Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
आर्थिक
  • Home
  • आर्थिक
  • टिकटक र युट्युबका स्थापित क्रियटरलाई आकर्षित गर्न फेसबुकले ल्यायो नयाँ मनिटाइजेसन कार्यक्रम
टिकटक र युट्युबका स्थापित क्रियटरलाई आकर्षित गर्न फेसबुकले ल्यायो नयाँ मनिटाइजेसन कार्यक्रम
खप्तड समाचारदाता
खप्तड समाचारदाता शुक्रबार, चैत ६, २०८२

काठमाडौँ ।

मेटा (फेसबुक) ले टिकटक र युट्युब जस्ता प्रतिस्पर्धी प्लेटफर्महरूबाट स्थापित क्रिएटरहरूलाई आफ्नो प्लेट फर्ममा भित्र्याउन क्रिएटर फास्ट ट्र्याक (Creator Fast Track) नामक नयाँ कार्यक्रम सार्वजनिक गरेको छ । अन्य प्लेटफर्महरूमा पहिले नै ठुलो फलोइङ बनाइ सकेका क्रियटरहरूलाई फेसबुकमा नयाँ सुरुवात गर्न सहज बनाउने र उनीहरूको कमाई बढाउने उद्देश्यले यो मनिटाइजेसन कार्यक्रम ल्याइएको हो ।

नयाँ प्लेटफर्ममा शून्यबाट सुरु गर्नुपर्ने चुनौतीलाई सम्बोधन गर्दै यो कार्यक्रमले क्रियटरहरूलाई मुख्य दुई वटा सुविधाहरू प्रदान गर्नेछ । पहिलो सहभागी क्रियटरहरूले आफ्ना योग्य रिल्स (eligible reels) मा बढी रिच प्राप्त गर्नेछन् । जसले गर्दा उनीहरूको फलोअर्स सङ्ख्या छिटो बढाउन मद्दत पुग्नेछ । दोस्रोमा फेसबुकमा योग्य रिल्स शेयर गरे बापत सहभागीहरूलाई तीन महिनासम्म भुक्तानीको ग्यारेन्टी गरिनेछ ।

यस कार्यक्रम अन्तर्गत क्रियटरहरूले आफ्ना अन्य प्लेटफर्मका फलोअर्स सङ्ख्याका आधारमा निश्चित रकम (guaranteed pay) प्राप्त गर्न सक्नेछन् । यदि कुनै क्रियटरको इन्स्टाग्राम, टिकटक वा युट्युबमा कम्तीमा एक लाख फलोअर्स छन् भने उनीहरूले प्रति महिना एक हजार डलर कमाउन सक्छन् । यदि कुनै पनि एउटा प्लेट फर्ममा १० लाख (एक मिलियन) भन्दा बढी फलोअर्स छन् भने उनीहरूले प्रति महिना ३,००० डलरसम्म कमाउन सक्ने छन् ।

यस कार्यक्रमले योग्य क्रियटरहरूलाई फेसबुकको 'कन्टेन्ट मनिटाइजेसन' टुलमा तत्काल पहुँच दिनेछ । यसका लागि उनीहरूले फेसबुकको सामान्य मापदण्डहरू (जस्तै न्यूनतम फलोअर्स सङ्ख्या) पुरा गरीरहनु पर्ने छैन । यसले गर्दा 'क्रियटर फास्ट ट्र्याक' कार्यक्रम सकिए पछि पनि उनीहरूले आफ्ना सामग्रीबाट निरन्तर कमाई गरि रहन सक्ने छन् ।

फेसबुकले क्रियटर इकोनोमीमा आफ्नो लगानीलाई उल्लेखनीय रूपमा बढाएको छ । सन् २०२५ मा मात्र फेसबुकले आफ्ना मनिटाइजेसन कार्यक्रमहरू मार्फत क्रियटरहरूलाई झन्डै ३ अर्ब डलर भुक्तानी गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ३५% बढी हो । यो फेसबुकको इतिहासकै सबै भन्दा उच्च वार्षिक भुक्तानी हो ।

तथ्याङ्क अनुसार गत वर्ष कूल भुक्तानीको ६०% हिस्सा रिल्सबाट भएको थियो भने बाँकी रकम स्टोरी, फोटो र टेक्स्ट पोस्टहरूबाट प्राप्त भएको थियो । फेसबुकमा वार्षिक १०,००० डलर भन्दा बढी कमाउने क्रियटरहरूको सङ्ख्यामा वार्षिक ३०% ले वृद्धि भएको कम्पनीले जनाएको छ ।

क्रियटरहरूलाई उनीहरूको कमाई बुझ्न र सामग्रीको प्रदर्शन सुधार गर्न फेसबुकले तीनवटा नयाँ मेट्रिक्सहरू पनि ल्याएको छ । जस अनुसार कमाईका लागि योग्य मानिने भ्युजहरूको सङ्ख्यालाई क्वालिफाइड भ्यूज (Qualified View) को रूपमा गणना गरिनेछ । त्यस्तै प्रति १,००० योग्य भ्युजमा हुने अनुमानित कमाईलाई अर्निङ रेट (Earnings Rate) को रूपमा जनाइनेछ ।

कुन भ्युजहरू आम्दानीका लागि किन योग्य भएनन् र भविष्यमा सुधार गर्न के गर्न सकिन्छ भन्ने विस्तृत जानकारी दिन नन-क्वालिफाइड भ्यूज (Non-qualified Views) मा देखाइनेछ ।

फेसबुकले अब मौलिक सामग्री (original content), इङ्गेजमेन्ट र लामो समयसम्म हेरिने (वाचटाइम) भिडिओहरूलाई बढी प्राथमिकता दिने बताएको छ ।

कसरी सहभागी हुने ?

फेसबुक कन्टेन्ट मनिटाइजेसन निमन्त्रणामा मात्र आधारित (invite-only) छ । इच्छुक क्रियटरहरूले फेसबुक मोबाइल एपको 'प्रोफेसनल ड्याशबोर्ड'मा गई 'मनिटाइजेसन' ट्याब भित्र रहेको 'कन्टेन्ट मनिटाइजेसन' मा गएर 'इन्ट्रेस्ट फर्म' (interest form) भर्न सक्नेछन् ।

फेसबुकका क्रियटर प्रोडक्ट उपाध्यक्ष याइर लिभ्नेका अनुसार यो कार्यक्रम विशेष गरी नयाँ प्लेट फर्ममा शून्यबाट कम्युनिटी बनाउन गाह्रो मान्ने स्थापित क्रियटरहरूको चिन्ता हटाउन डिजाइन गरिएको हो ।


प्रकाशित मिति: शुक्रबार, चैत ६, २०८२  १३:४८
प्रतिक्रिया दिनुहोस्
थप आर्थिक
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष” मंगलबार, वैशाख २९, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुढाकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुढाकोटमा सम्पन्न बिहीबार, वैशाख २४, २०८३
काठमाडौंमा ‘आफन्त केयर फार्मेसी’ सञ्चालनमा
काठमाडौंमा ‘आफन्त केयर फार्मेसी’ सञ्चालनमा बुधबार, वैशाख २३, २०८३
हातेमालो सहकारीद्वारा भैंसी पालन व्यवसाय सुरु
हातेमालो सहकारीद्वारा भैंसी पालन व्यवसाय सुरु सोमबार, वैशाख १४, २०८३
संघर्षका अनेक घाउ चिरेर आत्मनिर्भरताको उदाहरण बनेकी भग देवी
संघर्षका अनेक घाउ चिरेर आत्मनिर्भरताको उदाहरण बनेकी भग देवी आइतबार, वैशाख १३, २०८३
राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तरक्रिया गोष्ठी
राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तरक्रिया गोष्ठी शनिबार, वैशाख १२, २०८३
अन्तर पुस्ता संवाद कार्यक्रम साँफेबगरमा सम्पन्न
अन्तर पुस्ता संवाद कार्यक्रम साँफेबगरमा सम्पन्न शुक्रबार, वैशाख ४, २०८३
एशियन लाइफद्वारा सीआई दावी अन्तर्गत ५ लाख २५ हजार रुपैयाँ हस्तान्तरण
एशियन लाइफद्वारा सीआई दावी अन्तर्गत ५ लाख २५ हजार रुपैयाँ हस्तान्तरण शनिबार, चैत २१, २०८२
१८ औँ वार्षिकोत्सवको अवसरमा शैक्षिक सामाग्री वितरण
१८ औँ वार्षिकोत्सवको अवसरमा शैक्षिक सामाग्री वितरण शुक्रबार, चैत २०, २०८२
पहिलो पटक महिलाको काँधमा खप्तडको जिम्मेवारी
पहिलो पटक महिलाको काँधमा खप्तडको जिम्मेवारी शुक्रबार, चैत १३, २०८२
लोकप्रीय
  • Week
  • Month
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे सचेतना कार्यक्रम सिद्धेश्वरमा सम्पन्न
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे सचेतना कार्यक्रम सिद्धेश्वरमा सम्पन्न
साँफेबगर स्थित महिला सुरक्षीत आवास गृहको अनुगमन
साँफेबगर स्थित महिला सुरक्षीत आवास गृहको अनुगमन
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान सिद्धेश्वरमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान सिद्धेश्वरमा सम्पन्न
अन्तर पुस्ता संवाद कार्यक्रम साँफेबगरमा सम्पन्न
अन्तर पुस्ता संवाद कार्यक्रम साँफेबगरमा सम्पन्न
मर्यादित महिनावारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम मेल्लेखमा सुरु
मर्यादित महिनावारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम मेल्लेखमा सुरु
राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तरक्रिया गोष्ठी
राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तरक्रिया गोष्ठी
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्