Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी
खप्तड समाचारदाता
खप्तड समाचारदाता शनिबार, माघ १७, २०८२

साँफेबगर ।

सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि आवश्यक ठान्दै साँफेबगर नगरपालिका वडा नं।३ शिद्देश्वर स्थित किण्डर गार्डेन एकेडेमीले विज्ञान, कला, हस्तलेखन र स्थानीय खानाका परिकार समेटिएको विशेष प्रदर्शनी कार्यक्रम आयोजना गरेको छ । विद्यार्थीको सिर्जनशीलता, प्रयोगात्मक क्षमता र आत्मविश्वास विकास गर्ने उद्धेश्य सहित आयोजना गरिएको छ ।

विद्यालय परिसरमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरुले प्रयोगात्मक तरिकाले विज्ञानका नमुना सामग्री प्रस्तुत गर्दै सिकाईलाई व्यवहारमा उतारेका थिए । उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा जनप्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो ।

विज्ञान प्रदर्शनीमा डोजर मोडल, पानी चक्र, सौर्य प्रणाली, हाते पम्प,  मानव फोक्सो कार्य प्रणाली, ज्वालामुखी विस्फोट, पानी फिल्टर, ट्राफिक लाईट स्वचालित प्रणाली जस्ता मोडलहरु प्रदर्शन गरिएको थियो । साना कक्षाका विद्यार्थीहरुले शिक्षकको सहकार्यमा विज्ञानका अवधारणालाई सरल भाषामा व्याख्या गर्दै नमुना सञ्चालन गरेर देखाएका थिए । प्रदर्शनीमा विद्यार्थीहरुको अक्षर मिलान, लेखन शैली र प्रस्तुतिले अभिभावक तथा अतिथिहरुको ध्यान आकर्षित गरेको थियो ।

यसै गरी स्थानीय खानाका परिकार प्रदर्शनीमा विद्यार्थीहरुले आफैं पकाएका उसिनिएको फर्सी, फापर सेलरोटी, पकौडा, चना लगायत २० प्रकारका स्थानीय परिकार राखिएको थियो । विद्यार्थीले तयार पारेका परिकार अवलोकन र स्वाद लिन अभिभावकको उल्लेख्य भिड लागेको थियो ।

कार्यक्रममा बोल्दै विद्यार्थीहरुले पढेका कुरा प्रयोग गरेर देखाउँदा सजिलै बुझिने र रमाईलो हुने अनुभव सुनाए । किण्डर गार्डेन एकेडेमीका विज्ञान विषयका शिक्षक लोकराज उपाध्यायले कितावमा अध्ययन गरेका विषयवस्तुलाई व्यवहारीक जिवनमा उतार्नको लागि प्रर्दशनिले मद्दत पुगेको बताउनु भयो ।

स्कुलका सञ्चालक पृथ्वी कुँवरले विद्यालयले व्यवहारिक शिक्षालाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु भयो । सुर्यचन्द्र माध्यामिक विद्यालयका प्रधानाध्यापक देवेन्द्र बहादुर शाहले विद्यालयबाट नै ठूलठूला वैज्ञानीक उत्पादन गर्न सक्ने ठाउँ भएको बताउनु भयो । विज्ञान, कला र खानालाई एउटै कार्यक्रममा समेटेर देखाईनु सकारात्मक रहेको बताउँदै यसले बालबालिकामा आत्म विश्वास र व्यवहारिक ज्ञान बढाएको बताउनु भयो ।

प्रभा धम्कोट माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आकाश कुँवरले पढेका विषयलाई जीवनमा उर्तानको लागि प्रर्दशनीले टेवा पुगेको बताउँदै अन्य सामुदायिक विद्यालयको लागि सिकाई भएको बताउनु भयो ।

कार्यक्रममा सहभागी साँफेबगर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कुल बहादुर कुँवर र १० का वडा अध्यक्ष ललित बोगटीले विद्यालयको प्रयासको प्रशंसा गर्दै यस्तो अभ्यासले गुणस्तरीय शिक्षामा टेवा पुग्ने बताए । प्रयोगात्मक शिक्षाले विद्यार्थीको बुझाई र रुचि बढाउने बताउनु भयो ।

त्यसै गरी साँफेबगर शिक्षा शाखा प्रमुख हिरादत्त भट्टले विज्ञान प्रदर्शनी र कला कार्यक्रमले विद्यार्थीको प्रस्तुतीकरण क्षमता, आत्म विश्वास र सिर्जनशीलता विकासमा महत्वपूर्ण योगदान पुर्याएको बताउनु भयो  । विद्यार्थीहरुले बनाएका विज्ञान प्रविधिको अवलोकन गर्दै उहाँले यस्तै खाले कार्यक्रम अन्य विद्यालयहरुमा पनि गरिनु पर्ने सुझाए।

सम्बन्धित तस्विरहरु ।

623311733_1556223378924301_1372775669755205201_n-1769841155.jpg

621634581_2740162889665348_6821132408824630246_n-1769841153.jpg

624549182_1652362826115325_8692686612080930159_n-1769841153.jpg

622674656_2069081430331002_1480436232490142896_n-1769841152.jpg


प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  १२:२७
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता सोमबार, साउन ११, २०८३
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने मंगलबार, साउन ५, २०८३
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न शुक्रबार, साउन १, २०८३
गंगा मावि तेसिंगेमा शैक्षिक अवस्था बारे अन्तरक्रिया, सुधारका लागि सराेकारवालाकाे प्रतिवद्वता
गंगा मावि तेसिंगेमा शैक्षिक अवस्था बारे अन्तरक्रिया, सुधारका लागि सराेकारवालाकाे प्रतिवद्वता शुक्रबार, असार १२, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
महिलाहरुका लागि दुई दिने क्षमाता अभिवृद्धि तालिम
महिलाहरुका लागि दुई दिने क्षमाता अभिवृद्धि तालिम आइतबार, जेठ ३१, २०८३
जनप्रतिनिधिहरुका लागि दुई दिने अभिमुखीकरण
जनप्रतिनिधिहरुका लागि दुई दिने अभिमुखीकरण आइतबार, जेठ ३१, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न आइतबार, जेठ ३१, २०८३
स्वर्गीय साथीको स्मृतिमा बटुकलाई शैक्षिक सामग्री वितरण
स्वर्गीय साथीको स्मृतिमा बटुकलाई शैक्षिक सामग्री वितरण सोमबार, जेठ २५, २०८३
WE-CAN परियोजना अन्तर्गत वडा स्तरीय संवाद कार्यक्रम देविस्थानमा सम्पन्न, स्थानीय आवश्यकता अनुसार योजना कार्यान्वयनमा जोड
WE-CAN परियोजना अन्तर्गत वडा स्तरीय संवाद कार्यक्रम देविस्थानमा सम्पन्न, स्थानीय आवश्यकता अनुसार योजना कार्यान्वयनमा जोड सोमबार, जेठ २५, २०८३
लोकप्रीय
  • Week
  • Month
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्