Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • बाली जोगाउन रात भर जाग्राम
बाली जोगाउन रात भर जाग्राम
एकेन्द्र महता
एकेन्द्र महता बिहीबार, भदौ १९, २०८२

साँफेबगर ।

अछाम जिल्लाका विभिन्न स्थानका किसान बँदेलले बाली नष्ट पार्न थाले पछि बाली जोगाउन रात भर जाग्राम बस्न बाध्य भएका छन्। यहाँका किसानले लगाएको बाली जङ्गली बँदेलले सखाप पार्दा रात भर टहरामा जाग्राम बस्न थालेका हुन्। पाक्न तयारी अवस्थामा रहेका अन्न बाली ठूलो सङ्ख्यामा आउने जङ्गली बँदेलले नोक्सान गर्न थाले पछि किसान खेतबारीमा रात बिताउन बाध्य भएका हुन्।

धान, मकै, कोदो, भटमास, तरकारी लगायत खाद्यान्न बालीमा बथानका बथान जङ्गली बँदेलले खाने गरेको स्थानीयले बताएका छन्। ढकारी गाउँपालिका वडा नम्बर ८, स्थानीयवासी कृष्ण प्रसाद उपाध्यायले बँदेलले बाली नोक्सान गरी सखाप पारेको बताउनुभयो। उहाँले भन्नुभयो-“बँदेल धपाउन समूह बनाएर रात भर खेत बारीमा बास बस्छौँ तर, पनि खेती जोगाउन हम्मे-

हम्मे भएको छ।’’ यहाँ स्थित नेत्र प्रसाद जैशी, भोजराज उपाध्याय, पूर्ण जैशी लगायत ५०/६० जना कृषकले लगाएका अन्न बाली बँदेलले नष्ट गरेको जनाईएको छ। अन्न उत्पादन हुने साठीको माझि, देवकोट, दुवाडी, पलामाजि, फोगट्टेन सासेगैरा, पल्साता लगायतका ठाउँमा जङ्गली जनावर बँदेलले अन्न बाली नष्ट गरेको उपाध्यायले बताउनुभयो।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १, गाँज्राका रेबन्त खड्का भन्नुहुन्छ,-“न त रातिमा सुत्नु छ न त बाली नै जोगिएको छ, अब त अतिनै गर्न लागि सके। एकातीर बँदेलले आक्रमण गर्छ की भन्ने चिन्ता लाग्ने गरेको छ।’’ खड्काले भन्नुभयो-“जङ्गली जनावरको क्षेतिले गाउँमा बस्ने वातारण नै छैन, खेति नलगाउँ कसरी परिवार पाल्ने? खेति लगाऔँ राति बँदेल र दिउसो बाँदरले खाई दिने धेरै समस्या भोगि रहेका छौँ।’’

किसानको क्षतिको सम्बन्धित निकायले कुनै व्यवस्थापन नगरेको किसानको गुनासो छ। “नत जङ्गली बँदेलको नियन्त्रण तिर चासो छ न त क्षतिको व्यवस्थापनमा स्थानीय सरकारले देखाएका छन्”, मेल्लेख गाउँपालिका वडा नम्बर ८, हात्तिकोटका खम्म सुनारले गुनासो गर्नुभयो। धेरै जसो गाउँ त जङ्गली जनावरले गर्ने क्षेतिका कारण पनि रित्ता भई सकेका छन्, धेरैले तराइँ तिर बसाइँसराई गरि सके बाँकी रहेका पनि बसाइँ सर्ने निस्चित जस्तै छ। सुनारका अनुसार धान बाली जोगाउन रात भर जाग्राम बस्नु परेको छ तर पनि ठुुलो सङ्ख्यामा बँदेलको बथान आउने भएकाले ज्युधनको पनि उतिकै चिन्ता हुन्छ।

जङ्गली बँदेलले बालीमा क्षति पु¥याउन थाले पछि जिल्लाका किसान चिन्तित भएका छन्। आहाराको खोजीमा पछिल्लो समय वनबाट गाउँवस्ती छिर्ने बँदेलको सङ्ख्या बढ्दै गएको छ। बँदेलले धान, स-साना केराका कोथा, हरिया तरकारीका बोट उखेलेर खाने गरेको किसानको गुनासो छ।

“हामीले यिनको आतङ्कले पछिल्ला चार÷पाँच वर्ष यता राम्ररी बाली लिन पाएका छैनौँ” साँफेबगर नगरपालिका वडा नम्बर १०, घुुघुरकोका कम्मान सिंह खड्का भन्नुुहुन्छ,-“अब त यिनकै लागि बाली लगाए जस्तो भएको छ।” यति मात्रै होईन राति बँदेलले सताउने गरेको र दिउसो बाँदरले अन्न बाली खाई दिनाले हैरानी खेप्नु परेको उहाँले बताउनुु भयो।

यी त प्रतिनिधि ठाउँ र घटना मात्रै हुन्। जिल्लाका सबै पालिकामा जङ्गली जनावर बँदेलले अन्न बाली नोक्सान गर्ने गरेको स्थानीयले बताएका छन्। पछिल्लो समयमा यहाँका किसानले रात भर जाग्राम बसेर जङ्गली बँदेल धपाउन बाहेक बाली जोगाउनै अन्य विकल्प छैन। पाकेर घरमा भित्र्याउन तयारी अवस्थामा रहेको अन्न बालीमा बँदेलले क्षति पुर्याउँदा किसान निकै निरास भएका छन्।

अब बँदेल र अन्य जङ्गली जनावर वन्यजन्तु नभएर वस्ती वरपर बसोबास गर्ने जन्तु सरह बनेका संग्राम्तोली सहित अन्य वस्तीका बासिन्दा बताउँछन्। जिल्लाका दश वटै पालिकाका वस्ती वरपर अहिले बँदेलको उत्पातले किसान दिक्क छन्। यिनको नियन्त्रणमा सरकारले पहलकदमी नलिएको किसानको दुखेसो छ।

जङ्गली जनावरले बाली नाली र मानविय क्षेति गरेका निवेदनहरु कार्यालयमा थुप्रै आउने गरेको डिभिजन वन कार्यालय अछामका प्रमुख जनक पाध्याले बताउनुभयो। क्षेतिपूति पाउँ भनेर निवेदन आए पनि क्षेतिपूर्ति दिन रकम भने न्यून मात्रामा आउने गरेको उहाँले बताउनुु भयो। उहाँले भन्नुुभयो-“गत वर्षसम्मको मानवीय क्षति र पश धन गरेर पाँच लाख अपुग रकम आएको छ, अब यो वर्षका लागि कति बजेट हाल्दिने हो निश्चिित छैन।” उहाँका अनुसार कार्यालयबाट भने क्षेतिपूर्तिका लागि पटक-पटक बजेट माग गरिदै आएको छ।

बँदेलले-नष्ट-गरेको-धान-खेति-1756961226.jpeg

बाली-जोगाउन-बनाईएको-टहरा-।-1756961228.jpeg

-जोगाउन-रुखमा-बनाईएको-टहरा-।-1756961230.jpeg

बँदेलले-नष्ट-गरेको-कोदो-1756961222.jpeg

ओत-लाग्न-बनाईएका-टहरा-1756961221.jpeg

बँदेलले-नष्ट-गरेको-तरकारी-बारी-।-1756961223.jpeg

ओत-लाग्न-बनाईएका-टहरा-1-1756961221.jpeg


प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  १०:४०
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
आत्मनिर्भर बन्न कफी खेती
आत्मनिर्भर बन्न कफी खेती बिहीबार, साउन २९, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
साउनमै पाक्यो धान (फोटो फिचर)
साउनमै पाक्यो धान (फोटो फिचर) शुक्रबार, साउन २३, २०८२
ताम्राकारद्धारा मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण
ताम्राकारद्धारा मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण आइतबार, साउन १८, २०८२
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा आइतबार, असार २९, २०८२
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक सोमबार, जेठ २६, २०८२
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न  शनिबार, जेठ २४, २०८२
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न आइतबार, जेठ १८, २०८२
लोकप्रीय
  • Week
  • Month
जेन्जी पुस्ताको विद्रोही बिगुल : भ्रष्टाचार र बेथिति विरुद्धको नयाँ जनआन्दोलन
जेन्जी पुस्ताको विद्रोही बिगुल : भ्रष्टाचार र बेथिति विरुद्धको नयाँ जनआन्दोलन
बाली जोगाउन रात भर जाग्राम
बाली जोगाउन रात भर जाग्राम
सत्ताको गोली : युवाको बलिदान
सत्ताको गोली : युवाको बलिदान
मर्यादित महिनावारी सचेतना कक्षा सञ्चालन
मर्यादित महिनावारी सचेतना कक्षा सञ्चालन
आउनै छोडे चिठीपत्र
आउनै छोडे चिठीपत्र
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न
अछामबाट अस्थायी रुपमा तराइँ बसोवास गर्नेलाई कैलालीबाट सेवा दिईने
अछामबाट अस्थायी रुपमा तराइँ बसोवास गर्नेलाई कैलालीबाट सेवा दिईने
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्