त प्राविधिक ज्ञान, जलवायु–उत्थानशील कृषि प्रविधि, आवश्यक कृषि सामग्री र कृषकको निरन्तर मेहनतले ग्रामीण परिवारको खाद्य तथा पोषण सुरक्षा सुधार गर्नुका साथै आम्दानी र दिगो जीविकोपार्जनका अवसर सिर्जना गर्न सकिन्छ भन्ने देखाएको छ।

लेखन तथा तस्बिर: ईश्वर बहादुर बटाला (कृषि प्राविधिक, WE-CAN परियोजना)


प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३  १८:१८
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु बिहीबार, असोज २९, २०८३
हातेमालो सहकारीको १७ औँ वार्षिक साधारण सभा सम्पन्न
हातेमालो सहकारीको १७ औँ वार्षिक साधारण सभा सम्पन्न शनिबार, असोज २४, २०८३
वाक नेपालको २९ औँ वार्षिक सभा तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक रुपान्तरणमा जोड
वाक नेपालको २९ औँ वार्षिक सभा तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक रुपान्तरणमा जोड शनिबार, असोज २४, २०८३
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी आइतबार, असोज १८, २०८३
स्थानीय बजारमा २० लाख लगानीमा यूवा उद्यमी भिम बोगटीले खोले जनता होटल
स्थानीय बजारमा २० लाख लगानीमा यूवा उद्यमी भिम बोगटीले खोले जनता होटल शनिबार, असोज १०, २०८३
मालिका पोलिक्लिनिक आफ्नै भवनबाट सेवा दिदै, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट
मालिका पोलिक्लिनिक आफ्नै भवनबाट सेवा दिदै, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट शुक्रबार, असोज ९, २०८३
मेल्लेखको सार्वजनिक सुनुवाई: योजना तथा कार्यक्रमको प्रभावकारी अनुगमन हुनु पर्नेमा जोड
मेल्लेखको सार्वजनिक सुनुवाई: योजना तथा कार्यक्रमको प्रभावकारी अनुगमन हुनु पर्नेमा जोड बिहीबार, असोज ८, २०८३
जलवायु–स्मार्ट कृषि मार्फत जीविकोपार्जन सुदृढीकरण: काली भुलको प्रेरणादायी यात्रा
जलवायु–स्मार्ट कृषि मार्फत जीविकोपार्जन सुदृढीकरण: काली भुलको प्रेरणादायी यात्रा बिहीबार, असोज १, २०८३
सम विकास नेपालद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार रुपैयाँ सहयोग
सम विकास नेपालद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार रुपैयाँ सहयोग बुधबार, भदौ ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्