साँफेबगर।
अछामको साँफेबगर नगरपालिकामा नगर स्तरीय बाल भेला सम्पनन भएको छ। साँफेबगर नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजना, वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोग तथा आस्था नेपालको समन्वय र सहजीकरणमा उक्त कार्यक्रम सम्पन्न भएको हो।
बाल भेला मार्फत साँफेबगर नगरपालिकाको आगामी नगर परिषद्बाट बजेट विनियोजन गर्नका लागि कार्य योजना पनि तयार पारेको छ। कार्य योजना मार्फत पालिका भरी बढ्दो लागू पदार्थ दुव्र्यासनी कुप्रथाको रुपमा रहेको छाउपडि प्रथा, बालबालिकालाई खेलकुद सामाग्रीको अभाव, बाल विवाह, जातिय छुवाछुत न्यूनीकरण गर्नका लागि नगर पालिका तथा नगर परिषद्बाट आवश्यक बजेट तथा ठोस कार्यक्रम निर्माण गरि दिन हुन माग गरिएको छ।
साँफेबगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख अनिता जोशीको अध्यक्षतामा भएको समापन कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिव बहादुर कुँवर प्रमुख अतिथि रहनु भएको थियो। समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नगर उपप्रमुख कुँवरले बालबालिकाको चौतर्फी विकास र नेतृत्व क्षमता अभिवृद्धिका लागि बाल सञ्जालको भूमिका महत्वपूर्ण हुने बताउनु भयो।
उहाँले स्थानीय तहमा बालबालिकाको अर्थपूर्ण सहभागिता हुनु पर्नेमा जोड दिँदै भन्नु भयो–“बालबालिकाहरु भोलिका कर्णधार मात्र होईनन्, उनीहरु आजका साझेदार पनि हुन्। उहाँले नगरपालिकाले बालबालिकाको हक अधिकार संरक्षण, संरक्षणमुखी विकास र आवाजलाई स्थानीय तहको नीति तथा योजना तर्जुमा प्रक्रियासम्म पुर्याउन नगरपालिका पूर्ण रुपमा प्रतिबद्ध रहेको बताउनु भयो।
कार्यक्रममा आस्था नेपालका कर्मचारी ध्रुव स्वाँर, लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो। कार्यक्रमले नगर क्षेत्रका बालबालिकाको नेतृत्व विकास र उनीहरुको हक अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिईएको छ। बल भेलाको सहजीकरण आस्था नेपालका भ्वान सिंह सार्की र गोकुल खड्काले गर्नु भएको थियो।



-1779630485.jpeg)
-1779630484.jpeg)
-1779630483.jpeg)
