Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • हवनकुण्डको पुनःनिर्माण गरि पूजाआजाको काम सुरु
हवनकुण्डको पुनःनिर्माण गरि पूजाआजाको काम सुरु
खप्तड समाचारदाता
खप्तड समाचारदाता आइतबार, फागुन २०, २०८०
HawanKund.jpg

साँफेबगर ।

फागुन १० गतेबाट वैद्यनाथ धाममा जारी कोटिहोममा हवन गर्ने क्रममा शनिबार प्रमुख हवन कुण्डमा आगालागी हुँदा कुण्डको खर जलेको थियो। आगोको झिल्कोले कुण्डमा लगाईएको तेस्रो तलाका खरमा समात्न गई क्षति भएको थियो।

आगलागीबाट पुगेको क्षेतिको पुर्नःनिर्माण गर्दै हवन कुण्डमा पूजाआजाको काम आइतबारबाट सुचारु भएको कोटिहोमका अध्यक्ष एवम पूर्व मन्त्री शेर बहादुर कुँवरले जानकारी दिनु भएको छ। हवन कुण्ड निमार्णसंगै क्षमायाचना गरेर नियमित रुपमा कोटिहोममा हवन कार्यको सुरुवात भएको छ।

हवन कुण्डमा निर्माणमा कार्यमा अहोरात्र खट्ने दक्ष मिस्त्री, नेपाली सेना, शसस्त्र प्रहरी, जनपद प्रहरी, लायन्स क्लव, मानवसेवा फाउण्डेसन र आयोजकको प्रयासमा क्षति भएको एक दिन नवित्दै हवन कुण्ड निर्माण भएर पूजाआजको काम सुरु भएको अध्यक्ष कुँवरले जानकारी दिनु भएको छ।

हवन कुण्ड निर्माणको लागि कोटिहोमका उपाध्यक्ष, एवम साँफेबगर नगरपालिका निर्वतमान नगर प्रमुख कुल बहादुर कुँवर, महासचिव देवराज उपाध्याय, दाउरा समितिका संयोजक अशोक कुँवर, नेपाली सेनाका क्याप्टेन ज्ञानेन्द्र कुँवर, खप्तड गुल्मका शसस्त्र प्रहरी निरिक्षक पुष्कर बम, जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरिक्षक जयलाल कैला, लायन्स क्लवका अध्यक्ष कृष्ण बहादुर कुँवर, युवा व्यवसायी चेतराज कुँवर र दीर्घ ठकुल्लाले शनिबार रात भर मिस्त्री खटाउनु भएको थियो। निर्माण कार्य थालेको ८÷९ घण्टा भित्र कुण्ड पूर्ण रुपमा निर्माण भएको छ।

नेपालका चार धाम मध्येको एक पौराणिक, धार्मिक, ऐतिहासिक, पुरातात्तित्वक, सांस्कृतिक, पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको वैद्यनाथ क्षेत्रमा १४४ वर्षमा कोटिहोमको आयोजना भएको छ। वैद्यनाथ धाममा आयोजित कोटिहोममा दिन प्रतिदिन भक्तजनहरुको सहभागिता बढ्दै गएको छ।

कोटिहोममा वेदान्ताचार्य प्राध्यापक भवानी प्रसाद खतिवडा र आचार्य तथा कथावाचक वालयोगेश्वर श्री विजय कृष्णमूर्ति जी महाराजले कथा वाचन गरि रहनु भएको थियो। फागुन १० गतेबाट सुरु भएको कोटिहोम महायज्ञ फागुन २५ गते महाशिवरात्रीको दिन सम्म चल्ने आयोजकले जनाएको छ।


प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
३२ वर्ष पछि कमलबजारमा व्यावसायिक उडान सुरु
३२ वर्ष पछि कमलबजारमा व्यावसायिक उडान सुरु सोमबार, वैशाख ८, २०८२
साँफेबगरमा बृहत देउडा खेल हुँदै
साँफेबगरमा बृहत देउडा खेल हुँदै मंगलबार, वैशाख २, २०८२
रामारोशन पर्यटन बोर्डको कार्यकारी अधिकृतमा पूर्ण विक नियुक्त
रामारोशन पर्यटन बोर्डको कार्यकारी अधिकृतमा पूर्ण विक नियुक्त मंगलबार, चैत १२, २०८१
वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समिति अध्यक्षमा भाट नियूक्त
वैद्यनाथ धाम पर्यटन विकास तथा व्यवस्थापन समिति अध्यक्षमा भाट नियूक्त बिहीबार, चैत ७, २०८१
'साझा चौतारी’ बन्यो शारदाको चिया पसल
'साझा चौतारी’ बन्यो शारदाको चिया पसल बुधबार, पुस १७, २०८१
कमलबजार विमानस्थलको पौष १३ गते परिक्षण उडान हुने
कमलबजार विमानस्थलको पौष १३ गते परिक्षण उडान हुने आइतबार, पुस ७, २०८१
मार्कुको सान्नीकोटमा हुने दशैं मेला सफल पार्न भेला सम्पन्न
मार्कुको सान्नीकोटमा हुने दशैं मेला सफल पार्न भेला सम्पन्न शुक्रबार, असोज १८, २०८१
वाक नेपालको अध्यक्षमा कुँवर चयन
वाक नेपालको अध्यक्षमा कुँवर चयन मंगलबार, भदौ २५, २०८१
साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत
साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत शुक्रबार, असार ७, २०८१
लोकप्रीय
  • Week
  • Month
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
नेकपा एमाले साँफेको अध्यक्षमा कुँवर र मंगलसेनको अध्यक्षमा रावल चयन
नेकपा एमाले साँफेको अध्यक्षमा कुँवर र मंगलसेनको अध्यक्षमा रावल चयन
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
गैसस महासंघ अछाम शाखाको अध्यक्षमा पुनः केसी चयन
गैसस महासंघ अछाम शाखाको अध्यक्षमा पुनः केसी चयन
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्