Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • एक महिनामा चार बत्तिको बिल ६ हजार ७ सय ६८ रुपैयाँ
एक महिनामा चार बत्तिको बिल ६ हजार ७ सय ६८ रुपैयाँ ऋण सापट गरेर विद्युत महशुल
एकेन्द्र महता
एकेन्द्र महता बिहीबार, फागुन १२, २०७८
Banner pic.jpg

अछाम।

चार जनाको सानो परिवार। श्रीमान रोजगारीका शिलशिलामा भारतमा गएको १० बर्ष भयो। १८ वर्षको एक छोरा छन्। आर्थिक अभावका कारण पढाउन सकेन। अहिले छोरा ज्याला मजदुरीको काम गर्छ। २२ वर्षिया छोरी अपांग छन्।

छोरीले न बोल्न सक्छ, न त हिड्न नै। त्यति मात्रै होईन छोरीलाई खाना समेत खुवाउनु पर्छ। पहिले गाउँमै बसोवास थियो। अहिले साँफेबगर नगरपालिका वडा नम्बर ४, साविकको मष्टामाण्डौँ गाविसको जनकल्याण टोलको खोला नजिकै एक जस्ता पाताले छाएको दुई कोठे सानो घर छ मैना देवी भुलको। छोराले ज्याला मजदुरी गरेर कमाएको र श्रीमानले भारतबाट पठाएको पैँसाले घर खर्च मात्रै चल्छ।

कुरा गत माघ २० गते तिरको हो। मैनाको घरमा विद्युत महशुलको बिल बुझाउन एक कर्मचारी आए। उनले मैनाको हातमा विद्युत महशुल वाफतको बिल बुझाए र उनी फकिए। ६० वर्षिया मैनालाई लेख पढ गर्न आउँदैन। साँझ ज्यालादारी काम गर्दै आएका छोरा विजय घरमा आउँदा सो बिल देखाउनु भयो। छोराले बिल हेर्दा माघ महिनाको मात्रै विद्युत महशुल ६ हजार ७ सय ६८ रुपैँया आएको देखियो।

उनी अचम्म पर्दै छिमेकीलाई देखाए। हामीले राती उज्यालोका लागि मात्रै बत्ति बाल्छौँ। यति धेरै बिल कसरी आयोरु मैनाका छोरा विजय भुलले भोली पल्ट सोही बिल छिमेकमै बस्ने आफ्ना भिनाजु बिक्रम भुललाई देखाए। बिक्रमले उक्त बिल सहित आफ्नी सासु मैनालाई लिएर साँफेबगर स्थित नेपाल विद्युत प्राधिकरण अछाम वितरण केन्द्रको कार्यालयमा पुग्नु भयो।

कार्यालयमा बुझ्दा मिटर रिडिङ गर्दा जति यूनिट चलेको पाईयो हामीले त्यति नै महशुल लिने हो, बढी महशुल लिन नपाईने र रिडिङ गर्दा आएको बिल तिर्नैै पर्ने कार्यालयले भने पछि ऋण सापट गरेर विद्युत महशुल तिरेको मैनाले बताउनु भयो। मैनाले भन्नुभयो– विद्युत लाईन जडान गरेको तीन वर्ष भयो, मासिक रुपमा कम्तीमा ३० रुपैँया देखि बढीमा ९० रुपैँया सम्म बिल आउँथ्यो। हामीले बाल्ने बत्ति पहिले पनि चार थिए, अहिले पनि त्यति नै छन्। मैनाको घरमा रहेको मिटरमा पौषको महिना ४ युनिट मात्रै खपत भएको विद्युत कार्यालयकै रेकर्डमा उल्लेख छ।

मैनाले २०७६ असारमा मिटर जडान गरेकी थिईन। मिटर जडान गरेको पछिल्लो महिना ११ युनिट खपत भएको छ। मैनाको करिब ४ महिनामा सम्म मिटर रिडरै नभएको समेत भेटिएको छ। २०७८ मंसिर महिना सम्म कहिले १०, कहिले २० जस्तो मात्रै विद्युत खपत भएको देखिन्छ। पौषमा भने ४ युनिट खपत भएको देखिन्छ, तर माघमा भने एक्कासी ६ सय ५३ युनिट विद्युत खपत भएको पाईएको छ। आफूले माघ महिनामा आएको महशुल दुई किस्ता लगाएर ६ हजार ७ सय ६८ रुपैँया दुई किस्तामा तिरे पनि आफूलाई अनाचित्त लागि रहेको बताउनु भयो। मैनाको घरमा विद्युत महशुल बढी आउने फ्रिज, मोटर लगाएतका ईलोक्ट्रोनिक्स सामाग्री केही पनि छैनन्। मैनाले भन्नुभयो– आफूले यति धेरै पैँसा तिरे पनि मनमा खुलदुली लागि रहेको बताउनु भयो। मैनाका ज्वाइँ विक्रम भुलका अनुसार कार्यालय बाट आएका कर्मचारीले अहिले आएको बिल तिर्नै पर्ने र अर्को महिना कति महशुल आउँछ त्यसका आधारमा छुटको व्यवस्था गरिने कुरा भयो र हामीले विद्युत महशुल तिरेर फर्कियौँ।

यता नेपाल विद्युत प्राधिकरण अछाम वितरण केन्द्रका निमित्त प्रमुख नर बहादुर कुँवरले रिडिङ गर्ने कर्मचारी नयाँ भएका कारण बढी युनिट विद्युत खपत हुनसक्ने बताउनु भयो। उहाँले भन्नुभयो– लामो समय बन्द भएका कारण पनि यस्तो समस्या आउन सक्छ, सेवाग्राही कहिले काँही घरमा नभएका कारण पनि यस्तो हुने बताउनु भयो। उहाँले कहिले काहीँ मिटर बढी चल्न सक्छ, त्यसो हुँदा ग्राहकले मेरो मिटर चेक गरी पाउँ भनेर निवेदन दिए मात्रै कार्यालयले मिटर चेकजाँच गरिदिने बताउनु भयो।

ऋण सापट गरेर विद्युत महशुल तिर्नु त छदैछ, अछाम जिल्लामा समय–समयमा विद्युत आउने जाने पहिले देखिकै समस्या हो, यो समस्या समाधानका लागि खासै पहल भने भएको पाईदैन। राष्ट्रिय प्रसारण लाईन पुगेको लामो समय भई सक्दा पनि विद्युत सेवा अनियमित हुन नरोकिए पछि यहाँको दैनिक जनजीवन र व्यापार व्यवसाय बारम्बार प्रभावित हुँदै आएको छ। राष्ट्रिय प्रसारण लाईनमा जोडिएको जिल्लामा सेवा सुरु भए देखि नै पटक–पटक विद्युत सेवा अवरुद्ध हुने गरेका कारण उपभोक्ता हरू मारमा परेका हुन्। मौसममा सामान्य बदली हुँदा विद्युत अवरुद्ध हुने समस्या हट्न सकेको छैन। बादल लाग्दा, हावा चल्दा र पानी पर्दा समेत विद्युत अवरुद्ध हुने गर्दछ।

अछाममा अहिले नेपाल विद्युत प्राधिकरणका १३ हजार ग्राहक रहेका छन्। कार्यालय नजिकै रहेको ठाउँमा मिटर रिडिङ नहुने समस्या रहदाँ अन्य ठाउँमा कस्तो होला सहजै अनुमान गर्न सकिन्छ। अछाम जिल्लामा ६० लाखको मासिक विद्युत खपत भएपनि हाल कार्यलयले ३५ लाख मात्रै ग्राहकबाट रकम उठाउने गरेको छ। यस्तै विद्युत सेवा नियमित नभएका कारण उद्योग व्यवसाय ठप्प हुने गरेको छ। साँफेबगर स्थित खप्तड अफसेट प्रेसका सञ्चालक राजन भट्टका अनुसार विद्युत नियमित नहुँदा छापाखाना बन्द गरेर बस्नु पर्छ। कामको चाप भए पनि हात बाँधेर बस्नु पर्छ।

पाँच जनालाई रोजगारी दिई रहेको उनको उद्योग विद्युत् अनियमितताले पटक–पटक बन्द गर्नु पर्दा कर्मचारीलाई तलब दिन पनि समस्या भई रहेको उहाँले बताउनु भयो। विद्युत नभएका कारण कार्यालयका दैनिक कामकाज, बैंकिङ सेवा पनि प्रभावित हुने गरेका छन्। बिजुली अभावमा मोबाइल समेत चार्ज गर्न नपाए पछि खबर आदान–प्रदान गर्न पनि समस्या हुने गरेको स्थानीयहरूले बताउँदै आएका छन्। आकाशमा बादल लाग्दा पनि विद्युत बन्द हुन्छ।


प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८  १३:४१
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक सोमबार, जेठ २६, २०८२
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न  शनिबार, जेठ २४, २०८२
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न आइतबार, जेठ १८, २०८२
घुघुरकोटमा बाघको आक्रमणबाट ८ बाख्रा मरे
घुघुरकोटमा बाघको आक्रमणबाट ८ बाख्रा मरे सोमबार, जेठ १२, २०८२
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान आइतबार, जेठ ११, २०८२
जलवायुमैत्री कृषक पाठशाला तालिम तथा “कृषक दिवस” मष्टामाण्डौमा सम्पन्न
जलवायुमैत्री कृषक पाठशाला तालिम तथा “कृषक दिवस” मष्टामाण्डौमा सम्पन्न बिहीबार, वैशाख २५, २०८२
मृगौला पीडित भुजा पाध्याय महताको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल
मृगौला पीडित भुजा पाध्याय महताको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल आइतबार, वैशाख २१, २०८२
साँफेबगरका आगलागी पीडितलाई राहत वितरण
साँफेबगरका आगलागी पीडितलाई राहत वितरण बिहीबार, वैशाख १८, २०८२
बजार जोगाउन कठोर निर्णय
बजार जोगाउन कठोर निर्णय मंगलबार, वैशाख १६, २०८२
लोकप्रीय
  • Week
  • Month
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
नेकपा एमाले साँफेको अध्यक्षमा कुँवर र मंगलसेनको अध्यक्षमा रावल चयन
नेकपा एमाले साँफेको अध्यक्षमा कुँवर र मंगलसेनको अध्यक्षमा रावल चयन
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
गैसस महासंघ अछाम शाखाको अध्यक्षमा पुनः केसी चयन
गैसस महासंघ अछाम शाखाको अध्यक्षमा पुनः केसी चयन
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्