Top Navigation
  • Home
  • About Us
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • Contact
  • Our Team
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • सुदूरपश्चिममा सम्भाव्यता अध्ययनको नाममा साढे ५ करोड बजेट विनियोजन
सुदूरपश्चिममा सम्भाव्यता अध्ययनको नाममा साढे ५ करोड बजेट विनियोजन
खप्तड समाचारदाता
खप्तड समाचारदाता मंगलबार, असोज ८, २०८१

धनगढी ।

सुदूरपश्चिम प्रदेश सरकारले यो वर्ष सम्भाव्यता अध्ययनको नाममा साढे ५ करोड बजेट खर्च गर्ने भएको छ। पर्यटन र भौतिक पूर्वाधार विकास मन्त्रालयका योजनाको सम्भाव्यता अध्ययन गर्न ३१ वटा शिर्षकमा बजेट विनियोजन गरिएको हो।

चालु आर्थिक वर्षको बजेटमा प्रदेश सरकारले भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत १७ र पर्यटन मन्त्रालय अन्तर्गत ८ शिर्षकमा बजेट विनियोजन गरिएको छ। यस्तै, मुख्यमन्त्री कार्यालय अन्तर्गत प्रदेशको आर्थिक सम्भाव्यता सम्बन्धी अध्ययन गर्न समेत बजेट छुट्याइएको छ। चालु आर्थिक वर्षको बजेटमा सुदूरपश्चिम प्रदेश सरकारले सम्भाव्यता अध्ययन र वातावरणीय अध्ययन प्रतिवेदन निर्माण गर्न ५ करोड ४३ लाख बजेट खर्च गर्ने भएको हो।

प्रदेश सरकारले यो वर्ष ३१ वटा डिपिआर र वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्न वार्षिक कार्यक्रम पुस्तिकामा बजेट राखेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले १९ वटा योजनाको डिपिआर र वातावरणीय प्रभाव मूल्याङ्कन गर्ने गरी बजेट विनियोजन गरिएको छ।

मन्त्रालयले अपर सुर्नायागाड जलविद्युत आयोजनाको डिपिआर तयार गर्न १५ लाख, नौगाड र सुर्नायागाड जलविद्युत आयोजनाको डिपिआर र वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्न २० लाखका दरले बजेट छुट्याएको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले परामर्श सेवा तथा अध्ययन अनुसन्धान गर्न ५० लाख, बाजुराको ढम्कने–पान्दुसेन सुरूङ मार्ग र दैजी–जोगबुडा सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्न ३० लाख छुट्याएको हो।

सरकारले जलाशययुक्त बहुउद्देश्यीय सिँचाइ तथा खानेपानी आयोजनाहरूको सम्भाव्यता अध्ययन गर्न तथा विद्युत चार्जिङ स्टेसनको सम्भाव्यता अध्ययन गर्न समान २० लाखका दरले बजेट विनियोजन गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले सडक पुल, झोलुङ्गे पुल, सडक र सिँचाइ तथा खानेपानी आयोजनाको डिपिआर तथा वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्न बजेट विनियोजन गरेको हो। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ९ वटा शिर्षकमा डिपिआर तयार गर्न बजेट विनियोजन गरेको छ।

मन्त्रालयले पर्यटन गुरूयोजना तयार गर्न १० लाख, औद्योगिक क्षेत्रको सम्भाव्यता अध्ययन गर्न ५ लाख, डालेचुक र बेतबासको सम्भाव्यता अध्ययन गर्न ५र५ लाख बजेट विनियोजन गरेको छ। यस्तै, पर्यटन मन्त्रालयले चिसापानी कर्णालीदेखि गड्डाचौकीसम्मको जोखिम अध्ययन रणनीति तथा कार्ययोजना तयार गर्न ८० लाख बजेट विनियोजन गरेको छ। सरकारले कृषि मन्त्रालयमा वृहत् एवं विशेष उत्पादन क्षेत्रहरूको विस्तृत सम्भाव्यता अध्ययन गर्न १८ लाख र मुख्यमन्त्री कार्यालयले प्रदेशको आर्थिक सम्भाव्यता सम्बन्धी अध्ययन गर्न थप २० लाख बजेट विनियोजन गरेको छ।


प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १८:५९
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री मंगलबार, कात्तिक १७, २०८३
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु बिहीबार, असोज २९, २०८३
हातेमालो सहकारीको १७ औँ वार्षिक साधारण सभा सम्पन्न
हातेमालो सहकारीको १७ औँ वार्षिक साधारण सभा सम्पन्न शनिबार, असोज २४, २०८३
वाक नेपालको २९ औँ वार्षिक सभा तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक रुपान्तरणमा जोड
वाक नेपालको २९ औँ वार्षिक सभा तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक रुपान्तरणमा जोड शनिबार, असोज २४, २०८३
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी आइतबार, असोज १८, २०८३
स्थानीय बजारमा २० लाख लगानीमा यूवा उद्यमी भिम बोगटीले खोले जनता होटल
स्थानीय बजारमा २० लाख लगानीमा यूवा उद्यमी भिम बोगटीले खोले जनता होटल शनिबार, असोज १०, २०८३
मालिका पोलिक्लिनिक आफ्नै भवनबाट सेवा दिदै, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट
मालिका पोलिक्लिनिक आफ्नै भवनबाट सेवा दिदै, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट शुक्रबार, असोज ९, २०८३
मेल्लेखको सार्वजनिक सुनुवाई: योजना तथा कार्यक्रमको प्रभावकारी अनुगमन हुनु पर्नेमा जोड
मेल्लेखको सार्वजनिक सुनुवाई: योजना तथा कार्यक्रमको प्रभावकारी अनुगमन हुनु पर्नेमा जोड बिहीबार, असोज ८, २०८३
जलवायु–स्मार्ट कृषि मार्फत जीविकोपार्जन सुदृढीकरण: काली भुलको प्रेरणादायी यात्रा
जलवायु–स्मार्ट कृषि मार्फत जीविकोपार्जन सुदृढीकरण: काली भुलको प्रेरणादायी यात्रा बिहीबार, असोज १, २०८३
परम्परागत खेती देखि व्यावसायिक तरकारी खेतीसम्म: चन्द्रा कुमालको प्रेरणादायी यात्रा
परम्परागत खेती देखि व्यावसायिक तरकारी खेतीसम्म: चन्द्रा कुमालको प्रेरणादायी यात्रा बुधबार, भदौ ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्