Top Navigation
  • Home
  • About Us
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • Contact
  • Our Team
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • पश्चिम सेती प्रसारण लाइन ४०० केभी क्षमताको निर्माण हुने
पश्चिम सेती प्रसारण लाइन ४०० केभी क्षमताको निर्माण हुने
खप्तड समाचारदाता
खप्तड समाचारदाता बिहीबार, साउन २१, २०८३

बझाङ ।

कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका लागि बझाङ-बनलेक | (पश्चिम सेती) प्रसारण लाइन निर्माण हुने भएको छ। कुल ४०० केभी क्षमताको सो आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ।

कुल ६० किलोमिटर लामो प्रसारण लाइन बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर १ मा प्रस्तावित चैनपुर सबस्टेसन देखि डोटी जिल्लाको शिखर नगरपालिका वडा नम्बर १० मा प्रस्तावित बनलेक (पश्चिम सेती) मा  जोडिनेछ। 

प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले विद्युत विकास विभागमा आवेदन दिएको छ। विद्युत ऐन, २०४९ को दफा ९४० को व्यवस्था अनुसार विवरण खुलाई अनुमतिका लागि आवेदन दिनु पर्ने व्यवस्था छ। 

सो आयोजना अन्तर्गत ४००/१३२  केभी, १६० एमभिए क्षमताको चैनपुर सबस्टेसन निर्माण हुनेछ। यस्तै, ४००/१३२  केभी र ३१५ एमभीए क्षमताको बनलेक (पश्चिम सेती) सबस्टेसन समेत निर्माण हुनेछ। प्रसारण लाइनको लम्बाइ ६० किलोमिटर हुनेछ। त्यसमा १४३ वटा डबल सर्किट टावर निर्माण गरिनेछ। टावरको अधिकतम उचाइ ६१ मिटर र टावर बीचको औसत दूरी ४०८ दशमलव ९९ मिटर रहनेछ भने न्यूनतम दूरी १२७ दशमलव ७९ मिटरसम्म रहनेछ। 

प्रसारण लाइन निर्माणका लागि कुल २९५ दशमलव ४२ हेक्टर जमिन आवश्यक पर्नेछ। त्यस मध्ये टावर निर्माणका लागि ३० दशमलव ४१ हेक्टर जमिन आवश्यक छ। विद्युत मार्गको क्षेत्राधिकार अन्तर्गत २६५ हेक्टर जग्गा जरुरी पर्दछ। सबस्टेसन निर्माणका लागि २१ दशमलव ४१ हेक्टर जग्गा मध्ये सात हेक्टर बनलेक सबस्टेसनका लागि र १४ दशमलव ३७ हेक्टर चैनपुर सबस्टेसनका लागि जरुरी पर्नेछ। प्रसारण लाइनको क्षेत्राधिकार ४६ मिटर रहनेछ। 

प्रसारण लाइनको निर्माण कार्य आगामी पाँच वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। प्रसारण लाइन निर्माण एवम सञ्चालन गर्दा भूक्षय, बाढी, वायु प्रदुषण आदिद्वारा वातावरणमा उल्लेखनीय प्रतिकूल असर नपर्ने गरी निर्माण गरिनेछ। आयोजनाका बारेमा आवश्यक सुझाव तथा सल्लाह दिन विद्युत विकास विभागले सार्वजनिक सूचना मार्फत आग्रह गरेको छ। साभार


प्रकाशित मिति: बिहीबार, साउन २१, २०८३  १३:२५
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री मंगलबार, कात्तिक १७, २०८३
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु बिहीबार, असोज २९, २०८३
हातेमालो सहकारीको १७ औँ वार्षिक साधारण सभा सम्पन्न
हातेमालो सहकारीको १७ औँ वार्षिक साधारण सभा सम्पन्न शनिबार, असोज २४, २०८३
वाक नेपालको २९ औँ वार्षिक सभा तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक रुपान्तरणमा जोड
वाक नेपालको २९ औँ वार्षिक सभा तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक रुपान्तरणमा जोड शनिबार, असोज २४, २०८३
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी आइतबार, असोज १८, २०८३
स्थानीय बजारमा २० लाख लगानीमा यूवा उद्यमी भिम बोगटीले खोले जनता होटल
स्थानीय बजारमा २० लाख लगानीमा यूवा उद्यमी भिम बोगटीले खोले जनता होटल शनिबार, असोज १०, २०८३
मालिका पोलिक्लिनिक आफ्नै भवनबाट सेवा दिदै, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट
मालिका पोलिक्लिनिक आफ्नै भवनबाट सेवा दिदै, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट शुक्रबार, असोज ९, २०८३
मेल्लेखको सार्वजनिक सुनुवाई: योजना तथा कार्यक्रमको प्रभावकारी अनुगमन हुनु पर्नेमा जोड
मेल्लेखको सार्वजनिक सुनुवाई: योजना तथा कार्यक्रमको प्रभावकारी अनुगमन हुनु पर्नेमा जोड बिहीबार, असोज ८, २०८३
जलवायु–स्मार्ट कृषि मार्फत जीविकोपार्जन सुदृढीकरण: काली भुलको प्रेरणादायी यात्रा
जलवायु–स्मार्ट कृषि मार्फत जीविकोपार्जन सुदृढीकरण: काली भुलको प्रेरणादायी यात्रा बिहीबार, असोज १, २०८३
परम्परागत खेती देखि व्यावसायिक तरकारी खेतीसम्म: चन्द्रा कुमालको प्रेरणादायी यात्रा
परम्परागत खेती देखि व्यावसायिक तरकारी खेतीसम्म: चन्द्रा कुमालको प्रेरणादायी यात्रा बुधबार, भदौ ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्