मेल्लेख ।
अछामको मेल्लेख गाउँपालिकामा न्यायमा पहुँच परियोजनाको परिचयात्मक बैठक सम्पन्न भएको छ। महिला तथा सीमान्तकृत समुदायको न्यायमा पहुँच अभिवृद्धि गर्ने उद्धेश्य सहित न्यायमा पहुँच परियोजनाको परिचयात्मक बैठक सम्पन्न भएको हो।
मेल्लेख गाउँपालिकाको समन्वय, आस्था नेपालको आयोजना तथा यूएनडिपीको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो। नेपाल सरकारको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहकार्यमा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम यूएनडिपीको सहयोगमा महिला सशक्तिकरण मंच नेपालद्वारा संयुक्त रूपमा उक्त परियोजना सञ्चालन गरिएको हो।
बैठकमा परियोजना मार्फत गरिने क्रियाकलाप को बिषयमा पनि विस्तृत जानकारी गराईएको थियो। परियोजनाले विशेष गरी महिला तथा सीमान्तकृत समुदायको न्यायिक पहुँच सहज बनाउने, अधिकार सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने तथा स्थानीय तहसँग सहकार्य गर्दै न्याय प्रणालीलाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ।
कार्यक्रममा मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिं साउँद र उपाध्यक्ष नृप बहादुर खड्कालाई लाई परियोजना औपचारिक रुपमा हस्तान्तरण गरिएको थियो। बैठकमा स्थानीय जनप्रतिनिधिहरु, पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत संगिता ताम्राकार विषयगत शाखाका प्रमुखहरु, आस्था नेपाल कार्य समिति सदस्य गंग बहादुर बुढा, परियोजना अधिकृत तपेन्द्र ठकुल्ला, सामाजिक परिचालक तित बहादुर बिक सीता भण्डारी र कल्पना थापा लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरुले परियोजनाले स्थानीय स्तरमा न्यायमा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।
-1775902336.jpeg)


-1775902336.jpeg)

-1775902335.jpeg)