Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
बिहीबार, जेठ ५, २०७९
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • शैक्षिक क्षेत्रको विकासका लागि गुरु योजना बनाएर अघि बढ्ने: नगर प्रमुख पदका उम्मेदवार कुँवर
शैक्षिक क्षेत्रको विकासका लागि गुरु योजना बनाएर अघि बढ्ने: नगर प्रमुख पदका उम्मेदवार कुँवर लक्षित वर्गका मागलाई प्राथमिकतामा राखिने: नगर उपप्रमुख पदका उम्मेदवार ठकुल्ला
एकेन्द्र महता
एकेन्द्र महता शुक्रबार, वैशाख २३, २०७९
Mastamandau.jpg

साँफेबगर।

साँफेबगर नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार तथा नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य पशुपति कुँवरले शैक्षिक क्षेत्रको विकासका लागि गुरु योजना बनाएर अघि बढ्ने बताउनु भएको छ। उहाँले नगर पालिकामा रहेका शिक्षकहरुको सहकार्य र सुझावको आधारमा गुरु योजना निर्माण गरि शैक्षिक क्षेत्रमा सुधार गरिने बताउनु भएको हो।

साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डाैमा भएको चुनावी आमसभामा बोल्दै उहाँले समाजमा हुने विभिन्न लैंगिक हिंसा विरुद्ध विषेश अभियान चलाई लैंगिक हिसाको अन्त्य गरीने बताउनु भएको हो। बाम गठबन्धनको तर्फबाट नगर पालिकाको नगर प्रमख पदका उम्मेदवार कुँवरले नगरपालिकालाई हिंशा मुक्त नगरपालिका बनाउने योजना रहेको बताउनु भएको छ। उहाँले लैगिंक विभेदमा शून्य सहनशिलता को नीति अवलम्बन गरीने बताउनु भयो। चुनावी सभामा बोल्दै कुँवरले हरेक क्षेत्रको विकासका लागी सबै भन्दा पहिले हिंसा रहित समाज निर्माण हुन आवश्यक रहेको बताउनु भयो।

यस्तै उहाँले नगरपालिका स्थित विभिन्न पर्यटकीय क्षेत्रको विकास गरीने पनि बताउनु भएको छ। उहाँले बैजनाथधाम, खप्तड, जिमराडी, धौलछडा, कालालेकी लगायत नगरमा रहेका सांस्कृति–धार्मिक स्थलहरुको संरक्षण र प्रवद्र्धनका लागि गुरुयोजना निर्माण र कार्यान्वयन गरिने बताउनु भएको छ। उहाँले एक वडा एक खेल मैदान निर्माण, भूमिहीन र सुकम्वासीहरुका लागि जग्गा उपलब्ध गराउन भूमि सम्बन्धी आयोगसंग समन्वय र सहकार्य, विदेशबाट फर्केका व्यक्तिहरूको ज्ञान, सिप र पूँजीको सदुपयोग सम्बन्धी कार्यक्रमको तर्जुमा र कार्यान्वयन, एक परिवार एक रोजगार कार्यक्रम संचालन गरिने बताउनु भएको छ। घर दैलो पछि उहाँले पढ्दै कमाउँदै कार्यक्रमको अवलम्वन गर्दै व्यावहारिक तथा व्यवसायिक शिक्षामा प्राथामकिता दिईने पनि बताउनु भएको छ।

उहाँले आफूले विजय प्राप्त गरि सके पछि संघ र प्रदेश सरकारसंगको सहकार्यमा जनता आवास, सुरक्षित आवास, विपद पीडित आवास तथा दलित समुदायको आवासका कार्यक्रमको संचालन, एक वडा एक उत्पादन नीतिको तर्जुमा र कार्यान्वयन, एक वडा एक सहकारी सुपथ मूल्य पसलको संचालन, नयाँ शहर आयोजनासंगको समन्वय र सहकार्यमा बस्ति विकास कार्यक्रमको प्रभावकारी कार्यन्वयन गरीने बताउनु भएको छ। उहाँले नगरपालिकामा महिला मतदाताको संख्या बढी रहेको भन्दै रहेक निर्वाचनमा महिलाको मतले जित्दै आएका जनप्रतिनिधिहरुले महिलाका सवालहरुलाई वेवास्था गर्दै आएको आरोप लगाउने भयो।

कुँवरले महिला, दलित, विभिन्न वर्ग क्षेत्रमा हुँदै आएको विभेद र हिंसा अन्त्यका लागि आफ्नो विशेष पहल रहने बताउनु भयो। उहाँले आफूलाई सूर्य चिन्हमा मतदान गरेर विजयि गराउन समेत आग्रह गर्नु भयो। उहाँले बेरोगारी समस्यालाई निर्मूल पार्नको लागि पालिकामा सीपमूलक तालिम देखि लिएर रोजगारीका सवालमा गम्भीर भएर लाग्ने प्रतिवद्धता समेत जनाउनु भएको छ।

यस्तै चुनावी आमसभामा बोल्दै साँफेबगर नगरपालिकाको नगर उपप्रमुख पदका उम्मेदवार रंग बहादुर ठकुल्लाले बाम गठबन्धनका उम्मेदवारले विजय प्राप्त गरी सके पछि लक्षित वर्गका मागलाई प्राथमिकतामा राखिने बताउनु भएको छ उहाँले नगरपालिकामा रहेका विपन्न र लक्षित वर्गका मागलाई विषेश सम्बोधन गरीने बताउनु भएको हो। उहाँले जनताको आवश्यकता र चाहना अनुसारका कार्यक्रम संचालन गरीने बताउनु भएको छ। उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाँई र सडकलाई मुख्य प्राथमिकतामा राख्नु योजना रहेको बताउनु भएको छ।

उहाँले गरिब, निमुखा र सर्वहारा वर्गको हितमा कम्युनिस्ट सरकारले मात्रै काम गर्न सक्ने भएकाले कम्युनिस्ट पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन आवश्यक भएको बताउनु भएको छ। नेकपा एमाले वडा कमिटी अध्यक्ष राजेन्द्र कोलीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य हर्क बहादुर कुँवर गोविन्द रहनु भएको थियो।

यस्तै कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य देव बहादुर कुँवर, मीन बहादुर कुँवर, जंग बिक, जयन्द्र स्वार, दिपक सुनार, शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष तिलक कुँवर, प्रवासी नेपाली संघ भारतका केन्द्रीय उपाध्यक्ष डम्बर रावल, प्रवासी नेपाली संघ भारतका केन्द्रीय सचिवालय सदस्य मुकेश कुँवर, आकाश कुँवर, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख प्रकाश शाह, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य बालगिरी कुँवर, जिल्ला कमिटी सदस्य हिरिण्ड कुँवर, झंकर कुँवर, शंकर भुल, सुरत भुल, चक्र सुनार, नेकपा एमाले जिल्ला कमिटी सल्लाहकार सदस्य तेज बहादुर कुँवर, दुरि देवि कुँवर, मनविर भुल, पूर्ण कुँवर, नैन सिंह कुँवर, पूर्ण बुढा, धन बहादुर भण्डारी, नेकपा एमाले साँफेबगर नगर कमिटी अध्यक्ष तथा वडा अध्यक्ष पदका उम्मेदवार ललित कुँवर, अनेरास्ववियुका जिल्ला सचिव भिम बडाहित, युवा संघका जिल्ला सचिव जितेन्द्र कुँवर, युवा संघका साँफेबगर इन्चार्ज राज कुँवर, अनेम संघका नगर कमिटी अध्यक्ष सीता कुँवर, सचिव भगवति कुँवर, वडा सदस्य पदका उम्मेदवार नवराज टमट्टा, केवल सिंह आउजी, हिरा देवि कुँवर, सुनिता भुल लगाएतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। वडा कमिटी उपसचिव खेमराज टमट्टाले स्वागत मन्तव्य राख्नु भएको चुनावी सभाको संचालन एमालेका नेता टंक भण्डारीले गर्नु भएको थियो।


प्रकाशित मिति: शुक्रबार, वैशाख २३, २०७९  १९:१९
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
साँफेबगर १३ बाब्लामा पुन: मतदानको माग
साँफेबगर १३ बाब्लामा पुन: मतदानको माग सोमबार, जेठ २, २०७९
साँफेबगरमा बाम गठबन्धनको शक्ति प्रर्दशन
साँफेबगरमा बाम गठबन्धनको शक्ति प्रर्दशन मंगलबार, वैशाख २७, २०७९
इमान्दार र सच्चा कम्युनिष्टहरुले काँग्रेसलाई भोट हाल्न सक्दैनन्ः रावल 
इमान्दार र सच्चा कम्युनिष्टहरुले काँग्रेसलाई भोट हाल्न सक्दैनन्ः रावल  आइतबार, वैशाख २५, २०७९
चौरपाटी गाउँपालिकामा नेकपा एमालेको जित सुनिश्चित: कुँवर
चौरपाटी गाउँपालिकामा नेकपा एमालेको जित सुनिश्चित: कुँवर बिहीबार, वैशाख २२, २०७९
गठबन्धनले साँफेबगर नगरपालिकामा कुनै असर नपर्ने: नगर प्रमुख पदका उम्मेदवार कुँवर
गठबन्धनले साँफेबगर नगरपालिकामा कुनै असर नपर्ने: नगर प्रमुख पदका उम्मेदवार कुँवर बिहीबार, वैशाख २२, २०७९
उपप्रमुख पदका उम्मेदवार ठकुल्लाले गरे चुनावी प्रसार–प्रसार कार्यक्रमलाई छोडेर रक्तदान
उपप्रमुख पदका उम्मेदवार ठकुल्लाले गरे चुनावी प्रसार–प्रसार कार्यक्रमलाई छोडेर रक्तदान बिहीबार, वैशाख २२, २०७९
धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गरीने: नगर प्रमुख पदका उम्मेदवार कुँवर
धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गरीने: नगर प्रमुख पदका उम्मेदवार कुँवर सोमबार, वैशाख १९, २०७९
पढ्दै कमाउँदै कार्यक्रमको अवलम्वन गरिनेछ : नगर प्रमुख पदका उम्मेदवार कुँवर
पढ्दै कमाउँदै कार्यक्रमको अवलम्वन गरिनेछ : नगर प्रमुख पदका उम्मेदवार कुँवर आइतबार, वैशाख १८, २०७९
हिंशा मुक्त नगरपालिका बनाउने योजना रहेको छः नगर प्रमख पदका उम्मेदवार कुँवर
हिंशा मुक्त नगरपालिका बनाउने योजना रहेको छः नगर प्रमख पदका उम्मेदवार कुँवर शनिबार, वैशाख १७, २०७९
लोकप्रीय
  • Week
  • Month
साँफेबगर १३ बाब्लामा पुन: मतदानको माग
साँफेबगर १३ बाब्लामा पुन: मतदानको माग
साँफेबगर नगरपालिका  वडा नं. ४ मा  वडा अध्यक्षका लागी नेकपा एसबाट भण्डारीको नाम सिफारिस
साँफेबगर नगरपालिका वडा नं. ४ मा वडा अध्यक्षका लागी नेकपा एसबाट भण्डारीको नाम सिफारिस
नमूना गाउँपालिका बनाउन मेल्लेखमा एमालेलाई जिताउन आवश्यक: खड्का
नमूना गाउँपालिका बनाउन मेल्लेखमा एमालेलाई जिताउन आवश्यक: खड्का
बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन निर्वाचन परिचालन कमिटी गठन
बाम गठबन्धनका उम्मेदवारलाई विजयी गराउन निर्वाचन परिचालन कमिटी गठन
बयालपाटा अस्पताललाई मेडिकल कलेज बनाउने एमालेको लक्ष्य
बयालपाटा अस्पताललाई मेडिकल कलेज बनाउने एमालेको लक्ष्य
नेकपा एमाले र माओवादी केन्द्र बाम गठबन्धनका उम्मेदवारको सचिवालयको उद्घाटन
नेकपा एमाले र माओवादी केन्द्र बाम गठबन्धनका उम्मेदवारको सचिवालयको उद्घाटन
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© Khaptad News - For all Local News in Far Western Region in Nepal -2022 All rights reserved. Site by: SoftNEP