Top Navigation
  • Home
  • About Us
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • Contact
  • Our Team
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • बालबालिकाको स्वास्थ्य परिक्षण
बालबालिकाको स्वास्थ्य परिक्षण १५ को निःशुल्क उपचारमा सहयोग
एकेन्द्र महता
एकेन्द्र महता बुधबार, साउन २१, २०८२

साँफेबगर ।

साँफेबगर र मेल्लेख गाउँपालिकाका बालबालिकाको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । स्वास्थ्य परिक्षण गरेका मध्ये १५ जनामा गम्भीर समस्या देखिएको छ । दुई पालिका गरेर ७ हजार ६ सय २३ जना बालबालिकाको निःशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।

वल्र्ड भिजन इन्टरनेशनल नेपाल र वाक नेपालको साझेदारीमा सञ्चालित आईएनआरएल परियोजना अन्तरगत विद्यालय स्तरमा स्वास्थ्य फोकल शिक्षकहरुको सहयोग मार्फत प्रारम्भिक स्वास्थ्य (दाँत, मुख, गिजा, कान, आँखा र बिएमआई) जाँच गरिएको हो । परियोजनाले गत वर्षको फागुन महिनामा मेल्लेख गाउँपालिकाका सबै वडाहरु र साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौँ गरी जम्मा ९ वटा वडाका सबै विद्यालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्य परिक्षण गरेको थियो ।

आँखाको-परिक्षण-हुँदै-।-1754488087.jpg
बालबालिकाको स्वास्थ्य परिक्षण गर्दा १५ जना बालबालिकाको निःशुल्क उपचार गरिएको छ । मेल्लेख गाउँपालिका वडा नम्बर १ ऋषिदहका २ जना, वडा नम्बर ३ ठाँटीका ५ जनाको आँखामा समस्या, वडा नम्बर ४ कुष्कोटका ६ जना, वडा नम्बर ५ विन्देबासिनीका २ जनाको दाँतमा समस्या देखिएको थियो ।

गेटा आँखा अस्पताल साँफेबगर शाखा र रामारोशन डेन्टल क्लिनिक साँफेबगरमा शिविर सञ्चालन गरिएको पछि उनीहरुको निःशुल्क उपचार गरिएको हो । आईएनआरएल परियोजनाले बालबालिका र उनीहरुका अभिभावकहरुका लागि खाना, आवास, यातायात र स्वास्थ्य उपचार खर्च समेत उपलब्ध गराएको छ ।

उपचार-पछि-आफ्ना-अभिभावकसंग-बालबालिकाहरु-।-1754488087.jpg
 

स्वास्थ्यमा समस्या देखिएका मध्य ४ जनाको दाँतको उपचार, ४ जनाको दाँतको आरसिटी, दुई जनाको आँखाको सामान्य उपचार, ४ जना आँखा कमजोर भएकालाई लेन्स सहितको चस्मा र दुई जनाको आँखाको जटिल अप्रेसन गर्न पर्ने र हाललाई सुरक्षाका लागि चस्मा उपलब्ध गराईएको छ ।

दाँतको-उपचार-हुँदै-।-1-1754488088.jpg
आफूले निःशुल्क उपचार पाएपछि मेल्लेख गाउँपालिकाका खेमराज साउँदले खुसि व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो–दिनदिनै खाना खाँदा र राती सुत्ने बेला दाँत झम्झमाई रहने समस्याबाट मुक्त भएको छु । विद्यालयमा जाँदा र पढ्दा पनि निरन्तर दुख्ने समस्या थियो, अहिले त्यो समस्याबाट मुक्त भएको छु ।

दाँतको-उपचार-हुँदै-।-1754488090.jpg
यस्तै सानै उमेर देखि नै आफ्नो आँखामा समस्या हुँदै आएको उर्मिला विकले बताउनु भयो । उर्मिलाले भन्नुभयो–आँखा कमजोर भई नियमित विद्यालय जान र अन्य दैनिक कामकाज गर्न समस्या भई रहेको थियो अब चस्मा पाए पछि प्रष्ट देख्न सक्ने भएकी छु ।

स्वास्थ्य-चेकजाँचका-लागि-लाईनमा-बसेका-बालबालिकाहरु-।-1754488090.jpg
बालबालिकाहरुको स्वास्थ्य स्थिति सुधार गर्न र स्वास्थ्य सेवामा पहुँच बढाउन बालबालिकाको निःशुल्क स्वास्थ्य परिक्षण गरेर उपचारमा सहयोग गरिएको परियोजनाका फिल्ड परिचालक भुपेन्द्र भण्डारीले बताउनु भयो । उहाँले आफुहरुले यो कार्यक्रम रहँदा सम्म बालबालिकाको यसरी नै स्वास्थ्य, शिक्षा पोषण र जीविकोपार्जनमा सहयोग गर्ने बताउनु भयो । भण्डारीले भन्नुभयो–हामी आर्थिक स्थित कमजोर भएका बालबालिकाको स्वास्थ्यलाई मध्ये नजर गरेर उपचारमा उहयोग गर्दै जानेछौँ ।


प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १९:४५
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
कानुनी सहायता, स्वास्थ्य र मनोसामाजिक सेवाका लागि एकीकृत प्रणाली बनाउन पहल गरिने
कानुनी सहायता, स्वास्थ्य र मनोसामाजिक सेवाका लागि एकीकृत प्रणाली बनाउन पहल गरिने बिहीबार, कात्तिक १९, २०८३
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु बिहीबार, असोज २९, २०८३
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न बुधबार, असोज २८, २०८३
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी आइतबार, असोज १८, २०८३
मालिका पोलिक्लिनिक आफ्नै भवनबाट सेवा दिदै, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट
मालिका पोलिक्लिनिक आफ्नै भवनबाट सेवा दिदै, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट शुक्रबार, असोज ९, २०८३
हातेमालो बालकल्याण परियोजनाको वार्षिक समीक्षा तथा सार्वजनिक लेखापरीक्षण सम्पन्न
हातेमालो बालकल्याण परियोजनाको वार्षिक समीक्षा तथा सार्वजनिक लेखापरीक्षण सम्पन्न बिहीबार, भदौ २५, २०८३
साँफेबगरमा १४ जना अपाङ्गता भएका नागरिकले पाए परिचय पत्र
साँफेबगरमा १४ जना अपाङ्गता भएका नागरिकले पाए परिचय पत्र बिहीबार, भदौ २५, २०८३
बाल समृद्धिका लागि अछाममा ‘हातेमालो’ शिक्षा र आयआर्जनमा जोड
बाल समृद्धिका लागि अछाममा ‘हातेमालो’ शिक्षा र आयआर्जनमा जोड बिहीबार, भदौ २५, २०८३
साँफेबगरमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रमको समापन
साँफेबगरमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रमको समापन मंगलबार, भदौ १६, २०८३
साँफेबगरमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सुरु
साँफेबगरमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सुरु सोमबार, भदौ १५, २०८३
लोकप्रीय
  • Week
  • Month
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्