Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
समाचार
  • Home
  • समाचार
  • बाम गठबन्धनका उम्मेदवारले जिते नगरपालिकाको मुहार फेर्ने: नगर प्रमुख पदका उम्मेदवार कुँवर
बाम गठबन्धनका उम्मेदवारले जिते नगरपालिकाको मुहार फेर्ने: नगर प्रमुख पदका उम्मेदवार कुँवर जन चाहना अनुसारका अघि बढ्ने: नगर उपप्रमुख पदका उम्मेदवार ठकुल्ला
एकेन्द्र महता
एकेन्द्र महता बुधबार, वैशाख २१, २०७९
Chandika.jpg

साँफेबगर।

साँफेबगर नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार तथा नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य पशुपति कुँवरले बाम गठबन्धनका उम्मेदवारले जिते नगरपालिकाको मुहार फेर्ने बताउनु भएको छ। उहाँले आफूहरु विजयि भए पछि नगरपलिकाको मुहार फेर्ने योजना रहेको बताउनु भएको छ।

उहाँले नगरपालिकामा महिला मतदाताको संख्या बढी रहेको भन्दै रहेक निर्वाचनमा महिलाको मतले जित्दै आएका जनप्रतिनिधिहरुले महिलाका सवालहरुलाई वेवास्था गर्दै आएको आरोप लगाउने भयो। कुँवरले महिला, दलित, विभिन्न वर्ग क्षेत्रमा हुँदै आएको विभेद र हिंसा अन्त्यका लागि आफ्नो विशेष पहल रहने बताउनु भयो। उहाँले आफूलाई सूर्य चिन्हमा मतदान गरेर विजयि गराउन समेत आग्रह गर्नु भयो।

उहाँले बेरोगारी समस्यालाई निर्मूल पार्नको लागि पालिकामा सीपमूलक तालिम देखि लिएर रोजगारीका सवालमा गम्भीर भएर लाग्ने प्रतिवद्धता समेत जनाउनु भएको छ। धार्मिक स्थलहरुको प्रवद्र्धध गरी पर्यटन क्षेत्रको विकास गरीने बताउनु भएको छ। साँफेबगर नगरवडा नम्बर ८ चण्डीकामा भएको चुनावी आमसभामा बोल्दै उहाँले एक वडा एक खेल मैदान निर्माण, लैगिंक विभेदमा शून्य सहनशिलता को नीति अवलम्बन, भूमिहीन र सुकम्वासीहरुका लागि जग्गा उपलब्ध गराउन भूमि सम्बन्धी आयोगसंग समन्वय र सहकार्य, विदेशबाट फर्केका व्यक्तिहरूको ज्ञान, सिप र पूँजीको सदुपयोग सम्बन्धी कार्यक्रमको तर्जुमा र कार्यान्वयन, एक परिवार एक रोजगार कार्यक्रम संचालन गरिने बताउनु भएको छ।

उहाँले बैजनाथधाम, खप्तड, जिमराडी, धौलछडा, कालालेकी लगायत नगरमा रहेका सांस्कृति–धार्मिक स्थलहरुको संरक्षण र प्रवद्र्धधनका लागि गुरुयोजना निर्माण र कार्यान्वयन गरिने बताउनु भएको छ। बाम गठबन्धनको तर्फबाट नगर पालिकाको नगर प्रमख पदका उम्मेदवार कुँवरले नगरपालिकालाई हिंशा मुक्त नगरपालिका बनाउने योजना रहेको बताउनु भएको छ।

साँफेबगर नगरपालिका वडा नम्बर ८ चण्डीकामा घर दैलो पछि चुनावी सभामा बोल्दै कुँवरले हरेक क्षेत्रको विकासका लागी सबै भन्दा पहिले हिंसा रहित समाज निर्माण हुन आवश्यक रहेको बताउनु भयो। उहाँले पढ्दै कमाउँदै कार्यक्रमको अवलम्वन गर्दै व्यावहारिक तथा व्यवसायिक शिक्षामा प्राथामकिता दिईने पनि बताउनु भएको छ। उहाँले आफूले विजय प्राप्त गरि सके पछि संघ र प्रदेश सरकारसँगको सहकार्यमा जनता आवास, सुरक्षित आवास, विपद पीडित आवास तथा दलित समुदायको आवासका कार्यक्रमको संचालन, एक वडा एक उत्पादन नीतिको तर्जुमा र कार्यान्वयन, एक वडा एक सहकारी सुपथ मूल्य पसलको संचालन, नयाँ शहर आयोजनासंगको समन्वय र सहकार्यमा बस्ति विकास कार्यक्रमको प्रभावकारी कार्यन्वयन गरीने बताउनु भएको छ।
     यस्तै चुनावी आमसभामा बोल्दै साँफेबगर नगरपालिकाको नगर उपप्रमुख पदका उम्मेदवार रंग बहादुर ठकुल्लाले बाम गठबन्धनका उम्मेदवारले विजय प्राप्त गरी सके पछि जन चाहना अनुसारका अघि बढ्ने बताउनु भएको छ। उहाँले गरिब, निमुखा र सर्वहारा वर्गको हितमा कम्युनिस्ट सरकारले मात्रै काम गर्न सक्ने भएकाले कम्युनिस्ट पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन आवश्यक भएको बताउनु भएको छ।

उहाँले शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाँई र सडकलाई मुख्य प्राथमिकतामा राख्नु योजना रहेको बताउनु भएको छ। उहाँले गरिब, निमुखा र सर्वहारा वर्गको हितमा कम्युनिस्ट सरकारले मात्रै काम गर्न सक्ने भएकाले कम्युनिस्ट पार्टीका उम्मेदवारहरुलाई विजयी गराउन आवश्यक भएको बताउनु भएको छ। नेकपा एमाले वडा कमिटी   अध्यक्ष असोक कुँवरको अध्यक्षतामा भएको घर दैलो तथा चुनावी आमसभा कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा अछाम इन्चार्ज झपट बोहरा, विशिष्ठ अतिथि सुदूरपशिचम प्रदेश कमिटी सदस्य मिन बहादुर कुँवर, रहनु भएको थियो।
    कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य जंग वि.क. नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभिग प्रमुख प्रकाश शाह, जिल्ला कमिटी सचिवालय सदस्य तथा नगर इन्चार्ज रमेश कुँवर, केशर मिया, जिल्ला कमिटी सदस्य हिरिण्ड कुँवर, दुधकला बिष्ट, राधिका भुजेल, प्रवासी नेपाली संघ भारतका केन्द्रीय उपाध्यक्ष डम्बर रावल, सचिवालय सदस्य आकाश कुँवर, अनेरास्ववियु जिल्ला कमिटी सचिव भिम बडाहित, नेपाल बुद्धिजिवि परिषद्का केन्द्रीय सदस्य हैकला रावल, प्रवासी नेपाली संघ पुना नगर सल्लाहकार सदस्य रमेश कुँवर, अनेम संघ साँफेबगर नगर कमिटी अध्यक्ष सिता कुँवर, वडा अध्यक्ष पदका उम्मेदवार शम्भु कुँवर, सदस्य पदका उम्मेदवार हिमा कुँवर, सरस्वति भुल, हर्क बोहरा, मोहम्मद सादिक मिया नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो। चुनावी आमसभाको संचालन नेकपा एमाले जिल्ला कमिटी सदस्य बल बहादुर कुँवरले गर्नु भएको थियो।


प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  १८:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिटीटप मोबाईल एण्ड सप्लायर्सको शाखा विस्तार
सिटीटप मोबाईल एण्ड सप्लायर्सको शाखा विस्तार सोमबार, असोज ६, २०८२
बाली जोगाउन रात भर जाग्राम
बाली जोगाउन रात भर जाग्राम बिहीबार, भदौ १९, २०८२
५७ जना अछामीलाई कैलालीबाट सेवा
५७ जना अछामीलाई कैलालीबाट सेवा सोमबार, भदौ ९, २०८२
आत्मनिर्भर बन्न कफी खेती
आत्मनिर्भर बन्न कफी खेती बिहीबार, साउन २९, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
एक वर्षमा पाँच करोड बढीको विद्युत बिक्री
एक वर्षमा पाँच करोड बढीको विद्युत बिक्री बुधबार, साउन २१, २०८२
निःशुल्क यातायात सुविधा
निःशुल्क यातायात सुविधा बुधबार, साउन २१, २०८२
ताम्राकारद्धारा मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण
ताम्राकारद्धारा मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण आइतबार, साउन १८, २०८२
ट्राफिकद्धारा १९ लाख बढी राजश्व संकलन
ट्राफिकद्धारा १९ लाख बढी राजश्व संकलन शनिबार, साउन १०, २०८२
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
लोकप्रीय
  • Week
  • Month
राजनितिसंगसंगै स्वास्थ्य सेवा
राजनितिसंगसंगै स्वास्थ्य सेवा
वाक नेपालमा कार्यरत उत्कृष्ट ६ जना कर्मचारी सम्मानित
वाक नेपालमा कार्यरत उत्कृष्ट ६ जना कर्मचारी सम्मानित
राजनितिसंगसंगै स्वास्थ्य सेवा
राजनितिसंगसंगै स्वास्थ्य सेवा
वाक नेपालको सामाजिक परीक्षण तथा २८ औँ वार्षिक सभा सम्पन्न
वाक नेपालको सामाजिक परीक्षण तथा २८ औँ वार्षिक सभा सम्पन्न
आत्माले बुझ्ने सम्पत्ति: मान्छेको लोभ र समाजको सत्य
आत्माले बुझ्ने सम्पत्ति: मान्छेको लोभ र समाजको सत्य
सिटीटप मोबाईल एण्ड सप्लायर्सको शाखा विस्तार
सिटीटप मोबाईल एण्ड सप्लायर्सको शाखा विस्तार
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्