साँफेबगर ।
दुई पालिकाका महिला नेतृत्वकर्ताहरुलाई महिनावारी स्वच्छता तथा बृहत यौनिकता शिक्षा सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ । महिनावारी विभेदको अन्त्य गरि मर्यादित महिनावारी मैत्री समाज बनाउने उद्धेश्यले अछामको मेल्लेख गाउँपालिका र बाजुराको बुढीगंगा नगरपालिकाका महिला नेतृत्वकर्ताहरुलाई महिनावारी स्वच्छता तथा बृहत यौनिकता शिक्षा सम्बन्धि दुई दिने अभिमुखिकरण कार्यक्रम साँफेबगरमा सम्पन्न भएको हो।
महिनावारीका नाममा हुने विभेद हटाउँदै पालिकालाई नै मर्यादित महिनावारी मैत्री बनाउनका लागि महिला नेतृत्वकर्ताहरुलाई उक्त अभिमुखिकरण कार्यक्रम संचालन गरिएको हो। करुणा जर्मनी र जर्मन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा ग्रिनतारा नेपाल र रिड नेपालको संयुक्त आयोजनामा संचालित गरिमा परियोजनाको आयोजनामा अभिमुखिकरण कार्यक्रम संचालन गरिएको हो। सो अवसरमा परियोजनाले गर्ने क्रियाकलाप बारे पनि जानकारी समेत गराईएको छ।
अभिमुखिकरण कार्यक्रमको सहजिकरण ग्रिनताराका उपाध्यक्ष कमलतारा बज्राचार्यले गर्नु भएको थियो। सो अवसरमा महिनावारीको महत्व र आवश्यकता, महिनावारी विभेद विरुद्धका संवैधानिक एवम कानुनी प्रावधानहरु, राष्ट्रिय सभाबाट २०८१ चैत ८ गते पारित मर्यादित महिनावारीका लागि महिनावारी विभेदको अन्त्य सम्बन्धी संकल्प प्रस्ताव, महिनावारी सम्बन्धी भ्रमहरु, समाजमा कायम महिनावारी विभेदका स्वरुप तथा प्रकार लगायतका बारेमा प्रकाश पारिएको थियो।
पहिले आफुहरु दुई तीन महिनाको बच्चा लिएर छाउगोठमा बस्ने गरेको र पछिल्लो समय सरकार र विभिन्न संघसंस्थाहरुले सञ्चालन गरेका जनचेतनामुलक कार्यक्रमले गर्दा आफुहरुलाई सुरक्षित घरमै बसने चेतना जागेको मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुस्कोटका मनसरा देवी साउँदले बताउनु भयो। उहाँले परिवर्तन आफैबाट गर्नु पर्ने कुराहरु बुझेको र पहिलेको भन्दा अहिले समाज रुपान्तरण भएको उहाँले दावी गर्नु भयो।
उहाँले सबै सराकोरवालाहरु यस्ता कुप्रथाहरुको अन्त्य गर्ने अभियानमा जुटेको बताउनु भयो। पहिले महिनावारी हुँदा असुरक्षित तरिकाले बस्ने महिला अहिले सुरक्षित बस्ने गरेको मेल्लेख गाउँपालिका वडा नम्बर ७ नन्देगडाका केवल सिंह लोहारले बताउनु भयो। अभिमुखिकरण कार्यक्रमबाट महिनावारी स्वच्छता, यौनिकता शिक्षा सम्बन्धि धेरै कुराहरुको जानकारी पाएको बाजुराको बुढीगंगा नगरपालिका कार्यपालिका सदस्य सुशिला मिजारले बताउनु भयो।
आफ्नो आमाहरुको पालका महिला गोठमा बस्ने गरेको, दुही, दुध नखाने गरेको आफुहरु अहिले त्यसलाई परिवर्तन गर्दे आएको बताउनु भयो। न्गरपालिको विभिन्न कुरीति, कुसंस्कारहरुको अन्त्य गर्ने नीति लिए अनुसार कार्य अघि बढी रहेको बताउनु भयो। उहाँले पहिलेको तुलनामा महिनावारी भएका बेला सुरक्षित तरिकाले बस्ने गरेको बताउनु भयो।
गाउँ, टोलमा विभिन्न संघसंस्था र सञ्जाहरुबाट सतेतनाका कार्यक्रमहरुले गर्दा महिलाहरु सुरक्षित बस्ने गरेको बजुराको बुढीगंगा नगरपालिकाका उपप्रमुख माया खड्का कुँवरले बताउनु भयो। उहाँले महिनावारी भएका बेला सुरक्षित तरिकाले घरमै बस्ने, छुवाछुत गर्नु हुँदैन भन्ने कुरा पालिकाको नीति तथा कार्यक्रममा नै उल्लेख गरेको जानकारी दिनु भयो।


-1773669096.jpeg)
-1773669095.jpeg)