साँफेबगर ।
“सुदूरपश्चिमका शान, देउडा क्षेत्रका हस्ती” चर्चित सर्जक,साहित्यकार तथा संगीतकार राजेन्द्र शाह विपी र सुमधुर श्वरका धनी लोक तथा देउडा गायक प्रकाश थापा सम्मानित हुनु भएको छ । तीन दशक देखि गित संगीत क्षेत्रमा गितका शब्द बुनि रहनु भएका सर्जक, साहित्यकार तथा संगीतकार विपी र दुई दशक देखि देउडा गितमा सुमधुर श्वर दिदै आएका लोक तथा देउडा गायक थापा संगीत तथा नाट्य विधा तर्फको राष्ट्रिय प्रतिभा पुरस्कार र प्रादेशिक प्रतिभा पुरस्कारबाट सम्मानित हुनु भएको हो ।
नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०८१ बाट भाषा तथा साहित्य, संस्कृति, र संगीत तथा नाटक विधामा योगदान पुर्याएका व्यक्तित्वहलाई यस वर्षको पुरस्कारबाट सम्मानित गरेको छ । जसमा बाजुराका सर्जक,साहित्यकार तथा संगीतकार विपी र लोक तथा देउडा गायक थापा “राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार २०८१” बाट सम्मानित हुनु भएको हो ।
संघीय राजधानी काठमाण्डौंमा एक विषेश समारोहका विच बुधबार सर्जक विपी र गायक थापालाई नगद एक लाख र पचास हजार सहित सम्मान पत्रले सम्मानित गरिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री ब्रदी प्रसाद पाण्डेले उहाँहरुलाई सम्मान पत्रले सम्मानित गर्नु भएको हो । साथै तिन विधाका अन्य २० जना प्रादेशीक प्रतिभा पुरस्कार र २ जना राष्ट्रिय गरि २२ जना प्रतिभा सम्मान पुरस्कारबाट सम्मानित भएका हुन् । तीन विधा तर्फका सम्मानित हुने स्रष्टाहरुको नाम असार १८ गते बसेको मन्त्री स्तरीय बैठकबाट सार्वजनिक गरिएको थियो ।
देउडा गीतको सांगीतीक यात्रामा शब्द र स्वरले चर्चा बटुलेका शाह र थापा उक्त पुरस्कारबाट सम्मानित हुनु भएको हो । यस अघि बाजुराकै चर्चित देउडा गायक तथा सर्जक, संगीतकार लाल बहादुर थापा पनि सम्मानित हुनु भएको थियो । राजेन्द्र शाह करिब तीन दशक देखि देउडा गितका शब्द बुनि रहनु भएको छ भने दुई दशक देखि देउडा गितमा सुमधुर आवाज दिई रहनु भएको छ । गायक प्रकाश थापा बाजुराको बुढिगङ्गा नगरपालिकामा जन्मनु भएका शाह अहिले कञ्चनपुरको महेन्द्रनगरलाई आफ्नो कर्मथलो बनाएर गित संगीत क्षेत्रमा लागि रहनु भएको छ । कञ्चनपुर काठमाडौं बसेर गित संगीत क्षेत्रलाई सिरोपर गरेर शाह अगाडी बढ्नु भएको भने यता गायक थापा आफु जन्मेको माटो मार्तडीलाई नै कर्मथलो बनाएर गित संगीत संगै शिक्षक पेशा अगालेर अगाडि बढि रहनु भएको छ ।
शाहले सिर्जना गरेका गितमा सुदूरपश्चिमको मौलिकता र संस्कृति झल्किएको हुन्छ त्यति मात्र नभई जीवन र जगतका अनेक आयामहरु उहाँले सिर्जना गरेका गितमा भेटिन्छन् त्यस्तै गितमा आवाज भर्ने थापाको श्वरबाटै मानिस मन्त्रमुग्ध हुन्छन् । उहाँको आवाजले देउडाको संस्कृति संरक्षण र सबै प्रति माया, मोहको भाव झल्काई रहेको हुन्छ । यता सानै उमेर देखि गित सङ्गितमा रुचि राख्ने थापाले २०५६ सालमा पहिलो गित बजारमा ल्याउनु भएको थियो । उहाँको पहिलो गितको नाम थियो, “सुदरपश्चिम विकटै भए नि, सम्झना छ मै मरी गएनी । ”
सम्मानित पश्चात सर्जक शाहले भन्नु भयो,-“यो सम्मान दर्शक श्रोताको हो। उहाँहरुकै अपार माया साथ सहयोगले हामी यहाँसम्म छौ । यो सम्मान हामी दुवैको व्यक्तिगत उपलब्धि नभई सुदुरको संस्कृति र पहिचानको खम्बा हो ।” यता देउडा गायक प्रकाश थापाले यो सम्मानले सुदूरको देउडा क्षेत्रलाई थप उर्जा थप्ने बताउनु भयो । उहाँले भन्नु भयो,-“यो पुरस्कारबाट सिङ्गो सुदूरको मात्रै नभई देशकै देउडा क्षेत्रले ठुलो सफलता प्राप्त गरेको छ ।अहिलेको वर्तमान समयमा फरक खाले गित जसले समाजमा नकारात्मक प्रभाव पारि रहेको अवस्थामा देउडा सर्जक,गायकले यो स्थान पाँउनु देउडा क्षेत्रको पहिचान बढेको अनुभुती भएको छ ।”
पुरस्कारले सुदूरपश्चिम र कर्णालीको मौलिकतालाई राष्ट्रिय स्तसम्म पुर्याउन बलियो खम्बाको रुपमा काम गर्ने विश्वास आफुले लिएको द्धय विपी र थापाले बताउनु भयो । त्यो बेला देउडा गायक थोरै थिए । अहिले देउडा गाउने कयौँ कलाकार जन्मेका छन्। देउडा प्रतिको आकर्षणले नै देउडामा गायकको संख्या वृद्धि हुँदै गएको शाह र थापाको बुझाई रहेको छ । ‘नयाँ पुस्तामा देउडा प्रतिको मोह छ तर उत्श्रृङ्खल र छाडा गीत प्रति बढी आकर्षण देखिन्छ । जसले गर्दा देउडा गीत र ठेट संस्कृति ओझेलमा पर्न थालेको छ’ विपी र थापाले बताउनु भयो ।
सम्मानित पछि सर्जक राजेन्द्र शाह विपीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएकोे छन् ‘मलाई संगीत तथा नाट्य विधाको राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरेकोमा नेपाल सरकार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय परिवार प्रती हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछु । साहित्य, संगीत र संस्कृति विधामा योगदान गरेका स्रष्टाहरुलाई राज्यले प्रदान गर्ने संभवत: सबै भन्दा ठूलो सम्मान तथा पुरस्कार ठानिने राष्ट्रिय प्रतिभा पुरस्कार प्राप्त गर्नु आफैमा एक चुनौती पनि हो । एउटा उचाईमा पुग्नु भन्दा त्यहाँ अड्न सक्नु मुख्य कुरा हो भन्ने कुरामा सजग रहँदै आफ्नो सिर्जन धर्मितामा अझ प्रतिवद्ध बन्नेछु । यसलाई म माथी थपिएको अभिभारा र उत्तरदायित्वको रुपमा आत्मसात गर्नेछु । यसले दम्भ, अहंकार र अभिमान बढ्लाकी भनेर सचेत रहनेछु । यो सम्मान पत्रका एक-एक अक्षर अनि पुरस्कार राशीको एक-एक अंकलाई देउडा गीत संगीतको उन्नयनमा लगाएर यो पुरस्कारको गरिमा, मर्यादा र मकसदमा कायम रहने इमान्दार प्रयास गर्नेछु । धन्यवाद ।’
त्यस्तै सम्मानित पछि गायक थापाले पनि सामाजिक सञ्जाल आफ्नो फेसबुकमा लेख्नु भएको छ‘ ‘न्याय होकी अन्याय भयो म आफै अनविज्ञ छु । यो विषयमा यहाँहरु नै जानकार हुनु हुन्छ । २०८१ सालको संगीत तथा नाट्य विद्या अन्तर्गत प्रादेशिक सम्मान तथा पुरस्कारबाट राज्यले सम्मान गर्ने निर्णय अनुरुप अग्रज,आदरणीय सर्जक श्रष्टा तथा कलाकर्मीका बिचमा मैले पनि उभिने सौभाग्य पाएँ । जुन कार्यका लागि सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, माननीय मन्त्री ज्यु,सम्मान तथा पुरस्कार छनोट समितिका पदाधिकारी ज्युहरु र यस कार्यसंग सम्बन्धित सबै प्रति हार्दिक कृतज्ञ छु। साथै सम्पुर्ण सम्मानित श्रष्टा ज्युहरुलाई हार्दिक वधाई ज्ञापन गर्दछु ।’
नेपाल सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत हरेक वर्ष राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री यतिवेला बाजुराकै ब्रदी प्रसाद पाण्डे रहनु भएको थियो ।



