Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • आयुर्वेद उपचारमा आकर्षण बढ्दो
आयुर्वेद उपचारमा आकर्षण बढ्दो
एकेन्द्र महता
एकेन्द्र महता आइतबार, साउन ४, २०८२

मंगलसेन ।

अछाममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने बिरामीको संख्यामा वृद्धि हुँदै गएको छ । आयुर्वेद प्रतिको विश्वास बढ्दै जानु र आयुर्वेद स्वास्थ्य केन्द्रको स्तरोन्नति हुनु जस्ता कारणले सेवाग्राहीको संख्या वृद्धि भएको हो । मंगलसेन स्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा विगतका वर्षमा दैनिक २० देखि २५ जना जति बिरामी उपचार गर्न आउँथे ।

तर, आजभोलि दैनिक ३५ देखि ४० जना बढी बिरामी उपचारका लागि आउने गरेको कार्यालय प्रमुख दिपक पन्तले जानकारी दिनु भयो । आयुर्वेद स्वास्थ्य केन्द्रमा नसर्ने रोग नियन्त्रणका लागि व्यामशाला र मौलिक थेरापी अन्तर्गत पूर्व कर्म, पञ्च कर्म थेरापी गर्न आउने बिरामीको संख्या धेरै रहेको छ । विशेष गरी हड्डी दुखाईका बिरामी अत्यधिक आउने गरेको उहाँले बताउनु भयो । कतिपय बिरामी भने अन्य उपचार गराएर रोग निको नभए पछि आयुर्वेद तर्फ आउने गरेका छन् ।

घरेलु रुपमा जडीबुटी प्रयोग गरेर उपचार गर्नेहरु पनि अचेल आयुर्वेद स्वास्थ्य केन्द्रमा आउन थालेका छन् । तर, स्रोत र जनशक्ति अभावले सबै क्षेत्रमा सहज रुपमा औषधि वितरण हुन भने नसकेको आयुर्वेद स्वास्थ्य केन्द्रको गुनासो छ । प्रदेश सरकारले औषधि उत्पादन तथा वितरणका लागि थप बजेट विनियोजन गरे आयुर्वेद उपचारलाई चुस्त बनाउन सकिने उहाँले बताउनु भयो । आयुर्वेद स्वास्थ्य केन्द्रमा आउने बिरामीलाई आयुर्वेदिक औषधि, आहारविहार र योग तथा मनोसामाजिक परामर्श दिएर उपचार गरि रहेको औषधालयले जनाएको छ ।

Data-1752742756.jpg
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख पन्तका अनुसार जिल्ला आयुर्वेद औषधालयमा २०८०/०८१ मा २९ हजार ६ सय ३३ जनाले उपचार गरेका थिए । जसमा १८ हजार ४ सय ३३ महिला र ११ हजार २ सय जना पुरुष रहेका थिए । यस्तै २०८१/०८२ मा ३४ हजार ९ सय ९४ जना बिरामीले उपचार गरेको कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ । जसमा २० हजार ४ सय ३६ महिला र १४ हजार ५ सय ७६ जना पुरुष रहेका छन् ।

बाहिरंग सेवा लिने बंहिरंग सेवा लिने महिला १४ हजार १ सय ९९ पुरुष १० हजार २ सय ३२ जना गरी २४ हजार ४ सय १३ जना, पंचकर्म/पूर्वकर्म सेवा दिने महिला १ हजार ६ सय ६२ जना र पुरुष १ हजार १ सय ६७ जना गरी २ हजार ८ सय २९ जना रहेका छन् । यस्तै जेष्ठ नागरिकलाई रसायन औषधि वितरण गरिएको थियो, जसमा महिला २ हजार ३ सय ८७ जना र पुरुष १ हजार ८ सय २९ जना गरी ४ हजार २ सय १६ जना, स्तनपायी आमालाई दुग्ध वर्धक औषधि ४ सय ९३ जनालाई वितरण गरिएको थियो ।

यस्तै २ सय ८ जना महिला र २ सय २१ जना पुरुष गरी ४ सय २९ जनालाई उपचारात्मक योग सेवा, ३ सय २१ जना महिला र २ सय २८ जना पुरुष गरी ५ सय ४९ जनालाई गाँउघर क्लिनिक तथा नसर्ने रोग व्यवस्थापन सेवा र १ हजार १ सय ६६ जना महिला र ८ सय ९९ जना पुरुष गरी २ हजार ६५ जनालाई प्रयोगशाला सेवा प्रदान गरिएको जनाईएको छ ।

-हल-जिल्ला-आयुर्वेद-स्वास्थ्य-केन्द्र,-अछाम-1752742758.jpg
कार्यालयले विशेषज्ञ सहितको ओपीडी सेवा, ल्याब सेवा, व्याम शाला, आयुर्वेदिक थेरापी, ज्येष्ठ नागरिक सेवा र विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सञ्चालन गरिँदै आएको बताईएको छ । औषधालयमा पेट सम्बन्धी (अम्लपित्त, ग्यास्ट्रिक), श्वासप्रश्वास सम्बन्धी, बाथ, मिर्गौला सम्बन्धी, नाक, कान, घाँटी लगायतका रोगको उपचार सेवा प्रदान गरिँदै आएको छ । ज्येष्ठ नागरिकका लागि स्वास्थ्य प्रवर्धन कार्यक्रम अन्तर्गत रसायन वर्धक औषधि वितरण गर्ने र पोषण सेवा अन्तर्गत बच्चाका लागि पर्याप्त मात्रामा दूध उत्पादन नहुने सुत्केरीका लागि स्वास्थ्य प्रवर्धन गर्न स्तन्यवर्धक औषधि वितरण, हाडजोर्नी र बाथ रोगका बिरामीका लागि पूर्व कर्म थेरापी लगायतका सेवा सञ्चालन गरिएको प्रमुख पन्तले बताउनु भयो ।

सरकारी तवरबाट जिल्लामा सञ्चालित आयुर्वेद औषधालयमा त्रिफला चूर्ण, अविपत्तिकर चूर्ण, सेतोपलादी चूर्ण, हिङवास्टक चूर्ण, बिल्वादी चूर्ण, निम्बादी चूर्ण, पुष्यानुग चूर्ण, योगराज गुगुल, कैशोर गुगुल, महाशंख वुटी, षड्विन्दु तेल, अर्श कुठार रस/अर्शोघ्नी वटी, खदिरादी बुटी, सर्पगन्धाघन बुटी, महानारायण तेल, महासुदर्शन चूर्ण, गन्धक रसायन, जात्यादी तेल, टंकण भष्म, पञ्चसकार चूर्ण, चन्द्र प्रभा बुटी, बालामृत, मृगमदासव, शताबरी चूर्ण, आश्वगन्धा चूर्ण, आमलकी चूर्ण, दशमूल तेल नाम गरेका २३ प्रकारका औषधि निःशुल्क पाईने कार्यालका सूचना अधिकारी खडक बमले बताउनु भयो ।

आयुर्वेदका प्रभावकारी फईदाहरु
Ayurvedic-herb-herb-turmeric-1752988495.jpg
प्रकृति तर्फ फर्कन प्रोत्साहित गर्ने यस युगमा आयुर्वेद एक किसिमको आधारभूत औषधि उपचार हो । जसमा मानिसहरु पछिल्लो समय बढी आकर्षित हुन थालेका छन् । यदि संतुलित र पौष्टिक आहार, मसाज, प्राकृतिक जडीबुटीको प्रयोग र हल्का किसिमको योगासनको संयोजनलाई नियमित गरियो भने आयुर्वेदको एक क्लासिक प्याकेज पूरा हुन्छ ।

आयुर्वेदका फाईदाहरु यहाँ उल्लेख गरिँदैछ जुन शरीर र दिमागको सम्पूर्ण स्वास्थ्य सुधार गर्नको लागि सहायकसिद्ध छ । यसका अलावा मान्छेलाई फिट राख्न समेत मद्धत गर्छ ।

आयुर्वेदले मान्छेलाई ऊर्जावान बनाउन मद्धत गर्छ

के तपाईं दिनको कामका कारण साँझमा थकित या शरीरमा ऊर्जा हराएको महसुस गर्नु हुन्छ रु वा बिहान उठे पछि तपाईंले आफैँलाई फ्रेस भएको महसुस गर्नु ? तपाईंको योग, जिम आदि अध्यासका तालिकाहरु यही कारणले पनि बिग्रिई रहेको हुन सक्छ । धेरै जना मान्छेहरु चिया, कफी वा स्टेरोईडलाई बिहानको निद्रा हटाउने समाधानको रुपमा लिन्छन् ।

तर त्यो भन्दा उत्तम विकल्प आयुर्वेदिक जडीबुटी हो । जसले तपाईंको शरीरलाई सधैं ऊर्जावान बनाउँछ । अश्वगन्धा, ब्राह्मी र तुलसीले मान्छेको शारीरिक र मानसिक तनाव कम गर्न मद्धत गर्छ । बिहान यी जडीबुटीलाई सेवन गर्नु उपयुक्त हुन्छ ।

आयुर्वेदले सहन शक्ति बढाउँछ

सहन शक्ति भनेको काम गर्ने हाम्रो क्षमता हो । जब हामी काम गर्छौं, तब हाम्रो क्षमता विस्तारै कम हुँदै जान्छ । तर सहन शक्ति शारीरिक गतिविधि मात्र होईन । तनावग्रस्त दिमागले सहन शक्तिलाई गुमाउने गर्छ । यस्तो अवस्थामा, आयुर्वेदिक जडीबुटीहरु अश्वगन्धा, ब्राह्मी र शतावरी जब स्टामिना बढाउन प्रयोग गरिन्छ ।

यी जडीबुटीको सेवनले गर्दा मांसपेशीहरुमा अक्सिजनको आपूर्ति बढ्छ, जसका कारण थकित हुनु हुन्न । दैनिक खानामा धनिया, दालचिनी, जीरा र बदाम आदि समावेश गर्नु होस् । सही अनुपातमा सेवन गर्नाले मान्छेको क्षमता बढाउने यो प्रभावकारी हुन्छ ।

आयुर्वेदले पाचन शक्ति बढाउँछ

यदि तपाईंको मेटाबोलिज्म उत्कृष्ट छ, तब तपाईं धेरै प्रयास बिना फिट रहन सक्नु हुन्छ वा यदि तपाईं फिट रहनको लागि धेरै व्यायाम गर्ने एवं र कडा डाईट लिने भन्दा आयुर्वेदबाट तौल घटाउन सकिन्छ । आयुर्वेदमा धेरै जडीबुटीहरुको बारेमा उल्लेख गरिएको छ । जसले मेटाबोलिज्म वृद्धि गर्ने काम गर्छन् ।

यसले शरीरमा बोसो कम गर्न पनि सहयोग गर्छ । साथसाथै दालचिनी जस्तो मसलाले शरीरमा फ्याक्ट सेलहरु गठन गर्नबाट रोक्न मद्धत गर्छ । यदि तपाईंको मेटाबोलिज्म कम छ भने खानामा जिरा, कालो खुर्सानी आदि समावेश गर्नु उपयुक्त हुन्छ ।

आयुर्वेदले शरीरका कोशिका मर्मतमा सहयोग गर्छ

पुरातन आयुर्वेद विज्ञहरुले बलार्दको अवधारणाको बारेमा बताएका थिए। यसको मतलब शरीरले कडा परिश्रम पछि पनि आफ्नो शरीरको शक्ति ५० प्रतिशतसम्म बढाउँछ । आधुनिक फिटनेस विशेषज्ञहरुले पनि शरीरलाई पूर्ण रुपमा निको हुनको लागि जोरदार व्यायाम गर्न सल्लाह दिन्छन् । तिलको तेलले मसाज गर्ने जस्ता दुखाई र पीडाबाट राहत पाउने परम्परागत विधिका लागि बेसार र अदुवा उपयोगी जडीबुटी हो ।

अश्वगन्धा मांसपेशीलाई बलियो बनाउन र पोषण दिनको लागि उपयोगी मानिन्छ । प्रोटिनयुक्त बिन्स सहित तपाईंको मांसपेशीहरु र आयुर्वेदको लागि मुँगको दाल पनि उपयोगी मानिन्छ । बदाम, केसर र घिउले तपाईंलाई पर्याप्त रुपबाट जीवन्त बनाउँछ र तपाईंलाई कडा र कठोर कसरत गर्दा पनि शरीरमा पुनः शक्ति प्राप्त गर्न मद्धत गर्छ । आयुर्वेद मांसपेशीको साथै हड्डीको स्वास्थ्यको लागि धेरै फाईदाजनक हुन्छ ।

आयुर्वेदले राम्रो निद्रा दिलाउँछ

राम्रो निद्रा दिमागका लागि सधैं महत्वपूर्ण हुन्छ । जब तपाईंको शरीर आफैं निको हुन र मर्मत गर्न सक्षम हुन्छ, तपाईंको फिटनेस प्रणाली राम्रो निद्राको साथ सन्तुलित हुनु पर्छ । ब्राह्मी, शंखपुष्पी, सर्पगन्धा, वाच र अश्वगन्धा जडीबुटी आदि राम्रो निद्राको लागि महत्वपूर्ण मानिन्छ । जसले तपाईंको स्नायु प्रणालीलाई आराम दिन मद्धत गर्छ । मानसिक थकान कम गर्न र तपाईंको मस्तिष्कमा शान्त प्रभाव पार्छ ।


प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १२:२४
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम
किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम बिहीबार, भदौ ५, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम आइतबार, साउन २५, २०८२
बयालपाटा अस्पताल चलाउन कानुनी पूर्वाधार निर्माण
बयालपाटा अस्पताल चलाउन कानुनी पूर्वाधार निर्माण शुक्रबार, साउन २३, २०८२
विश्व स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरि साँफेबगरमा सम्पन्न
विश्व स्तनपान सप्ताह विभिन्न कार्यक्रम गरि साँफेबगरमा सम्पन्न शुक्रबार, साउन २३, २०८२
छिपेखोलामा फालेको फोहर बगाएर घर खेतमा पुगे पछि स्थानीय आक्रोशित
छिपेखोलामा फालेको फोहर बगाएर घर खेतमा पुगे पछि स्थानीय आक्रोशित बिहीबार, साउन २२, २०८२
बालबालिकाको स्वास्थ्य परिक्षण
बालबालिकाको स्वास्थ्य परिक्षण बुधबार, साउन २१, २०८२
ताम्राकारद्धारा मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण
ताम्राकारद्धारा मेल्लेखको प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण आइतबार, साउन १८, २०८२
बयालपाटा अस्पताल प्रदेस सरकार मातहत संचालन गर्न बाटो खुल्यो (राजपत्र सहित)
बयालपाटा अस्पताल प्रदेस सरकार मातहत संचालन गर्न बाटो खुल्यो (राजपत्र सहित) सोमबार, साउन १२, २०८२
लोकप्रीय
  • Week
  • Month
जेन्जी पुस्ताको विद्रोही बिगुल : भ्रष्टाचार र बेथिति विरुद्धको नयाँ जनआन्दोलन
जेन्जी पुस्ताको विद्रोही बिगुल : भ्रष्टाचार र बेथिति विरुद्धको नयाँ जनआन्दोलन
बाली जोगाउन रात भर जाग्राम
बाली जोगाउन रात भर जाग्राम
सत्ताको गोली : युवाको बलिदान
सत्ताको गोली : युवाको बलिदान
मर्यादित महिनावारी सचेतना कक्षा सञ्चालन
मर्यादित महिनावारी सचेतना कक्षा सञ्चालन
आउनै छोडे चिठीपत्र
आउनै छोडे चिठीपत्र
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न
अछामबाट अस्थायी रुपमा तराइँ बसोवास गर्नेलाई कैलालीबाट सेवा दिईने
अछामबाट अस्थायी रुपमा तराइँ बसोवास गर्नेलाई कैलालीबाट सेवा दिईने
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्