साँफेबगर ।
अछामको चौरपाटी गाउँपालिकाका विभिन्न वडामा सञ्चालित (WE-CAN) परियोजना को सरोकारवालाद्धारा अनुगमन गरिएको छ। गाँउपालिकाको समन्वय बीएमजेड डब्लुएचएचको आर्थिक सहयोग पिसविन नेपाल, वाक नेपाल र समविकास नेपालको सहकार्यमा सञ्चालन गरिएको पोषण सुरक्षा सुधारका लागि जलबायु उत्थानशिल कृर्षि प्रणालीमा महिला सहभागिता (WE-CAN) परियोजना अन्तर्गत गरेका क्रियाकलापको मंगलबार अनुगमन गरिएको हो।
अनुगमनको क्रममा उक्त परियोजना अन्तर्गत वडा नम्बर ५ तप्ती कुण्ड कृषक समुह, सगरमाथा कृषक समुह, वडा नम्बर ६ को नयाँवस्ती कृषक समुह र वडा नम्बर ७ मा रहेको कोकिला कृषक समुह विच छलफल गरिनुको साथै समुहमा रहेका महिलाले लगाएको तरकारी वारीको निरिक्षण समेत गरिएको थियो। वडा नम्बर ५ लुंग्रामा गठन गरिएका ८ वटा कृषक समुह मध्ये ३ वटा समुहका तिन जना अगुवा कृषक महिलालाई पहिलो वर्ष डेमो स्टेशन निमार्ण गरि सहयोग गरिएको वाक नेपालका कृषि प्राविधिक ईश्वर बटालाले जानकारी दिनु भएको छ। जसमा थोपा सिचाई, मलचिङ प्रविधि, झोल मलको प्रयोग गरेर विना रसायनका खेति उत्पादन गरि मानव सुरक्षाको पोषण स्वास्थ्यलाई मध्ये नजर गर्दै कृषकलाई तालिम दिने गरिएको उहाँले बताउनु भयो।
तप्ती कुण्ड कृषि समुह सालखेतका अगुवा कृषक गोमा भट्टले (WE-CAN) परियोजनाले दिएको तालिमले अहिले आफु अगुवा कृषक बन्न सफल भएको भन्दै खुसि व्यक्त गर्नु भएको छ। आफ्नो समुहमा रहेका २४ जना सदस्यबाट अगुवा कृषकको रुपमा छनोट भई तरकारी खेति गरि रहेको बताउनु भयो। वाक नेपालले डेमो स्टेशन निमार्ण गर्न टनेल, थोपा सिचाई, पानी जम्मा गर्ने ड्रम र वीउविजन दिएको र पालिकाले आलुको विउ सहयोग गर्दा काम गर्न सजिलो भएको उहाँको भनाई रहेको छ। गहुँ वाली भन्दा तरकारी खेतिबाट बढि उत्पादन हुने अपेक्षाका साथ तरकारी खेति गर्न सुरु गरेको भट्टले बताउनु भयो। यस्तै सगरमाथा कृषक समुहका अगुवा कृषक जयन्ती खड्काले ३० जना सदस्य रहेको आपफ्नो समुहमा प्रत्येक महिना निरन्तर रुपमा दिगो एकीकृत कृषि प्रणाली अन्तर्गत कृषि खेतिको बारेमा सिक्ने सिकाउने गरेको बताउनु भयो।
आधुनिक प्रविधिको प्रयोगबाट खेति गर्ने तरिका, वेमौसमी वाली, वेर्ना राख्ने, वाली पात्रो र पोषणको विषयमा समुहमा छलफल गर्दै आएको जानकारी दिनु भएको छ। उक्त समुहका सबै सदस्यले सिकेको सीपबाट आ–आफ्नो वारीमा विभिन्न किसिमका तरकारी उत्पादन गरि रहेका छन्। सदस्य निर्मला खड्काले (WE-CAN) परियोजनाको सहयोगले तरकारी उत्पादन गरि आत्मानिर्भर बन्न सहज भएको बताउनु भएको छ। गाउँपालिकाको वडा नम्बर ६ मा रहेको नयाँवस्ती कृषक समुहका अगुवा कृषक तुलक्षी साउँदले पोषणयुक्त खाना, सरसफाई र कृषि क्षेत्रको बारेमा वाक नेपालले सचेतिकरण गराउदा समुहका महिलाहरुको र आफ्नो व्यवहारमा सकरात्मक परिवतन आएको बताउनु भयो।
यस्तै चार वटै समुहका अगुवा कृषक र सदस्यले संस्थाहरुले लागू गरेको कार्यक्रमले कृषि खेति र तरकारी लगाउन सहज भए पनि सिचाई र बजारको समस्या रहेको बताएका छन्। साथै उनीहरुले समयमै वीउ दिन, सिचाईको लागि पानीको व्यवस्था, उत्पादन गरेको वस्तुको बजारीकरण र जगंली जनावरको उचित व्यवस्थापनको विषयमा ध्यान दिन स्थानीय सरकार र संघसंस्थाहरुसंग माग गरेका छन्। पिसविन नेपालका कार्यक्रम संयोजक सुरेन्द्र सेरालाले दिगो एकीकृत कृषि कार्यक्रम अन्तर्गत कृषक समुहमा रहेका महिलाहरुलाई पोषण, वाली पात्रो र करेसा वारी सम्बन्धि सिकाउने गरेको बताउनु भएको छ। साथै उहाँले आगामी वर्षमा कृषकले उत्पादन गरेको वस्तुको बजारीकरणको लागी मार्कुमा संकलन केन्द्र स्थापना गर्ने र अन्य समस्याको समाधानको लागी स्थानिय सरकारसंग समन्वय गर्दै अगाडी बढ्ने बताउनु भयो।
चौरपाटी गाँपालिकाका उपाध्यक्ष सर देवि खड्काले यो परियोजना कृषकहरुको लागी निकै प्रभावकारी भएको बताउनु भएको छ। समाज रुपान्तरण देखि जलवायु उत्थानशिल, कृषि क्षेत्र, पोषाण सुधारका पक्ष र विभिन्न किसिमका सीप सिकाईका तालिमहरु संस्थाहरुले पहिले देखिनै दिदै आएका जसले गर्दा समाज परिवर्तनका कुरामा संघसंस्थाहरुको महत्वपूर्ण भुमिका रहेको उपाध्यक्ष खड्काको भनाई रहेको छ। यो परियोजनाबाट सिकेको सिपलाई व्यवहार लागू गर्न आग्रह गर्दै स्थानीय कृषकका समस्या समाधान गर्न निरन्तर पहल गरि रहने प्रतिवद्वता व्यक्त गर्नु भएको छ।
अनुगमनमा चौरपाटी गाँपालिकाका उपाध्यक्ष सर देवि खड्का, वडा नम्बर ७ का वडा अध्यक्ष ललित बोगटी, ६ का वडा अध्यक्ष डबल बहादुर खड्का, कार्यवाहक वडा अध्यक्ष नर बहादुर खड्का, कृषि शाखा प्रमुख झप्पर बहादुर भुल, वाक नेपालका महासचिव शुसिला बोगटी, समविकास नेपालका सचिव जानकी बोहोरा, बम भट्ट, डब्लुएचएचका रमेश जोशी, पिसविन नेपालका धर्म बहादुर रोकाया, कार्यक्रम संयोजक सुरेन्द्र सेराला, धिरेन्द्र रावल लगाएतको सहभागिता रहेको थियो।
यस्तै कार्यक्रम सञ्चालनमा रहेका साँफेबगर नगरपालिकाका दुईवटा वडामा पनि अनुगमन गरिएको छ। बुधबार (WE-CAN) परियोजनाको सरोकारवालाहरुद्धारा अनुगमन गरिएको हो। नगरपपालिकाको समन्वय बीएमजेड डब्लुएचएचको आर्थिक सहयोग पिसविन नेपाल, वाक नेपाल र समविकास नेपालको सहकार्यमा सञ्चालन गरिएको पोषण सुरक्षा सुधारका लागि जलवायु उथानशिल कृषि प्रणालीमा महिला सहभागिता वीक्यान परियोजनाको मंगलबार अनुगमन गरिएको हो। अनुगमनको क्रममा उक्त परियोजना अन्तर्गत वडा नम्बर १० घुघुरकोटको कुमैस्थानमा रहेको प्रगतिशिल कृषक समुह, खापरमाण्डौँ आत्मानिर्भर समुह र वडा नम्बर ३ शिद्धेश्वरको विनायक सामुदायिक कृषक समुह विच छलफल गरिनुको साथै समुहमा रहेका महिलाले लगाएको तरकारी वारीको निरिक्षण समेत गरिएको थियो।
वडा नम्बर १० मा गठन गरिएका कृषक समुहका अगुवा कृषक महिलालाई पहिलो वर्ष डेमो स्टेशन निमार्ण गरि सहयोग गरिएको थियो। जसमा थोपा सिचाई, मलचिङ प्रविधि, झोल मलको प्रयोग गरेर विना रसायनका खेति उत्पादन गरि मानव सुरक्षाको पोषण स्वास्थ्यलाई मध्ये नजर गर्दै कृषकलाई तालिम दिने गरिएको गरिएको छ। प्रगतिशिल कृषक समुह कुमैस्थानका अगुवा कृषक टीका कुमारी उपाध्यायले वीक्यान परियोजनाले दिएको तालिमले अहिले आफु अगुवा कृषक बन्न सफल भएको भन्दै खुसि व्यक्त गर्नु भएको छ। आफ्नो समुहमा रहेका २४ जना सदस्यबाट अगुवा कृषकको रुपमा छनोट भई तरकारी खेति र मौरी पालन गरि रहेको उहाँले बताउनु भयो। वाक नेपालले डेमो स्टेशन निमार्ण गर्न टनेल, थोपा सिचाई, पानी जम्मा गर्ने ड्रम र वीउविजन दिएको र पालिकाले आलुको वीउ सहयोग गर्दा काम गर्न सजिलो भएको उहाँको भनाई रहेको छ। गहँु वाली भन्दा तरकारी खेतिबाट बढि उत्पादन हुने अपेक्षाका साथ तरकारी खेति गर्न सुरु गरेको उहाँले बताउनु भयो।
यस्तै खापरमाण्डौं कृषक समुहका अगुवा कृषक सलिना बि.क.ले १४ जना सदस्य रहेको आफ्नो समुहमा प्रत्येक महिना निरन्तर रुपमा दिगो एकीकृत कृषि प्रणाली अन्तर्गत कृषि खेतिको बारेमा सिक्ने सिकाउने गरेको बताउनु भयो। आधुनिक प्रविधिको प्रयोगबाट खेति गर्ने तरिका, वेमौसमी वाली, वेर्ना राख्ने, वाली पात्रो र पोषणको विषयमा समुहमा छलफल गर्दै आएको जानकारी दिनु भयो। उक्त समुहका सबै सदस्यले सिकेको सीपबाट आ–आफ्नो वारीमा विभिन्न किसिमका तरकारी उत्पादन गरि रहेका छन्। पोषण युक्त खाना, सरसफाई र कृषि क्षेत्रको बारेमा वाक नेपालले सचेतिकरण गराउँदा समुहका महिलाहरुको र आफ्नो व्यवहारमा सकरात्मक परिवतन आएको समुहका सदस्यले बताएका छन्। यस्तै अनुगमन गरिएका तीन वटै समुहका अगुवा कृषक र सदस्यले संस्थाहरुले लागू गरेको कार्यक्रमले कृषि खेति र तरकारी लगाउन सहज भए पनि सिचाई र जंगली जनावरले समस्या निम्त्याएको बताएका छन्। साथै उनीहरुले समयमै वीउ दिन, सिचाईको लागि पानीको व्यवस्था, उत्पादन गरेको वस्तुको बजारिकरण र जगंली जनावरको उचित व्यवस्थापनको विषयमा ध्यान दिन स्थानीय सरकार र संघसंस्थाहरुसंग माग गरेका छन्।
पिसविन नेपालका कार्यक्रम संयोजक सुरेन्द्र सेरालाले दिगो एकीकृत कृषि कार्यक्रम अन्तर्गत कृषक समुहमा रहेका महिलाहरुलाई पोषण, वाली पात्रो र करेसा वारी सम्बन्धि सिकाउने गरेको बताउनु भएको छ। साथै उहाँले आगामी वर्षमा कृषकका समस्याको समाधानका लागि स्थानीय सरकारसंग समन्वय गर्दै अगाडी बढ्ने बताउनु भयो। अनुगमन पछि बोल्दै साँफेबगर नगरपालिकाका उप्रमुख शिव बहादुर कुँवरले परियोजना कृषकहरुको लागी निकै प्रभावकारी काम गरेको बताउनु भएको छ। उहाँले समाज रुपान्तरण देखि जलवायु उत्थाशिल, कृषि क्षेत्र, पोषाण सुधारका पक्ष र विभिन्न किसिमका सीप सिकाईका तालिमहरु संस्थाहरुले पहिले देखिनै दिदै आएका जसले गर्दा समाज परिवर्तनका कुरामा संघसंस्थाहरुको महत्वपूर्ण भुमिका रहेको बताउनु भएको छ।
यो परियोजनाबाट सिकेको सीपलाई व्यवहारमा लागू गर्न आग्रह गर्दै स्थानीय कृषकका समस्या समाधान गर्न निरन्तर पहल गरि रहने प्रतिवद्वता व्यक्त गर्नु भएको छ। अनुगमनमा साँफेबगर नगरपालिकाका उपप्रमुख शिव बहादुर कुँवर वडा नम्बर ३ का वडा अध्यक्ष कुल बहादुर कुँवर, वडा नम्बर १० का वडा अध्यक्ष ललित बोगटी, साँफेबगर नगरपालिका कृषि शाखाका प्रमुख हिरा सार्की, वाक नेपालका महासचिव शुसिला बोगटी, समविकास नेपालका सचिव जानकी बोहोरा, बम भट्ट, डब्लुएचएचका रमेश जोशी, धर्म रोकाया पिसविन अछामका अध्यक्ष धिरेन्द्र बहादुर रावल, पीसविन नेपालका कार्यक्रम प्रबन्धक धर्म बहादुर रोकाया, कार्यक्रम संयोजक सुरेन्द्र सेराला, लगाएतको सहभागिता रहेको थियो।
अनुगमनका तस्विरहरु ।
















