Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • अछामको वैद्यनाथ धाममा आयोजित १४४ वर्ष पछि कोटिहोम महायज्ञ जारी
अछामको वैद्यनाथ धाममा आयोजित १४४ वर्ष पछि कोटिहोम महायज्ञ जारी
एकेन्द्र महता
एकेन्द्र महता मंगलबार, फागुन १५, २०८०
Baidhanath Kotihom.jpeg

साँफेबगर ।

चार धाम मध्यको एक अछामको वैद्यनाथ धाममा आयोजित १४४ वर्ष पछि कोटिहोम महायज्ञ जारी रहेको छ। कोटिहोम महायज्ञ साँफेबगर नगरपालिका वडा नम्बर १ मा रहेको वैद्यनाथ मन्दिरमा जारी रहेको हो। फागुन १० गते देखि सुरु भएको कोटिहोम महायज्ञ फागुन २५ गते शिवरात्रीसम्म संचालन हुनेछ।

पौराणिक, धार्मिक, ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण वैद्यनाथ धाममा प्रत्येक ६÷६ वर्षमा गरिने लक्षहोम सहितको अर्धकुम्भ मेला, प्रत्येक १२÷१२ वर्षमा गरिने महालक्ष्यहोम सहितको कुम्भमेला र १४४ वर्षमा गरिने कोटिहोम महायज्ञ सहित महाकुम्भ मेलाको परम्परालाई कायम राख्न कोटिहोमको आयोजना गरिएको मुल आयोजक समितिले जनाएको छ। चार धाम मध्येको एक वैद्यनाथ धामको महत्व र महिमाका विषयमा स्कन्द पुराण मानस खण्डमा उल्लेख भएको बताईन्छ।

वैद्यनाथ तथा ज्वाला क्षेत्रको दर्शन गर्दा सयौं गुणा बढी पुण्य प्राप्त हुने जनविश्वास रहदै आएको छ। वैद्यनाथ धाम जस्ता ऐतिहासिक तथा धार्मिक क्षेत्रको संरक्षरणका लागि तीनै तहका सरकारले आफ्नो नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नु पर्नेमा यहाँका स्थानीयको माग रहेको छ। सुदूूरपश्चिम देवालयहरू, देवी देवताको बास भएको पुण्यभूमि हो। यहाँ बडिमालिका, खप्तड, वैद्यनाथ, उग्रतारा, शैलेश्वरी जस्ता धामहरू छन्। सुदूरपश्चिम ऋषिमुनिहरूले तपस्या गरेको तपोभूमि, पवित्र स्थल, कला संस्कृतिले भरिपूर्ण रहेको प्रदेश मानिन्छ। पर्यटनको सुरुवात तीर्थाटनबाट भएको भन्दै नेपालमा पछिल्लो समय धार्मिक यात्रासंगै पर्यटनको विकास हुँदै गएको छ।

वैद्यनाथलाई थप आकर्षणको केन्द्र बनाएर पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सके लाखांै पर्यटकहरू भित्रिने र आर्थिक आम्दानी हुने आयोजकले अपेक्षा गरेको छ। धार्मिक रूपमा पर्यटकहरू आए आम्दानीको स्रोत पनि बढ्छ, कमाउनकै लागि विदेश जानु पर्ने बाध्यताको पनि अन्त्य हुन्छ। पवित्र तीर्थस्थल वैद्यनाथ धामको धार्मिक, सांस्कृतिक एवम पर्यटकीय महत्वको प्रचार प्रसार, बैद्धिक सनातन धर्म संस्कृतिको संरक्षण सम्बद्र्धनका लागि कोटिहोम संचालन गरिएको कोटिहोम मूल आयोजक समितिका संयोजक शेर बहादुर कुँवरले बताउनु भयो।

वैधनाथ धाम कोटिहोम सम्पन्न गर्नका लागि करिब डेढ करोड रकम खर्च हुने अनुमान गरिएको छ। १४४ वर्ष अर्थात डेढ शताब्दी आफैंमा एक इतिहास भएको भन्दै कुँवरले कोटिहोम गर्ने र देख्न पाउने अहिलेका पुस्ताका भाग्यमानी भएको बताउनु भयो। वैद्यनाथ धाममा संचालन भएको कोटिहोममा ऐतिहासिक कुराहरू उजागर गर्न नयाँ पुस्तालाई जानकारी दिने उद्धेश्यले महत्वपूर्ण सन्देश दिन नेपालका प्रख्यात गुरु देखि विभिन्न धार्मिक व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको मूल आयोजक समितिले जनाएको छ।

वैद्यनाथ वेदविद्याश्रमको स्तरोन्नति गरि आयुर्वेद मावि बनाउने, वैद्यनाथ क्षेत्रको विश्वव्यापी प्रचार–प्रसार गर्ने तथा वैद्यनाथ क्षेत्रको धार्मिक पर्यटकीय विकास गर्ने आदि उद्धेश्यले कोटिहोम संचालन संचालन गरिएको हो। कोटिहोम महायज्ञ सहितको महाकुम्भ मेलाको परम्परालाई अक्षुण्ण राख्ने संकल्पका साथ वैदिक सनातन धर्म संस्कृतिको संरक्षण सम्वद्र्धन गर्ने, स्थानीय लोकसंस्कृति झल्किने कला–संस्कृति प्रदशर्न गर्ने कोटिहोमको उद्धेश्य रहेको छ।

कोटिहोममा दैनिक भजनकृतन, विशाल झाँकी प्रदर्शन, बेलुकी महाआरती विशेष हवन, ध्यान, कथा प्रवचन, विशेष प्रवचनहरू, भक्ति संगीत र झाँकी आदी कार्यक्रमहरू भई रहेका ऐतिहासिक वैद्यनाथ कोटिहोम महायज्ञ मुल आयोजक समितिका उपाध्यक्ष कुल बहादुर कुँवरले बताउनु भयो। दिनप्रतिदिन दाता तथा श्रदालु भक्तलुजनहरु पनि आई रहेको र सबैलाई आउन पनि आग्रह गर्नु भएको छ।

कोटिहोम महायज्ञमा मंगलबार सभा नायक बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १ गाज्रा निवासी नेपाल सरकारका पूर्व सहसचिव तपेन्द्र बहादुर खड्का रहनु भएको थियो। उहाँले कोटिहोम महायञमा दुई लाख ३५ हजार रुपैयाँ दान गर्नु भएको थियो। कोटिहोममा नेपाली सेनाका सहायक रथि सुरत बहादुर शाह लगाएतका व्यक्तित्वहरुको पनि उपस्थिति रहेको आयोजकले जनाएको छ।

कोटिहोमको छैटौँ दिन १००८ स्वामी रमणानन्द गिरि, १००८ स्वामी ज्ञानानन्द स्वामी जी महाराज र अन्तश्री विभुषित महामण्डलेश्वर आत्मानन्द गिरीको ससम्मान विदाई गरिको जनाईएको छ। बिहीबारबाट सुरु भएको कोटिहोम फागुन २५ गते महाशिवरात्री मेला सम्म चल्ने छ।]

Kotihom byanar 11708867764.jpg

Kotihom Nimantrana 1708867767.jpg


प्रकाशित मिति: मंगलबार, फागुन १५, २०८०  १८:३७
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक सोमबार, जेठ २६, २०८२
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न  शनिबार, जेठ २४, २०८२
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न आइतबार, जेठ १८, २०८२
'साझा चौतारी’ बन्यो शारदाको चिया पसल
'साझा चौतारी’ बन्यो शारदाको चिया पसल बुधबार, पुस १७, २०८१
कमलबजारका व्यापारीलाई नगर प्रमुखद्वारा डोको वितरण
कमलबजारका व्यापारीलाई नगर प्रमुखद्वारा डोको वितरण आइतबार, पुस ७, २०८१
वाक नेपालको अध्यक्षमा कुँवर चयन
वाक नेपालको अध्यक्षमा कुँवर चयन मंगलबार, भदौ २५, २०८१
हातेमालो सहकारीद्वारा मिनि टिलर हाते ट्याक्टर वितरण
हातेमालो सहकारीद्वारा मिनि टिलर हाते ट्याक्टर वितरण सोमबार, साउन २८, २०८१
जंगली जनावरको आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख राहत
जंगली जनावरको आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख राहत बिहीबार, असार २७, २०८१
साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत
साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत शुक्रबार, असार ७, २०८१
लोकप्रीय
  • Week
  • Month
एसइई परिक्षामा साँफेबगरका ७१.८२ प्रतिशत विद्यार्थी उत्तिर्ण
एसइई परिक्षामा साँफेबगरका ७१.८२ प्रतिशत विद्यार्थी उत्तिर्ण
सामाजिक रुपान्तरण, नेतृत्व विकास र स्थानीय तहको योजना तर्जुमा सम्बन्धि दुई दिने अभिमुखिकरण सुरु
सामाजिक रुपान्तरण, नेतृत्व विकास र स्थानीय तहको योजना तर्जुमा सम्बन्धि दुई दिने अभिमुखिकरण सुरु
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्