Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
बुधबार, मंसिर २०, २०८०
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • गठबन्धनले साँफेबगर नगरपालिकामा कुनै असर नपर्ने: नगर प्रमुख पदका उम्मेदवार कुँवर
गठबन्धनले साँफेबगर नगरपालिकामा कुनै असर नपर्ने: नगर प्रमुख पदका उम्मेदवार कुँवर नगरपालिकालाई समृद्ध बनाईने: नगर उपप्रमुख पदका उम्मेदवार ठकुल्ला
एकेन्द्र महता
एकेन्द्र महता बिहीबार, वैशाख २२, २०७९
Sidheswor.jpg

साँफेबगर।

साँफेबगर नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार तथा नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य पशुपति कुँवरले गठबन्धनले साँफेबगर नगरपालिकामा कुनै असर नपर्ने बताउनु भएको छ। उहाँले नगरपालिकामा आफू बलियो अवस्थामा भएकाले गठबन्धनले कुनै असर नपर्ने बताउनु भएको हो।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रसंगको बाम गठबन्धनले थप उर्जा मिलेको बताउनु भएको छ। उहाँले नगरपालिकामा महिला मतदाताको संख्या बढी रहेको भन्दै रहेक निर्वाचनमा महिलाको मतले जित्दै आएका जनप्रतिनिधिहरुले महिलाका सवालहरुलाई वेवास्था गर्दै आएको आरोप लगाउने भयो। कुँवरले महिला, दलित, विभिन्न वर्ग क्षेत्रमा हुँदै आएको विभेद र हिंसा अन्त्यका लागि आफ्नो विशेष पहल रहने बताउनु भयो। उहाँले आफूलाई सूर्य चिन्हमा मतदान गरेर विजयि गराउन समेत आग्रह गर्नु भयो।

उहाँले बेरोगारी समस्यालाई निर्मूल पार्नको लागि पालिकामा सीपमूलक तालिम देखि लिएर रोजगारीका सवालमा गम्भीर भएर लाग्ने प्रतिवद्धता समेत जनाउनु भएको छ। धार्मिक स्थलहरुको प्रवद्र्धधन गरी पर्यटन क्षेत्रको विकास गरीने बताउनु भएको छ। साँफेबगर नगरपालिका वडा नम्बर ३ शिद्धेश्वरमा भएको चुनावी आमसभामा बोल्दै नगर प्रमुख पदका उम्मेदवार कुँवरले एक वडा एक खेल मैदान निर्माण, लैगिंक विभेदमा शून्य सहनशिलता को नीति अवलम्बन, भूमिहीन र सुकम्वासीहरुका लागि जग्गा उपलब्ध गराउन भूमि सम्बन्धी आयोगसंग समन्वय र सहकार्य, विदेशबाट फर्केका व्यक्तिहरूको ज्ञान, सिप र पूँजीको सदुपयोग सम्बन्धी कार्यक्रमको तर्जुमा र कार्यान्वयन, एक परिवार एक रोजगार कार्यक्रम संचालन गरिने बताउनु भएको छ।

उहाँले बैजनाथधाम, खप्तड, जिमराडी, धौलछडा, कालालेकी लगायत नगरमा रहेका सांस्कृति–धार्मिक स्थलहरुको संरक्षण र प्रवद्र्धनका लागि गुरुयोजना निर्माण र कार्यान्वयन गरिने बताउनु भएको छ। बाम गठबन्धनको तर्फबाट नगर पालिकाको नगर प्रमख पदका उम्मेदवार कुँवरले नगरपालिकालाई हिंशा मुक्त नगरपालिका बनाउने योजना रहेको बताउनु भएको छ। साँफेबगर नगरपालिका वडा नम्बर ३ शिद्धेश्वरमा घर दैलो पछि चुनावी सभामा बोल्दै कुँवरले हरेक क्षेत्रको विकासका लागी सबै भन्दा पहिले हिंसा रहित समाज निर्माण हुन आवश्यक रहेको बताउनु भयो। उहाँले पढ्दै कमाउँदै कार्यक्रमको अवलम्वन गर्दै व्यावहारिक तथा व्यवसायिक शिक्षामा प्राथामकिता दिईने पनि बताउनु भएको छ।

उहाँले आफूले विजय प्राप्त गरि सके पछि संघ र प्रदेश सरकारसँगको सहकार्यमा जनता आवास, सुरक्षित आवास, विपद पीडित आवास तथा दलित समुदायको आवासका कार्यक्रमको संचालन, एक वडा एक उत्पादन नीतिको तर्जुमा र कार्यान्वयन, एक वडा एक सहकारी सुपथ मूल्य पसलको संचालन, नयाँ शहर आयोजनासंगको समन्वय र सहकार्यमा बस्ति विकास कार्यक्रमको प्रभावकारी कार्यन्वयन गरीने बताउनु भएको छ।
     यस्तै चुनावी आमसभामा बोल्दै साँफेबगर नगरपालिकाको नगर उपप्रमुख पदका उम्मेदवार रंग बहादुर ठकुल्लाले बाम गठबन्धनसंग ठूलो जनमत भएका कारण जित सुनिश्चित भएको बताउनु भएको छ। उहाँले बाम गठबन्धनका उम्मेदवारले विजय प्राप्त गरी सके पछि नगरपालिकालाई समृद्ध बनाईने बताउनु भएको छ। उहाँले गरिब, निमुखा र सर्वहारा वर्गको हितमा कम्युनिस्ट सरकारले मात्रै काम गर्न सक्ने भएकाले कम्युनिस्ट पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन आवश्यक भएको बताउनु भएको छ।

उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाँई र सडकलाई मुख्य प्राथमिकतामा राख्नु योजना रहेको बताउनु भएको छ। उहाँले गरिब, निमुखा र सर्वहारा वर्गको हितमा कम्युनिस्ट सरकारले मात्रै काम गर्न सक्ने भएकाले कम्युनिस्ट पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन आवश्यक भएको बताउनु भएको छ। नेकपा एमाले वडा कमिटी अध्यक्ष पूर्ण बहादुर कुँवरको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय अनुसान आयोग सदस्य गोविन्द कुँवर रहनु भएको थियो। कार्यक्रमको संचालन प्रवासी नेपाली संघका आकाश कुँवरले गर्नु भएको थियो।


प्रकाशित मिति: बिहीबार, वैशाख २२, २०७९  १९:३२
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
२०८४ सालको निर्वाचनमा एमाले एक्लैले बहुमत नल्याए देश बर्बाद हुन्छः ओली
२०८४ सालको निर्वाचनमा एमाले एक्लैले बहुमत नल्याए देश बर्बाद हुन्छः ओली आइतबार, मंसिर १७, २०८०
भुल एकता समाज अछामको नयाँ नेतृत्व चयन
भुल एकता समाज अछामको नयाँ नेतृत्व चयन बिहीबार, मंसिर १४, २०८०
बैतडी देखि एमालेले सुरु गर्‍यो ‘झुलाघाट-चिवाभञ्ज्याङ पदयात्रा’ (फोटो फिचर)
बैतडी देखि एमालेले सुरु गर्‍यो ‘झुलाघाट-चिवाभञ्ज्याङ पदयात्रा’ (फोटो फिचर) बिहीबार, मंसिर १४, २०८०
साँफेबगरमा पालिका स्तरीय महिला खुल्ला भलिबल प्रतियोगिता हुँदै
साँफेबगरमा पालिका स्तरीय महिला खुल्ला भलिबल प्रतियोगिता हुँदै मंगलबार, मंसिर १२, २०८०
लैंगिक हिंसा रोकथामका लागि समुदाय स्तरीय छलफल कार्यक्रम मष्टामाण्डौंमा सम्पन्न
लैंगिक हिंसा रोकथामका लागि समुदाय स्तरीय छलफल कार्यक्रम मष्टामाण्डौंमा सम्पन्न सोमबार, कात्तिक २०, २०८०
लैंगिक हिंसा रोकथामका लागि समुदाय स्तरीय छलफल खैरीगडा सामुदायिक वन उपभोक्ता समुहमा सम्पन्न
लैंगिक हिंसा रोकथामका लागि समुदाय स्तरीय छलफल खैरीगडा सामुदायिक वन उपभोक्ता समुहमा सम्पन्न आइतबार, कात्तिक १९, २०८०
लैंगिक हिंसा रोकथामका लागि समुदाय स्तरीय छलफल रिडिकोटमा सम्पन्न
लैंगिक हिंसा रोकथामका लागि समुदाय स्तरीय छलफल रिडिकोटमा सम्पन्न शुक्रबार, कात्तिक १७, २०८०
कामधेनु गौशालाद्वारा श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञको आयोजना हुँदै
कामधेनु गौशालाद्वारा श्रीमद् भागवत् सप्ताह ज्ञान महायज्ञको आयोजना हुँदै आइतबार, कात्तिक १२, २०८०
नगर प्रमुख कुँवरद्धारा टुहुरा बालबालिकालाई आर्थिक सहयोग
नगर प्रमुख कुँवरद्धारा टुहुरा बालबालिकालाई आर्थिक सहयोग बिहीबार, कात्तिक २, २०८०
लोकप्रीय
  • Week
  • Month
भुल एकता समाज अछामको नयाँ नेतृत्व चयन
भुल एकता समाज अछामको नयाँ नेतृत्व चयन
२०८४ सालको निर्वाचनमा एमाले एक्लैले बहुमत नल्याए देश बर्बाद हुन्छः ओली
२०८४ सालको निर्वाचनमा एमाले एक्लैले बहुमत नल्याए देश बर्बाद हुन्छः ओली
बैतडी देखि एमालेले सुरु गर्‍यो ‘झुलाघाट-चिवाभञ्ज्याङ पदयात्रा’ (फोटो फिचर)
बैतडी देखि एमालेले सुरु गर्‍यो ‘झुलाघाट-चिवाभञ्ज्याङ पदयात्रा’ (फोटो फिचर)
भुल एकता समाज अछामको नयाँ नेतृत्व चयन
भुल एकता समाज अछामको नयाँ नेतृत्व चयन
साँफेबगरमा पालिका स्तरीय महिला खुल्ला भलिबल प्रतियोगिता हुँदै
साँफेबगरमा पालिका स्तरीय महिला खुल्ला भलिबल प्रतियोगिता हुँदै
२०८४ सालको निर्वाचनमा एमाले एक्लैले बहुमत नल्याए देश बर्बाद हुन्छः ओली
२०८४ सालको निर्वाचनमा एमाले एक्लैले बहुमत नल्याए देश बर्बाद हुन्छः ओली
बैतडी देखि एमालेले सुरु गर्‍यो ‘झुलाघाट-चिवाभञ्ज्याङ पदयात्रा’ (फोटो फिचर)
बैतडी देखि एमालेले सुरु गर्‍यो ‘झुलाघाट-चिवाभञ्ज्याङ पदयात्रा’ (फोटो फिचर)
वाक नेपाललाई राष्ट्रिय संस्था बनाउने अभियानमा छौः अध्यक्ष केसी
वाक नेपाललाई राष्ट्रिय संस्था बनाउने अभियानमा छौः अध्यक्ष केसी
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© Khaptad News - For all Local News in Far Western Region in Nepal -2023 All rights reserved. Site by: SoftNEP