Top Navigation
  • Home
  • About Us
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • Contact
  • Our Team
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम
किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम
एकेन्द्र महता
एकेन्द्र महता बिहीबार, भदौ ५, २०८२

साँफेबगर ।

किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम साँफेबगरमा सम्पन्न भएको छ। अछाम जिल्लाको प्रमुख व्यापारीक केन्द्र साँफेबगरमा किशोरीहरुलाई लक्षित गर्दै ११ दिने रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम सम्पन्न भएको हो।

सेल्फ गल्स परियोजना अन्तर्गत आयोजित उक्त तालिममा १८ देखि २४ वर्ष उमेर समूहका किशोरी तथा युवतीहरुको सक्रिय सहभागिता रहेको थियो। कोईका, युएनएफपिए, गूड नेर्भसको सहयाग तथा सेवक नेपाल र वाक नेपालको सहकार्यमा सञ्चालित तालिम अछाम जिल्लाका तीनवटा नगर पालिकाका किशाुरीहरुलाई उक्त तालिम दिईएको हो। सेफ गल्स कार्यक्रम जिल्लाको साँफेबगर, मंगलसेन र कमलबजार नगरपालिकामा लागू भई रहेको परियोजनाको गतिविधि मध्ये एक हो।

तालिममा तीन दिन मानसिक स्वास्थ्य सम्बन्धी र बाँकी आठ दिन रुपान्तर णसम्बन्धी विषयमा प्रशिक्षण दिईएको प्रशिक्षक पुष्प पोखरेल र बिन्जु बरालले जानकारी दिनु भयो। प्रशिक्षक पोखरेलका अनुसार, किशोरावस्थामा हुने शारीरिक, मानसिक, बौद्धिक र सामाजिक परिवर्तनहरुलाई समयमै नबुझ्दा र अभिभावकको उचित साथ नपाउँदा किशोरकिशोरीहरु संवेदनशील र जोखिमपूर्ण अवस्थामा पर्न बाध्य हुने गरेका छन्। साथै, समाजमा प्रचलित गलत धारणा, परम्परा र सोचाईले उनीहरुको समग्र विकासमा बाधा पुर्याई रहेको पाईन्छ।

यी चुनौतीलाई सम्बोधन गर्न नेपाल सरकारले किशोरकिशोरीको विकासका लागि तयार पारेको रुपान्तरण तालिम मोड्युलमा स्वास्थ्य, शिक्षा, सीप, आर्थिक सशक्तिकरण, नागरिक संलग्नता, यौन तथा प्रजनन अधिकार, लैंगिक समता र सामाजिक समावेशीकरण लगायतका महत्वपूर्ण विषयहरु समावेश गरिएका थिए। तालिमका प्रशिक्षक गूड नेभरका प्रदेश संयोजक जगदिश दासका अनुसार, तालिमको उद्धेश्य किशोरी तथा युवतीहरुलाई जीवनोपयोगी सीप, मानसिक स्वास्थ्यको ज्ञान, लैंगिक हिंसाबाट सुरक्षा र हानिकारक अभ्यासहरु  विरुद्ध सशक्त बनाउनु हो। तालिममा सहभागीहरुले यौन तथा प्रजनन स्वास्थ्य र अधिकार बारे खुलेर जानकारी पाएको र आत्म विश्वास बढेको बतएका थिए।

तालिम मार्फत प्रशिक्षर्थीलाई मानसिक सु–स्वास्थ्य सुदृढीकरण तथा मनोसामाजिक प्राथमिक सहयोग सम्बन्धी क्षमता विकास तालिम दिईएको थियो। तलिम मार्फत नेपालमा किशोर किशारीको मानसिक सुस्वास्थ्यको अवस्था तथा आत्म–चेतनाको अभ्यासका साथै मानसिक रोग प्रति सामाजमा व्याप्त लाञ्छना तथा गलत धारणा प्रति मनोशिक्षाका साथै मिथ्या र तथ्यको अभ्यास गराउँदै मानसिक रुपमा स्वस्थ कसरी रहन सकिन्छ भन्ने उपायको जानकारी प्रदान गरिने तालिमका प्रशिक्षक एवम मनोचिकित्सक विज्ञ विपिन थापाले दिनु भएको थियो।

यस्तै तालिम मार्फत तनाव के हो र यसका कारक तत्वहरु साथै तनावको बेलामा व्यक्तिको जीवनमा देखिने असरहरु र प्रभावको जानकारी र सिआईए मोडेलको परिचयका साथ तनाव सामना तथा व्यवस्थापन गर्ने तरिका श्वासप्रश्वास विधिको अभ्यास गर्दै एक्सप्रेसिभ आर्ट थेरापीद्वारा किशोर किशोरीलाई तनाव व्यवस्थापनको उपायको बारेमा जानकारी गराईएको थियो। यस्तै प्राथामिक मनोवैज्ञानिक सहयोगको बारेमा जानकारी गराउन आपतकालिन अवस्थामा प्राथमिक मनोवैज्ञानिक सहयोग प्रदान तथा सिफारीस तथा सहयोग माग्नु कमजोरी होईन, शक्ति हो भन्ने विश्वासको प्रत्याभूति गराउने तरिकाको बारेमा जानकारी दिन तालिमको आयोजना गरिएको तालिमका प्रशिक्षक गूड नेभरका प्रदेश संयोजक जगदिश दासले बताउनु भयो।

उहाँले प्रशिक्षार्थीलाई आधारभुत संचारका साथै मौखिक अमौखिक सीपहरुको बारेमा जानकारी र किशोरकिशोरीका लागि सुरक्षित स्थान सिर्जना गर्न रुपान्तरण सुविधाकर्ताको महत्व र विश्वास निर्माण सम्बन्धि जानकारी दिईएको बताउनु भयो। किशोरी तथा युवतीहरुका लागि सुरक्षित एवम सहयोगी वातावरण ९सेफ गर्लस० परियोजना अन्तरगत तालिम सञ्चालन भएको थियो। तालिममा साँफेबगर नगरपालिकाबाट १० जना, मंगलसेन नगरपालिकाबाट ११ जना र कमलबजार नगरपालिकाका ११ जना गरि जम्मा ३२ जना किशोरी तथा युवतीहरुको सहभागिता रहेको थियो।

तीन ओटा नगरपालिकाका जिविभि फोकल पर्सन सहित जम्मा ३५ जना सामुदायिक रुपान्तरण सहजकर्ताको सहभागिता रहको थियो। तालिम प्राप्त ३५ जना रुपान्तरण सहजकर्ताहरुरूले आफ्ना समुदायमा ज्ञान फैलाउने, सकारात्मक परिवर्तन ल्याउने र सुरक्षित समाज निर्माणमा योगदान दिने विश्वास व्यक्त गरिएो छ। तालिममा तीनवटै नगरपालिकाका लैंगिक फोकल पर्सनहरुको सक्रिय सहभागिता रहेको थियो।

सेवक नेपालका पूर्व उपाध्यक्ष गणेश बहादुर कुँवरको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा यूएनएफपिएका भरत गोतामे, गूड नेभरका प्रदेश संयोजक जगदिश दास, प्रशिक्षक पुष्प पोखरेल र बिन्जु बराल, वाक नेपालका किर्ति कुमार खड्का, साँफेबगर नगरपालिकाका जानकी शाह लगायतको सहभागिता रहेको थियो।

WhatsApp-Image-2025-08-20-at-7.35.40-PM-1755707820.jpeg

WhatsApp-Image-2025-08-20-at-7.35.55-PM-1755707817.jpeg

WhatsApp-Image-2025-08-20-at-7.35.48-PM-1755707817.jpeg

WhatsApp-Image-2025-08-20-at-7.35.56-PM-1755707816.jpeg

WhatsApp-Image-2025-08-20-at-7.35.51-PM-1755707818.jpeg

WhatsApp-Image-2025-08-20-at-7.35.10-PM-1755707824.jpeg

WhatsApp-Image-2025-08-20-at-7.35.41-PM-1755707819.jpeg


प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १४:५८
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
विश्व मधुमेह दिवसमा साँफेबगरमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर
विश्व मधुमेह दिवसमा साँफेबगरमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर शनिबार, कात्तिक २८, २०८३
कानुनी सहायता, स्वास्थ्य र मनोसामाजिक सेवाका लागि एकीकृत प्रणाली बनाउन पहल गरिने
कानुनी सहायता, स्वास्थ्य र मनोसामाजिक सेवाका लागि एकीकृत प्रणाली बनाउन पहल गरिने बिहीबार, कात्तिक १९, २०८३
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु बिहीबार, असोज २९, २०८३
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न बुधबार, असोज २८, २०८३
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी आइतबार, असोज १८, २०८३
मालिका पोलिक्लिनिक आफ्नै भवनबाट सेवा दिदै, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट
मालिका पोलिक्लिनिक आफ्नै भवनबाट सेवा दिदै, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट शुक्रबार, असोज ९, २०८३
हातेमालो बालकल्याण परियोजनाको वार्षिक समीक्षा तथा सार्वजनिक लेखापरीक्षण सम्पन्न
हातेमालो बालकल्याण परियोजनाको वार्षिक समीक्षा तथा सार्वजनिक लेखापरीक्षण सम्पन्न बिहीबार, भदौ २५, २०८३
साँफेबगरमा १४ जना अपाङ्गता भएका नागरिकले पाए परिचय पत्र
साँफेबगरमा १४ जना अपाङ्गता भएका नागरिकले पाए परिचय पत्र बिहीबार, भदौ २५, २०८३
बाल समृद्धिका लागि अछाममा ‘हातेमालो’ शिक्षा र आयआर्जनमा जोड
बाल समृद्धिका लागि अछाममा ‘हातेमालो’ शिक्षा र आयआर्जनमा जोड बिहीबार, भदौ २५, २०८३
साँफेबगरमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रमको समापन
साँफेबगरमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रमको समापन मंगलबार, भदौ १६, २०८३
लोकप्रीय
  • Week
  • Month
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्