Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • कोदो दिवसमा स्थानीय बाली संरक्षण र पोषण सुरक्षामा जोड
कोदो दिवसमा स्थानीय बाली संरक्षण र पोषण सुरक्षामा जोड
एकेन्द्र महता
एकेन्द्र महता शनिबार, साउन १६, २०८३

चौरपाटी ।

अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ४ पायलमा शनिबार कोदो दिवस–२०८३ विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। वीक्यान परियोजनाको आयोजना तथा डब्लुएचएच, पिसविन, वाक नेपाल र समविकास नेपालको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो।

कोदो बाली संरक्षण र प्रबर्द्धन साथै पोषण सुरक्षा सम्बर्द्धन  भन्ने नाराका साथ आयोजित कार्यक्रममा कोदोको उत्पादन, संरक्षण, बजारीकरण र पोषणमा यसको महत्व बारे छलफल गरिएको थियो। कार्यक्रममा स्थानीय कृषक, जनप्रतिनिधि, शिक्षक, महिला समूह तथा सरोकारवालाको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा गाउँ कार्यपालिका सदस्य कौशी कुँवरले स्थानीय बालीको संरक्षण आजको आवश्यकता भएको बताउनु भयो। उहाँले कोदो केवल परम्परागत अन्न मात्र नभई पोषण, स्वास्थ्य र खाद्य सुरक्षाको आधार भएकाले यसको उत्पादन बढाउन सबैले भूमिका खेल्नु पर्ने बताउनु भयो।

स्थानीय सरकारले किसानलाई प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तरता दिने र स्थानीय उत्पादनको प्रयोग बढाउन पहल गर्ने उहाँको भनाई रहेको थियो। उहाँले युवालाई व्यावसायिक कृषि र रैथाने बालीको संरक्षणमा जोडिन आग्रह गर्नु भयो।

यस्तै बैजनाथ माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष राकेश कुँवरले विद्यालय तह देखि नै रैथाने बालीको महत्व बारे विद्यार्थीलाई जानकारी गराउन आवश्यक रहेको बताउनु भयो। कोदो जस्ता पौष्टिक बालीको संरक्षणले भावी पुस्तालाई स्वस्थ जीवनशैली तर्फ प्रेरित गर्ने उहाँको भनाई थियो।

विद्यालयमा पोषण शिक्षा र स्थानीय खाद्य परिकारको प्रबर्द्धन गरिनु पर्नेमा उहाँले जोड दिनु भयो। कृषिसँग शिक्षा जोड्न सके गाउँको समग्र विकासमा टेवा पुग्ने उहाँले बताउनु भयो।

यस्तै कार्यक्रममा शिक्षिका सुमित्रा कुँवरले कोदो पौष्टिक, स्वास्थ्य वद्र्धक र वातावरणमैत्री बाली भएकाले यसको प्रयोग बढाउनु पर्ने बताउनु भयो। उहाँले बालबालिकाको पोषण सुधारका लागि विद्यालय तथा घर परिवारमा कोदोबाट बनेका परिकारको प्रयोग बढाउनु पर्ने धारणा राख्नु भयो।

जलवायु परिवर्तनको असरका बीच कोदो खेती तुलनात्मक रुपमा टिकाउ भएकाले यसको संरक्षण आवश्यक रहेको उहाँको भनाई रहेको थियो। स्थानीय बालीको सम्मान र प्रयोग बढे किसानको आयआर्जनमा समेत सकारात्मक प्रभाव पर्ने उहाँले उल्लेख गर्नु भयो।

यस्तै समविकास नेपालका बोर्ड सदस्य बसन्ती बोहराले रैथाने बालीको संरक्षणले खाद्य आत्मनिर्भरता र पोषण सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने बताउनु भयो। उहाँले कोदो खेतीलाई आधुनिक प्रविधिसँग जोड्दै व्यावसायिक बनाउन आवश्यक रहेको धारणा राख्नु भयो।

किसानलाई गुणस्तरीय बीउ, प्रविधि र बजारको पहुँच विस्तार गर्न सबै पक्ष बीच सहकार्य आवश्यक रहेको उहाँको भनाई रहेको थियो। यस्ता सचेतनामूलक कार्यक्रमले स्थानीय उत्पादन प्रति आकर्षण बढाउने र कृषकलाई उत्साहित बनाउने विश्वास उहाँले व्यक्त गर्नु भयो।

कार्यक्रममा सहभागीहरूले कोदो खेतीको विस्तार, गुणस्तरीय उत्पादन, मूल्य अभिवृद्धि र बजार व्यवस्थापनमा जोड दिएका थिए। साथै, स्थानीय बालीको संरक्षण मार्फत पोषण सुरक्षा, आयआर्जन वृद्धि तथा जलवायु परिवर्तनसँग अनुकूल कृषि प्रणाली विकास गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको निष्कर्ष निकालिएको थियो।

कार्यक्रमको लक्ष्य र उद्धेश्यको बारेमा समविकास नेपालका दिल कुमारी विकले जानकारी दिनु भएको थियो। कार्यक्रमको सहजिकरण पत्रकार एकेन्द्र महता र रमेश परियारले गर्नु भएको थियो।

21-1785592022.jpeg

23-1785592023.jpeg

21-1785592022.jpeg

22-1785592022.jpeg


प्रकाशित मिति: शनिबार, साउन १६, २०८३  १९:४४
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न बुधबार, असोज २८, २०८३
हातेमालो सहकारीको १७ औँ वार्षिक साधारण सभा सम्पन्न
हातेमालो सहकारीको १७ औँ वार्षिक साधारण सभा सम्पन्न शनिबार, असोज २४, २०८३
वाक नेपालको २९ औँ वार्षिक सभा तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक रुपान्तरणमा जोड
वाक नेपालको २९ औँ वार्षिक सभा तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक रुपान्तरणमा जोड शनिबार, असोज २४, २०८३
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी आइतबार, असोज १८, २०८३
जलवायु–स्मार्ट कृषि मार्फत जीविकोपार्जन सुदृढीकरण: काली भुलको प्रेरणादायी यात्रा
जलवायु–स्मार्ट कृषि मार्फत जीविकोपार्जन सुदृढीकरण: काली भुलको प्रेरणादायी यात्रा बिहीबार, असोज १, २०८३
साँफेबगरमा WE-CAN परियोजनाको अनुगमन र समीक्षा
साँफेबगरमा WE-CAN परियोजनाको अनुगमन र समीक्षा शनिबार, भदौ २७, २०८३
हातेमालो बालकल्याण परियोजनाको वार्षिक समीक्षा तथा सार्वजनिक लेखापरीक्षण सम्पन्न
हातेमालो बालकल्याण परियोजनाको वार्षिक समीक्षा तथा सार्वजनिक लेखापरीक्षण सम्पन्न बिहीबार, भदौ २५, २०८३
बाल समृद्धिका लागि अछाममा ‘हातेमालो’ शिक्षा र आयआर्जनमा जोड
बाल समृद्धिका लागि अछाममा ‘हातेमालो’ शिक्षा र आयआर्जनमा जोड बिहीबार, भदौ २५, २०८३
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड शनिबार, साउन १६, २०८३
लोकप्रीय
  • Week
  • Month
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्