Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान
खप्तड समाचारदाता
खप्तड समाचारदाता बुधबार, माघ ७, २०८२

साँफेबगर।

रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान गरिएको छ। रैथाने बालीको संरक्षण गर्ने उद्धेश्यले सञ्चालन गरिएको पैरवी अभियान साँफेबगर नगरपालिका वडा नम्बर २ जाल्पादेवीमा सम्पन्न भएको हो। डब्लू एचएच, पीसविन, वाक नेपाल र समविकास नेपालको साझेदाारीमा सञ्चालित पोषण सुधारका लागि जलवायु उत्थानशिल कृषि प्रणालीमा महिला सहभागिता (WE-CAN) परियोजनाको सहयोग र वडा कार्यालयको समन्वयमा रैथाने बालीको संरक्षण सम्बन्धि पैरवी अभियान अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

अब देखि आफुहरुले बजारमा पाईने बिसादी मिसाएका कुनै पनि खानेकुराहरु नखाने कार्यक्रमका सहभागीले प्रतिबद्धता व्यक्त गरेका थिए। स्थानीय रूपमा परम्परागत ढंगले खेती हुँदै आएका बालीहरु, कोदो, फापर, जौ, गहुँ, कागुनो, स्थानीय धानका जातहरु, गेडागुडी, विभिन्न तरकारीका जात आदिको संरक्षण गर्ने कार्यक्रममा सहभागी सरोकारवालाहरुले बताएका थिए।

कार्यक्रमको बारेमा जानकारी गराउँदै समविकास नेपालका पुन्ना कुँवरले रैथाने बालीहरू पौष्टिक तत्वले भरिपूर्ण भएको बताउँदै आत्म निर्भर बन्नका लागि पनि रैथाने बालीले ठुलो मद्धत गर्ने भएकोले संरक्षण गर्न जरुरी रहेको बताउनु भयो।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष सेत बहादुर कुँवरले पुराना रैथाने बालीहरूलाई संरक्षण र सम्वद्र्धन गर्न जरुरी रहेको बताउनु भएको थियो। उहाँले आफु वडा कार्यालयको तर्फबाट लोप भएका र लोपोन्मुख रैथाने बालीको सोध खोज गरि किसानहरुलाई उत्पादन गर्ने खालका कार्यक्रम सञ्चालन गर्ने बताउनु भएको थियो।

उहाँले रैथाने बालीहरुको नेपाली संस्कार, चाडपर्व र परम्परागत खानासँग जोडिएको बताउनु भयो। जसले सांस्कृतिक पहिचान जोगाउँनुका साथै प्रशोधन, बजारीकरण र मूल्य अभिवृद्धि गर्न सके स्थानीय रोजगारी र आम्दानी बढाउन सक्ने पनि पनि बताउनु भयो। कुँवरले रैथाने बालीको संरक्षण गर्न आफू प्रतिबद्ध रहेको र वडा बासीलाई संरक्षणका लागि लाग्न अनुरोध गर्नु भएको छ।

वडा कार्यालयका सहजकर्ता कल्पना स्वारले सञ्चालन गर्नु भएको रैथाने बालीको संरक्षण सम्बन्धि पैरवी अभियान कार्यक्रममा साँफेबगर नगर कार्यपालिका सदस्य उमा उपाध्याय, वडा सदस्य मिन बहादुर कुँवर, हंश कुँवर, सरिता लुहा, त्रिपुरा सुन्दरी माध्यामिक विद्यालयका शिक्षक टेक बहादुर कुँवर, स्वास्थ्य चौकीका यूवराज कुँवरको सहभागिता रहेको थियोे।

यस्तै कार्यक्रममा वाक नेपालद्धारा सञ्चालित महिला सशक्तिकरण तथा बाल अधिकार संरक्षण परियोजनाका अधिकृत सत्य स्वार, सहजकर्ता कृष्ण भट्ट, मनोविमर्शकर्ता सिर्जना कुँवर, परिवर्तका सम्बाहक रेजिना कुँवर, विभिन्न कृषक समुहका पदाधिकारी, समाजसेवी लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियोे।

WhatsApp-Image-2026-01-21-at-4.55.20-PM-1768994128.jpeg

WhatsApp-Image-2026-01-21-at-4.55.09-PM-1768994128.jpeg

WhatsApp-Image-2026-01-21-at-4.54.57-PM-1768994130.jpeg

WhatsApp-Image-2026-01-21-at-4.54.24-PM-1768994131.jpeg

WhatsApp-Image-2026-01-21-at-4.54.39-PM-1768994132.jpeg

WhatsApp-Image-2026-01-21-at-4.54.14-PM-1768994133.jpeg

WhatsApp-Image-2026-01-21-at-4.54.02-PM-1768994133.jpeg

WhatsApp-Image-2026-01-21-at-4.53.42-PM-1768994135.jpeg

WhatsApp-Image-2026-01-21-at-4.53.23-PM-1768994135.jpeg


प्रकाशित मिति: बुधबार, माघ ७, २०८२  १७:०६
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
आलुमा डढुवाको प्रकोप
आलुमा डढुवाको प्रकोप मंगलबार, पुस २९, २०८२
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन बुधबार, पुस २, २०८२
बाली जोगाउन रात भर जाग्राम
बाली जोगाउन रात भर जाग्राम बिहीबार, भदौ १९, २०८२
आत्मनिर्भर बन्न कफी खेती
आत्मनिर्भर बन्न कफी खेती बिहीबार, साउन २९, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
साउनमै पाक्यो धान (फोटो फिचर)
साउनमै पाक्यो धान (फोटो फिचर) शुक्रबार, साउन २३, २०८२
ताम्राकारद्धारा मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण
ताम्राकारद्धारा मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण आइतबार, साउन १८, २०८२
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा आइतबार, असार २९, २०८२
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
लोकप्रीय
  • Week
  • Month
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान
हिमाली श्वासमा : थकाली जीवन
हिमाली श्वासमा : थकाली जीवन
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
मंगलसेनमा शान्ती र सद्भावको पक्षमा प्रदर्शन
मंगलसेनमा शान्ती र सद्भावको पक्षमा प्रदर्शन
एमाले अछामको छैठौं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
एमाले अछामको छैठौं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
आलुमा डढुवाको प्रकोप
आलुमा डढुवाको प्रकोप
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्