काठमाडौँ ।
फेसबुकको माउ कम्पनी मेटाले ठूलो घोषणा गरेको छ । तपाईको फेसबुकमा शुन्य फलोअर्स वा भिजिटर छ तरपनि महिनाको साढे ४ लाख नेपाली रुपैया कमाउने अवसर फेसबुकले दिएको छ । उसले आफ्नो वृद्धिलाई छिटो ट्र्याक गर्नुहोस्। पोस्टिङ गरेबापत ग्यारेन्टी गरिएको तलब पाउनुहोस् भनेर गज्जबको फास्ट ट्र्याक कार्यक्रम घोषणा गरेको छ ।
यसमा मात्र महिनामा १५ वटा रिल्स अपलोड गर्नु पर्नेछ । रिल्समापनि तपाईको शुन्य भ्यूज वा शुन्य इङ्गेजमेण्ट आएपनि केही फरक पर्दैन । तपाईको महिनाको साढे चार लाख रुपैया तलब पाक्नेछ । यो योजना ३ महिनाका लागि मात्र छ । तर पसिना छुटाउने शर्तहरु भने छ । तपाईको फेसबुक, पेज शुन्य फलोअर्स भएपनि केही फरक परेन । तर तपाईसँग टिकटक, युबट्युब वा इन्स्टाग्राममा फलोअर्स वा सब्सक्रिप्सन चाहिन्छ ।
कुनै पनि यी ३ वटा प्लाटफर्ममा २० हजार देखि ९९ हजार ९ सय ९९ फलोअर्स छन् भने तपाईले १ सय देखि ४५० अमेरिकी डलरसम्म तलब पाउनुहुनेछ । १ लाख देखि ९ लाख ९९ हजार ९ सय ९९ फलोअर्स छ भने १ हजार अमेरिकी डलर पाउनुहुनेछ । १० लाख भन्दा माथि फलोअर्स छ भने मासिक ३ हजार अमेरिकी डलर यानिकी आजका दिनको एक्सजेन्जअनुसार झण्डै साढे ४ लाख तलब पाउनुहुनेछ ।
मज्जाको घोषणा त यो छ कि यो कार्यक्रममा जोडिनासाथ कन्टेन मनिटाइजेशन प्रोग्राम दिनेछ । त्यसबाट कमाएको थप हुनेछ । अहिलेपनि इन्भिटेशन बेस मात्र रहेको कन्टेन मनिटाइजेशन चै तपाईलाई सधैंका लागि प्राप्त हुनेछ । फलोअर्स बढाउन पनि फेसबुकले तपाईलाई हद भन्दा बढी उदारता दिनेछ । तर कठिन त यो छ कि, केही पसिना छुटाउने शर्तहरु छ ।
यो योजनामा अमेरिका र क्यानडा लोकेशन रहेका फेसबुकवालाले मात्र सहभागी हुन पाउँछन् । त्यो फेसबुक त्यस्तो हुनु पर्छ जसमा पछिल्लो ६ महिना कुनै पनि रिल्स अपलोड भएको हुनु भएन । अब यो अवसर त्यही भएका मानिस र भर्चुअल डिभाइस चलाएर नेपालबाट पनि काम गरि रहेकाहरुका लागि मात्र अवसर हुनेछ । ला मेरा लागि त नहुने रहेछ बेकार यहाँसम्म हेरे भनेर ग्लानी फिल भयो भने यसो चै नगर्नुहोस् ।
भीपीएन, भर्चुअल डेक्सटपबाट काम गरेर लाखौं नेपालीले पहिले नेपाल लोकेशनलाई नदिँदा पनि कमाइ रहेका थिए । यो त्यस्तै हुन सक्छ । कोसिस गर्न सक्नु हुनेछ ।