Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • बजार जोगाउन कठोर निर्णय
बजार जोगाउन कठोर निर्णय
एकेन्द्र महता
एकेन्द्र महता मंगलबार, वैशाख १६, २०८२
डोजर चलाएर भत्काइएको उहाँको घर र इन्सेटमा छोरीका साथ गीता कठायत कुँवर ।

साँफेबगर ।

बर्सौंको मेहनतले बनाएको आफ्नो पक्की घर भत्काउन लगाएर गीता कठायत कुँवरले साँफे हाटबजारलाई आगलागी हुनबाट जोगाउनुभयो । वैशाख १३ गते बिहान ३ बजे अछामको साँफेबगर नगरपालिका–३, साँफे हाटबजारमा भएको आगलागीका क्रममा गीताले आफ्नो पक्की घर भत्काउन नदिएको भए पूरै बजार सखाप हुने जोखिम थियो ।

तत्काल कठोर निर्णय लिएर त्यो जोखिमलाई गीताले टार्नु भएपछि बजारवासीले उहाँको मुक्तकण्ठले प्रशंसा गरेका छन् । गीता कठायत कुँवर सधैँ जसो आफ्नो कामबाट फर्केर राति खाना खाएर छोरीसँगै सुत्नुभएको थियो । राति एक्कासि ‘आगो लाग्यो’ भनेर कोलाहलसँगै साँफेबगरस्थित नेपाल बैङ्कको साइरन कानमा ठोक्कियो । नजिकै अर्को घरमा बस्ने उहाँकी जेठानी जनक कुँवरले उठाएर जानकारी गराउँदा उहाँको निद्रा एकाएक हरायो । 

बाहिर हेर्दा दनदनी आगो बलेको थियो । उहाँकी जेठानी गुहार मागिरहनुभएको थियो । यता आगोको लप्का उहाँकै घरतिर आइसकेको थियो । उहाँ हतारिँदै बाहिर निस्किनुभयो । जति गर्दा पनि आगो नियन्त्रण गर्न सकिने अवस्थामा थिएन ।

स्थानीय ब्यापारी प्रेमबहादुर खड्काको शुभेक्षा मम सेन्टरमा विद्युत् सर्ट भएर पसलमा आगो लागेर अन्य घरमा सल्किँदै गयो । आगो निभाउन स्थानीयदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि लागेको थियो । सबै लाग्दा पनि आगो नियन्त्रणमा आउन सकिरहेको थिएन । 

स्थानीय तहमा दमकल थिएन । एक घण्टासम्म आगो दन्किरहेको थियो । आगो लागेको केहीबेरमै सात वटा पसल जलेर नष्ट भइसकेका थिए । आगोले धेरै क्षति हुन नदिन एउटै उपाय देखियो– बिचमा रहेको गीताको घर भत्काउनु । आगो निभाउन कुनै सिप नलागेपछि २८ वर्षीय गीताले आफ्नो घर भत्काउन दिन तयार हुनुभयो । तत्कालै डोजर ल्याएर घर भत्काएपछि आगो अगाडि बढ्न सकेन । उहाँका श्रीमान्को छ वर्षअघि मोटरसाइकल दुर्घटनामा निधन भएको थियो । उहाँकी सासूले पनि बजार जोगिन्छ भने हाम्रो घर भत्काऊँ भनेर सल्लाह दिनुभयो ।  

गीता भन्नुहुन्छ, “आगोलाई अगाडि बढ्नबाट रोक्न मेरो पक्की घर भत्काउनैपर्ने सबैको भनाइ आयो । बरु मेरै घर जाओस्, अरू त जोगिएला भन्ने सोचेर भत्काउन दिएँ ।” उहाँको तत्कालको निर्णयलाई बजारवासीले प्रशंसा गरेका छन् । जिल्ला प्रहरी कार्यालको प्रारम्भिक तथ्याङ्क अनुसार आगलागीबाट तीन करोड ८६ लाख ६५ हजार रुपियाँ बराबरको क्षति भएको छ । 

पुनर्निर्माणको पर्खाइमा हाटबजार

यतिबेला गीतालाई मात्र होइन, आगलागीमा घर जलेका १० घरपरिवारलाई नै अब कसरी घर बनाउने भन्ने चिन्ताले पिरोलेको छ । कतिपयका त ऋण काढेर पसलमा राखेका सरसामान पनि जलेर नष्ट भएका छन् ।  

आगलागीपीडितको दैनिकी चलाउने मेलोमेसो नै बिग्रिएको छ । साँफे हाटबजारका आगलागीपीडितका लागि १० लाख रुपियाँ दिने सुदूरपश्चिम प्रदेश सरकारले निर्णय गरेको छ । त्यस्तै साँफेबगर नगरपालिकाले तत्काल छ लाख रुपियाँ दिने निर्णय गरेको छ । 

स्थानीय सरकारले क्षतिको विवरण सङ्कलन गरिरहेको साँफेबगर नगरपालिका प्रमुख राजेन्द्रबहादुर कुँवरले बताउनुभयो । गीतालाई पनि स्थानीय सरकारले घर बनाइदेला भन्ने आशा छ । उहाँले भन्नुभयो, “बर्खा लाग्नै लाग्यो । पाल हालेर पनि बस्न सकिने अवस्था छैन ।” 

गीतालगायत आफ्नो सर्वस्व गुमाएका अन्य पसलका सञ्चालक पनि पुनर्निर्माणको पर्खाइमा छन् । उता साँफेबगर नगरपालिका प्रमुख राजेन्द्रबहादुर कुँवर पुनर्निर्माण र आगलागीपीडितको व्यवस्थापनका लागि स्थानीय सरकारले तिनै तहका सरकारलगायत सरकारी र गैरसरकारी निकायसँग समन्वय गरिरहेको बताउनुभयो ।


प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  ०६:५२
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक सोमबार, जेठ २६, २०८२
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न  शनिबार, जेठ २४, २०८२
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न आइतबार, जेठ १८, २०८२
घुघुरकोटमा बाघको आक्रमणबाट ८ बाख्रा मरे
घुघुरकोटमा बाघको आक्रमणबाट ८ बाख्रा मरे सोमबार, जेठ १२, २०८२
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान आइतबार, जेठ ११, २०८२
जलवायुमैत्री कृषक पाठशाला तालिम तथा “कृषक दिवस” मष्टामाण्डौमा सम्पन्न
जलवायुमैत्री कृषक पाठशाला तालिम तथा “कृषक दिवस” मष्टामाण्डौमा सम्पन्न बिहीबार, वैशाख २५, २०८२
मृगौला पीडित भुजा पाध्याय महताको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल
मृगौला पीडित भुजा पाध्याय महताको उपचारमा आर्थिक अभाव, सहयोगको अपिल आइतबार, वैशाख २१, २०८२
साँफेबगरका आगलागी पीडितलाई राहत वितरण
साँफेबगरका आगलागी पीडितलाई राहत वितरण बिहीबार, वैशाख १८, २०८२
लोकप्रीय
  • Week
  • Month
विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा
खोजी कार्यमा सहयोग गरि दिन परिवारको आग्रह
खोजी कार्यमा सहयोग गरि दिन परिवारको आग्रह
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
विखम्ब चिरकिट्टे चौपायखाली सडकको स्तरोन्नति गरिदै
विखम्ब चिरकिट्टे चौपायखाली सडकको स्तरोन्नति गरिदै
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्