Top Navigation
  • Home
  • About Us
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • Contact
  • Our Team
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
विचार
  • Home
  • विचार
  • भीम रावललाई ०७९ अघि नै कार्वाही गरेको भए, एमाले बलियो हुन्थ्यो-नेता विष्ट
भीम रावललाई ०७९ अघि नै कार्वाही गरेको भए, एमाले बलियो हुन्थ्यो-नेता विष्ट
खप्तड समाचारदाता
खप्तड समाचारदाता सोमबार, वैशाख ८, २०८२

हंश बहादुर विष्ट, नेपाल विद्युत प्राधिकरण कर्मचारी यूनियनको जिल्ला सचिव, तीन पटक केन्द्रीय सदस्य भई सक्नु भएको छ । उहाँ विद्युतको कर्मचारीबाट निबृत्त भएपछि एमालेको अछाम जिल्ला कमिटीको सल्लाहकार, प्रदेश कमिटी सदस्य हुँदै केन्द्रीय सम्पर्क समन्वय कमिटीको सल्लाहकार हुनुहुन्छ । उहाँ २०४३ सालमा नेपाल क्याम्पस पढ्दा तत्कालिन प्राध्यापक सुवासचन्द्र नेम्वाङबाट प्रभावित भएर अनेरास्ववियूमा लाग्नु भएको हो । नेता विष्टसंग समसायिक राजनीति र एमालेको भविश्यका बारेका गरिएको कुराकानी गरिएको छ । प्रस्तुत छ अछामका विष्टसंग गरिएको कुराकानीको सारसंक्षेप ।

तपाई अमेरिका जस्तो सम्पन्न मुलुकमा आवतजावत गरि रहनुहुन्छ किन विदेश बस्नेहरु नेपालका दलसंग रुष्ट छन् ?

नेपालमा प्रजातन्त्र, गणतन्त्र ल्याउन दल र दलका नेताहरुले कस्तो योगदान गरे। अहिलेको आलोचना गर्न पाउने अवस्था कसरी आयो भन्ने कुरा नयाँ पुस्तालाई थाहा छैन । अर्कोतिर विदेशमा बस्ने नेपालीका १५० सम्म विभिन्न खालका व्यापारिक स्टोर छन् । अर्थात उनीहरुसंग पर्याप्त पैसा छ तर नेपालमा लगानी गर्न सक्ने अवस्था छैन त्यसैले पनि धेरै नेपालीहरु विदेश बसेर नेपालको व्यवस्था, दल र नेता विरुद्ध खनिने गर्छन् । अर्कोतिर धेरैले रवि लामिछाने जस्तै गरेर नेपालमा नेता बन्छौ भनेर पनि सामाजिक सञ्जालमा उधुम मचाएका छन् ।

अहिलेको राजावादी आन्दोलनलाई कसरी लिनु भएको छ ?

हेर्नुस मेरो परिवार नै पञ्चायत अर्थात राजावादी तिर थियो । पञ्चायतको आडमा उहाँहरुका क्रियाकलाप मलाई ठिक लागेन र कम्यूनिष्ट भए । ल क्याम्पसमा पढ्दा सुवाव नेम्वाङले पनि कम्यूनिष्ट हुन प्रेरित गर्नुभयो। उहाँ मेरो गुरु हो ।पञ्चायत र राजतन्त्रमा बोल्न पाइँदैन । म कम्यूनिष्ट भएकै कारण घर, मामाघर र ससुराली पक्षबाट १६ वर्षसम्म बहिस्कृत भएँ ।

के अहिलेको व्यवस्थामा फरक विचार राखेका कारण कोही बहिस्कृत छ र ?

अहिले काम गर्दा केही गल्ती भएको होला तर शासकको विरोध गर्न पाईन्छ । चुनावमा हराएर राम्रो मान्छे र दल ल्याउन पाईन्छ । नेपालीको विर्सने वानी छ हिजो राजाको नेतृत्वमा चलेको पञ्चायत र पछिल्लो पटक ज्ञानेन्द्रद्रले गरेका हर्कत पनि हामी विर्सेका छौ । त्यसैले अलिहेको काम गर्ने क्रममा भएका केही कमजोरीलाई लिएर राजा चाहियो भनिन्छ । त्यसैमा दक्षिणी छिमकी जहिले पनि नेपालमा अस्थिरता मच्चाएर फाइदा लिन चाहन्छ । यस्तै कारणले राजा चाहियो भन्ने मुठ्ठी भर मानिस सडकमा छन् । नेपालमा राजतन्त्र केही गरेर फर्किन सक्दैन सबै ढुक्क भए हुन्छ ।

भने पछि गणतन्त्र बारे राम्रो बहस हुन नसक्दा समस्या भयो ?

हो नि हामीले गणतन्त्र र राजत्न्त्रका फरकै नयाँ पुस्ता र जनतालाई सुनाउन, बुझाउन सकेनौं । हिजो राजतन्त्र कालमा सुन तस्करी, हत्या खुलमखुला राज परिवार र अझ खास गरेर ज्ञानेन्द्रको निर्देशनमा गरिनथ्यो । जनता बोल्न पाउँदैन थिए । पञ्चायतका बारेमा अझ ज्ञानेन्द्रका बारेमा लेख्यो भनेर हाम्रै पश्चिमका पदम ठकुराठीलाई गोली हानेर मार्न खोजियो तर उनी बाँचे । दान बहादुर शाही पछि गृह मन्त्री पनि भए । तर उनी निक्कै हक्की थिए ज्ञानेन्द्र संरक्षित सुर्खेतका एक पञ्चे माननीयको सुन समात्दा उनको जागिर नै झण्डै गई सकेको थियो । खोज्दै जानु न राजतन्त्रका कर्तुत कति छन् कति । गणतन्त्रमा त दल, नेता सरकार बदल्न पाईन्छ ।

कति छोरीचेलीको दरवारकै संरक्षणमा बलत्कार भयो । पोखराको नमिता, सुनिता जस्ता कति काण्ड भए पञ्चायतमा । पारसले नै कलाकार प्रविण गुरुङ मारे । जनताले राज कुमार बनाउन हुन्न भनेर आन्दोलन गर्दा दशैको विदामा पारसलाई राज कुमार बनाईयो । हेर्नुस राज संस्था हत्या नै हत्यामा रमाएको विगत छ । दरबार हत्या काण्ड कस्ले गर्यो, भण्डार खाल र कोत पर्व कसले गर्यो । दरवार भनेको मारकाट मात्रै गर्ने अपराधको थलो थियो नेपालमा । हामीलाई किन त्यस्तो राजतन्त्र पाईयो ।

नेपालका नेता विदेशका तुलनामा निक्कै राम्रा छैन । यी नेताको जस्तो दुःख कसले गर्यो । ज्यान हत्केलामा राखेर पञ्चायत विरुद्ध लडे । ज्ञानेन्द्रको माघ १९ काण्ड पछि कस्तो हालत थियो । हेर्नुस् त विदेश तिर विध्वंशकारी नेता कति छन् । यहाँका नेता देशभक्त छन् । हामीले नेपालमा भएको विकासको चर्चा गर्न सकेनौ । गणतन्त्र पछि राम्रा कामको चर्चा गराउन युवा र विद्यार्थीलाई खटाउनु पर्छ । यी काममा सबै लोकतन्त्र पक्षधरहरु खटिनु पर्छ ।

के विकास भयो र त्यस्तो नेपालमा ?

पञ्चायत भर नेपालमा आन्तरिक सडक यातायात कस्तो थियो, भारत हुँदै काठमाडौ आउनु पर्दथ्यो । अहिले हेर्नुस त सडक यातायात नपुगेको कुन पालिका छ । पञ्चायतमा शिक्षा, स्वास्थ्य कस्तो थियो, अहिले कस्तो छ । व्यापार, व्यवसाय राजदरवारको छत्रछाया भएकाहरुले मात्र गर्न पाउथे अहिले होटल लगायतको व्यापार व्यवसाय कस्तो राम्रो छ । सुन्नेले अच्चम मान्नु होला कतियप अमेरिकी गाउँ भन्दा त नेपालको विकास राम्रो छ ।

के अहिले पञ्चायतमा झै जनता गरिबीमा छन् । हो केही अझै गरिब छन् । तर धेरै नेपालीको जीवन स्तर सुधार प्रजातन्त्र पछि भएको हो । बहुदलले गरेको भन्दै बदनाम गरियो जनकपुर चुरोट, बाँसबारी छाला जुत्ता लगायतका विदेशीले बनाई दिएका उद्योग घन्दा पनि राजतन्त्रकै कारण बन्द भएका हुन् ।

अहिलेको सरकारको कामलाई कसरी हेर्नु भएको छ ?

सरकारले काम गरेको छ प्रचार नगरेको हो । केपी ओली जस्तो देशभक्त र भारत जस्तो देशलाई थर्काउने महान नेता तथा प्रधानमन्त्री हामीले फेरि अर्को पाउदैनौ । केपीलाई काम नगर्न दिनलाई अनेक खेल भई रहेका छन् तर सफल हुँदैनन् ।

युवालाई नेतृत्व नदिनाले पनि समस्या आएको हो भन्छन् नि ?

विस्तारै नयाँ पुस्तालाई पार्टी र सरकारमा ल्याउन सबै गणतन्त्रबादी दल र पुराना पुस्ताका नेताले भूमिका खेल्नु पर्छ । अर्कोतिर सरकारको स्थायित्वमा पनि ध्यान दिन सक्नु पर्छ। लोकतन्त्र वा गणतन्त्रवादी बीच एकता हुनुपर्छ । सरकार परिवर्तन हुने वित्तिकै राजदूत, विभिन्न नियुक्ती पाएकालाई परिवर्तन गर्ने खेल बन्द गर्नुपर्छ ।

तपाई पुरानो कम्यूनिष्ट अब नेपालमा कम्यूनिष्ट एकता हुन सम्भव छ ?

कम्यूनिष्ट एकता हुन असम्भव त छैन । सबैले म मात्र कम्यूनिष्ट हुँ भन्ने धारणा त्याग्नुपर्छ । व्यक्तिगत स्वार्थबाट चल्नु हुँदैन । प्रचण्ड, माधव विदेशको इसारामा चल्दा नेकपाको एकता टुट्यो त्यसमा ध्यान दिएर कम्यूनिष्ट बीच एकता गराउन ठुला नेताले सफलता पाउनुपर्छ । नत्र कम्यूनिष्टहरु आफै–आफै लडेर सकिन्छन्, त्यस तर्फ ध्यान दिन सक्नुपर्छ ।

राष्ट्रवादी नेता भीम रावललाई पार्टीबाट निकालियो अब एमाले सुदूरपश्चिममा सकिन्छ भनिन्छ नि ? अहिले रावल एमाले नहुँदा पनि सुदूरपश्चिममा धेरै विवाद छन् ।

एमालेबाट निकालिनुमा रावलकै गल्ती छ । आफू भाईरल हुनका लागि अनेक बोल्ने उनी । रावल राष्ट्रवादी होईनन्, महाकाली सन्धी गरौ भनेर माधव नेपाललाई भन्ने नै उनी हुन् । राष्ट्रवादी भए महाकालीमा गल्ती भयो भन्नु पर्देन । राजेन्द्र महत्तो र सरिता गिरी बरु राष्ट्रवादी होलान रावल होईनन् ।

०७४ पछि मैले धेरै पटक यस्तो नगरौ भनेर रावललाई भने मानेनन् । म भएको भए रावललाई ०७९ अघि नै कारवाही गरि सक्थे । त्यति बेला कारवाही गरेको भए एमाले ०७९ मा सुदूरपश्चिमका धेरै ठाउँ जित्ने थियो । यसैले रावल माथिको कारवाहीले सुदूरपश्चिममा केही प्रभाव पर्देन बरु अझ बलियो हुन्छ । अहिले सुदूरपश्चिमका एमाले नेताहरु बीच देखिएको विवाद ०८४ अघि नै मिल्छ ।

०७४ मा रावलकै कारण त्यति ठूलो जित हासिल भएको होईन र ?

रावल अराईटो मान्छे हो तपाईहरुले चिन्नु भएको छैन । भीम कडायत, जगत बोगटी, गोकुल खनाल जस्ता कम्यूनिष्ट बनाउने धेरैले उनकै पालामा एमाले छोड्नु पर्यो, धेरैले उनको कारवाहीको डण्डा खेप्नु पर्यो । उनको आचरण नै कम्यूनिष्ट होईन, शैली पनि निक्कै निरंकुश छ । पढे, लेखेर मात्र के भयो आचरण त कम्यूनिष्ट हुनु पर्यो नि । उनकै आचरणले सुदूरपश्चिममा एमाले विगतमा कमजोर बनेको हो । ०७४ मा माओवादीका कारण सुदूरपश्चिममा ठूलो जित हासिल भएको हो । उनी इन्चार्ज भएर, राम्रो व्यवस्थापन भएर होईन ।

उनको क्षमता भएको भए त नयाँ पार्टी बनाइ सक्थे नि । अछाममै कसैले वास्ता नगरे पछि पार्टी बनाउनबाट हच्किएका छन् । बरु उनका नजिकका मानिसहरु रावललाई एमालेमा स्थान दिन पर्छ भनेर अध्यक्ष केपी ओलीका पुगेका छन् । रावलले नै उनीहरुलाई परिचालन गरेका हुन् । तर ओलीले माधव नेपाल र भीम रावलाई एमालेमा स्वीकार गर्नुहुन्न ।

तपाईले एमालेबाट के अपेक्षा गर्नु भएको छ अब ?

म त ६६ वर्षको भई सके । तर पार्टी राम्रो बन्नु पर्छ, देश राम्रो बन्नुपर्छ । गणतन्त्रवनदीहरुले आपसमा चुनावी प्रतिस्पर्धा गरे पनि यो व्यवस्था बचाउन एक हुनुपर्छ भन्ने मान्यता मात्र हो ।

मैले त्यस्तो केही पद पाउनुपर्छ भनेर एमालेमा मागेको छैन । तर पार्टीको होस कि राजकिय जिम्मेवारी जे दिए पनि काम गर्न सक्छु ।


प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  ०९:०५
प्रतिक्रिया दिनुहोस्
थप विचार
आमाको सम्झनामा: सोह्र श्राद्ध: पितृ प्रति श्रद्धा, कृतज्ञता र संस्कारको पर्व
आमाको सम्झनामा: सोह्र श्राद्ध: पितृ प्रति श्रद्धा, कृतज्ञता र संस्कारको पर्व शनिबार, असोज २४, २०८३
मोहनको मृत्यु र नेपालको राजनीतिमा ‘भोलि के हुन्छ?’
मोहनको मृत्यु र नेपालको राजनीतिमा ‘भोलि के हुन्छ?’ बुधबार, असार १७, २०८३
WE-CAN परियोजना अन्तर्गत वडा स्तरीय संवाद कार्यक्रम देविस्थानमा सम्पन्न, स्थानीय आवश्यकता अनुसार योजना कार्यान्वयनमा जोड
WE-CAN परियोजना अन्तर्गत वडा स्तरीय संवाद कार्यक्रम देविस्थानमा सम्पन्न, स्थानीय आवश्यकता अनुसार योजना कार्यान्वयनमा जोड सोमबार, जेठ २५, २०८३
अछाम, बाजुराको विकासका लागि सेती लोकमार्ग पहिलो एजेन्डा बनोस्
अछाम, बाजुराको विकासका लागि सेती लोकमार्ग पहिलो एजेन्डा बनोस् मंगलबार, फागुन २६, २०८२
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु सोमबार, माघ १२, २०८२
सम्पर्क कार्यालय उद्घाटन गर्दै तरंगले भने–‘अब सहने होईन, बदल्ने बेला हो’
सम्पर्क कार्यालय उद्घाटन गर्दै तरंगले भने–‘अब सहने होईन, बदल्ने बेला हो’ शुक्रबार, माघ ९, २०८२
हिमाली श्वासमा : थकाली जीवन
हिमाली श्वासमा : थकाली जीवन सोमबार, पुस ७, २०८२
एक पटकको अवसर, आजीवन मूल्यांकन
एक पटकको अवसर, आजीवन मूल्यांकन मंगलबार, पुस १, २०८२
सन्तुलन र न्यायको प्रगतिवादी चेतना
सन्तुलन र न्यायको प्रगतिवादी चेतना बिहीबार, असोज २, २०८२
आत्माले बुझ्ने सम्पत्ति: मान्छेको लोभ र समाजको सत्य
आत्माले बुझ्ने सम्पत्ति: मान्छेको लोभ र समाजको सत्य शुक्रबार, भदौ २७, २०८२
लोकप्रीय
  • Week
  • Month
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्