Top Navigation
  • Home
  • About Us
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • Contact
  • Our Team
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • साँफेबगरमा इलाका प्रशासन कार्यालय राख्न माग
साँफेबगरमा इलाका प्रशासन कार्यालय राख्न माग
एकेन्द्र महता
एकेन्द्र महता मंगलबार, साउन २०, २०८२

साँफेबगर ।

अछामको साँफेबगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ । सेवाग्राहीलाई सहज रुपमा प्रशासनको सेवा प्रवाह गर्न अछाम क्षेत्र नं. १ को साँफेबगरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको हो ।

इलाका प्रशासन कार्यालय स्थापनाका लागि पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवासँग अछामका जनप्रतिनिधिले छलफल गर्नुभएको हो ।

पालिका, जिल्ला समन्वय, जिल्ला प्रशासन, हुँदै विभिन्न संघीय मन्त्रालयहरुबाट फाईल स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पुुगि सकेको जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुँवरले बताउनु भयो । अर्थमा स्वीकृतिका लागि रोकि राखेको छ । कार्यालयको भौतिक संरचनाको लागि प्रक्रिया पनि अघि बढाईएको र पूर्व प्रधानमन्त्रीबाट फोन गराएर छिटो गराई दिनु पर्यो भनेर अनुरोध गरेका छौँ ।

कुँवरले भन्नुभयो–“अर्थले स्वीकृति प्रदान गरेर पठाए पछि अनि त्यसको प्रक्रिया अगाडि बढ्ने हो । इलाका प्रशासनलाई पछि तीन रोपनी जग्गा चाहिने हो तीन रोपनी जग्गा अब सल्लाह गरेर जहाँ उपयुक्त हुन्छ त्यहीँ सेरोफेरोमा उपलब्ध गराउने निर्णय गरेका छौँ ।” अछाम क्षेत्र नं. १ का नागरिकलाई जिल्ला प्रशासन कार्यालयबाट हुने सेवा प्रवाह इलाका प्रशासन कार्यालय स्थापना गरी सहज गरि दिन माग गरिएको थियो ।

जनताको घरदैलोमा सरल, सहज, सुलभ, झन्झट रहित एवं गुणस्तरीय सेवा गरी सङ्घीयताको अनुभूति गराउन इलाका प्रशासन कार्यालय स्थापना गर्नु पर्ने माग राखिएको कुँवरले बताउनु भयो । साँफेबगरमा इलाका प्रशासन कार्यालय नहुँदा जनतालाई सेवा लिन मंगलसेन धाउनु पर्ने बाध्यता भएकाले त्यसको अन्त्यका लागि पूर्व प्रधानमन्त्रीलाई भेट गरिएको समन्वय प्रमुख कुँवरले बताउनुभयो ।

साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले जनतालाई सेवा लिन समस्या भई रहेकाले साँफेबगरमा इलाका प्रशासन कार्यालयको आवश्यकता देखिएकोले इलाका प्रशासन कार्यालय स्थापना गर्न माग राखिएको बताउनुभयो । कुँवरले सोमबार पूर्व प्रधानमन्त्री देउवासँग छलफल गरेर ईलाका प्रशासन कार्यलयको स्थापनाका लागि माग राखिएको बताउनुभयो ।

भेटमा पूर्व प्रधानमन्त्री देउवा ज्यूले थप छलफल गरी मन्त्री परिषद्मा प्रस्ताव लैजाने प्रतिबद्धता जनाएको उहाँले बताउनु भयो । कुँवरले भन्नुभयो–“अछाम जिल्लाबाट हामी यस अघी नै निर्णय गरेर पठाई सकेका थियौँ । त्यसलाई थप चाँडो भन्दा चाँडो फाईल अघी बढाई दिन अनुरोध गरेका छौँ र पार्टी सभापति ज्यूले पनि अर्थ मन्त्रालयमा रहेको फाईल अगाडि बढाईने प्रतिवद्धता जनाउनु भएको छ ।”

नागरिकता, पासपोर्ट, राष्ट्रिय परिचय पत्र लगायत अन्य कामका लागि मंगलसेन धाउनु पर्ने र महंगो पनि पर्ने भएको हुनाले अब जनतालाई सेवा सुविधा दिन इलाका प्रशासन कार्यालयको माग गरिएको चौरपाटी गाउँपालिकाका अध्यक्ष भीम बहादुर साउँदले बताउनु भयो ।

अछामको साँफेबगर नगरपालिका, चौरपाटी गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका र मेल्लेख गाउँपालिका गरी चारवटा पालिकाका बासिन्दालाई सहज रुपमा सेवा प्रवाह गर्न साँफेबगरमा इलाका प्रशासन कार्यालय आवश्यक रहेकाले हामीले सोही आवस्यकतालाई मध्ये अगाडि बढेको उहाँले बताउनु भयो ।

भेटघाट तथा छलफलमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री गोविन्द्र बहादुर शाह, जिल्ला समन्वय समिति प्रमुख ललित बहादुर कुँवर, साँफेबगर नगरपालिका प्रमुख राजेन्द्र बहादुर कुँवर, चौरपाटी गाउँपालिका अध्यक्ष भिम बहादुर साउँद, मेल्लेख गाउँपालिका उपाध्यक्ष नृप बहादुर खड्का लगायतका सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १०:५४
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
आमाको सम्झनामा: सोह्र श्राद्ध: पितृ प्रति श्रद्धा, कृतज्ञता र संस्कारको पर्व
आमाको सम्झनामा: सोह्र श्राद्ध: पितृ प्रति श्रद्धा, कृतज्ञता र संस्कारको पर्व शनिबार, असोज २४, २०८३
मोहनको मृत्यु र नेपालको राजनीतिमा ‘भोलि के हुन्छ?’
मोहनको मृत्यु र नेपालको राजनीतिमा ‘भोलि के हुन्छ?’ बुधबार, असार १७, २०८३
WE-CAN परियोजना अन्तर्गत वडा स्तरीय संवाद कार्यक्रम देविस्थानमा सम्पन्न, स्थानीय आवश्यकता अनुसार योजना कार्यान्वयनमा जोड
WE-CAN परियोजना अन्तर्गत वडा स्तरीय संवाद कार्यक्रम देविस्थानमा सम्पन्न, स्थानीय आवश्यकता अनुसार योजना कार्यान्वयनमा जोड सोमबार, जेठ २५, २०८३
अछाम, बाजुराको विकासका लागि सेती लोकमार्ग पहिलो एजेन्डा बनोस्
अछाम, बाजुराको विकासका लागि सेती लोकमार्ग पहिलो एजेन्डा बनोस् मंगलबार, फागुन २६, २०८२
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु सोमबार, माघ १२, २०८२
सम्पर्क कार्यालय उद्घाटन गर्दै तरंगले भने–‘अब सहने होईन, बदल्ने बेला हो’
सम्पर्क कार्यालय उद्घाटन गर्दै तरंगले भने–‘अब सहने होईन, बदल्ने बेला हो’ शुक्रबार, माघ ९, २०८२
हिमाली श्वासमा : थकाली जीवन
हिमाली श्वासमा : थकाली जीवन सोमबार, पुस ७, २०८२
एक पटकको अवसर, आजीवन मूल्यांकन
एक पटकको अवसर, आजीवन मूल्यांकन मंगलबार, पुस १, २०८२
सन्तुलन र न्यायको प्रगतिवादी चेतना
सन्तुलन र न्यायको प्रगतिवादी चेतना बिहीबार, असोज २, २०८२
आत्माले बुझ्ने सम्पत्ति: मान्छेको लोभ र समाजको सत्य
आत्माले बुझ्ने सम्पत्ति: मान्छेको लोभ र समाजको सत्य शुक्रबार, भदौ २७, २०८२
लोकप्रीय
  • Week
  • Month
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्