Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • २०८४ सालको निर्वाचनमा एमाले एक्लैले बहुमत नल्याए देश बर्बाद हुन्छः ओली
२०८४ सालको निर्वाचनमा एमाले एक्लैले बहुमत नल्याए देश बर्बाद हुन्छः ओली
एकेन्द्र महता
एकेन्द्र महता आइतबार, मंसिर १६, २०८०
KP Oli Mangalsen.jpg

साँफेबगर ।

नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शार्माओलीले २०८४ सालको निर्वाचनमा एमाले एक्लैले बहुमत नल्याए देश बर्बाद हुने बताउनु भएको छ। उहाँले एमाले सरकारबाट बाहिरिए पछि देशको अवस्था झन् बिग्रँदै गएको बताउनु भएको छ।

उहाँले देश अस्थिरता र अराजकता तर्फ धकेलिएको बताउँदै ओलीले बताउनु भयो। महाकाली–मेची पदयात्रा अभियानको क्रममा एमाले अछामले शनिबार मंगलसेनमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै ओलीले राजा नभएको देशमा राजतन्त्र ल्याउने भन्दै धर्मका नाममा जनतालाई फाटो ल्याउनका लागि केहि तत्व सक्रिय भएको बताउनु भयो।

बैतडीको झुलाघाटबाट सुरु गरेको मध्ये पहाडी पदयात्रा पाँचथरको चिवाभञ्ज्याङसम्म रहने छ। विभिन्न ढंगले नेपाली जनतालाई विभाजित गर्ने, फाटो ल्याउने प्रयासहरू भई रहेको उहाँले बताउनु भयो। ती प्रयासहरू असंवैधानिक, अलोकतान्त्रिक, हिंसात्मक अवस्था निम्त्याउने खालका छन्। सरकारले यसलाई कुनै वास्ता नगरेर संरक्षण गरि रहेको छ, ओलीले जनसभालाई सम्बोधन गर्दै भने, संविधानका उपलब्धिहरूलाई चुनौती दिँदै बलिदानपूर्ण लामो संघर्षबाट प्राप्त गरेका अधिकारहरू माघ १९ को जस्तै खोस्छौं भनेर लागि रहेका छन्। त्यति बेला त राजतन्त्र थियो। अहिले नभएको राजतन्त्रको नाममा यो सरकारका अस्पष्टताले, यो सरकारका अकर्मण्यताले यस्ता तत्वहरू पनि सलबलाउन थालेका छन्। यो अवस्थामा देशलाई प्रतिगमनमा जान नदिनका लागि एमाले मिसन ८४ लाई लक्षित गरेर हिंडि रहेको उहाँले बताउनु भयो।

नेकपा एमालेको समयमा विकासको लहर चलेको बताउँदै ओलीले अहिले त्यो समाप्त भएको बताउनु भयो। उहाँले अहिलेको सरकारका कारण सुशासन पनि अन्त्य भएको बताउनु भयो। सुशासन पुर्नस्थापना गर्नका लागि, विकासको अभियानलाई पुनः संचालन गर्नका लागि, त्यसलाई तीव्रता दिनका लागि, नेपालबाट गरिबी, अभाव, भोकमरी हटाउनका लागि, राष्ट्रियता र विकासको सवाल, रोजगारीका सवाल, आधुनिकीकरणका सवाल, शिक्षा, स्वास्थ्यका सवाल बोकेर एमाले हिँडि रहेको छ, ओलीले भन्नु भयो, यस अवस्थालाई देशबाट मुक्त गर्नका लागि नेकपा एमाले चुप लागेर बस्न सक्दैन। एमालेले सरकार छोडे पछि देशको अवस्था खस्किएको उहाँले बताउनु भयो।

अहिले देश ओरालो लागेको छ, देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र मौलाएको छ। भ्रष्टाचार, तस्करी, मौलाएको छ। सरकारले गुण्डागर्दी र अपराधीहरूलाई संरक्षण गरेर त्यसको विकास गराई रहेको छ, उहाँले भन्नु भयो, यो अवस्था परिवर्तन गर्नका लागि हामीले देख्यौं, नेकपा एमाले बाहेक अरु कुनै पार्टीले यो देशलाई अघि बढाउने कामको नेतृत्व गर्न सक्दैन। जनसभाको अवसरमा एमाले अछामका सह–इञ्चार्ज यज्ञ बहादुर बोगटीले अछामका विभिन्न आयोजना समेटिएको मागपत्र पनि ओलीलाई बुझाउनु भएको थियो। माथिल्लो कर्णाली आयोजना, बुढीगंगा जलविद्युत आयोजना, बेतन कर्णाली, चिसापानी–जंगलघाट–मंगलसेन सडक खण्ड, सेती लोकमार्ग, जिल्ला अस्पताल लगायतका विभिन्न आयोजना उक्त मागपत्रमा समेटिएका छन्। ओलीले शनिबार नै साँफेबगरमा कार्यकर्तालाई सम्बोधन गर्दै वैद्यनाथ धाम र बयालपाटा अस्पतालको अवलोकन पनि गर्नु भएको थियो।

नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले सरकार छोडे पछि देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र फैलिएको बताउनु भएको छ। शनिबार महाकाली–मेची अभियान अन्तर्गत अछाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एमालेले सरकार छोडे पछि भ्रष्टाचार, तस्करी, मौलाएको दावी गर्नु भयो। उनले सरकारले गुण्डागर्दी र अपराधीहरुलाई संरक्षण गरि रहेको आरोप लगाउनु भयो। उहाँले अहिलेको अवस्थालाई परिवर्तन गर्न र देश विकास गर्न एमाले चाहिने भन्दै देशलाई अघि बढाउने कामको नेतृत्व एमाले बाहेक अरु राजनीतिक दलहरुले गर्न नसक्ने बताउनु भयो। नेकपा एमालेले सरकार छोडे पछि देशको अवस्था के भयो? सबैले देख्नु भएको छ। बुझ्नु भएको छ। देश ओरालो लागेको छ, देशमा अस्थिरता, अराजकता, मनपरीतन्त्र यस्तो फैलिएको छ, उहाँले भन्नु भयो, भ्रष्टाचार, तस्करी, मौलाएको छ।

सरकारले गुण्डागर्दी र अपराधीहरुलाई संरक्षण गरेर त्यसको विकास भई रहेको छ। यस्तो अवस्थामा यस स्थितिबाट परिवर्तन गर्नका लागि हामीले देख्यौँ, नेकपा एमाले बाहेक अरु कुनै पार्टीले यो देशलाई अघि बढाउने कामको नेतृत्व गर्न सक्दैन। अध्यक्ष ओलीले नेकपा एमालेको ध्येय नेपाल र नेपालीलाई समृद्ध बनाउने रहेको उल्लेख गर्नु भयो। उहाँले समृद्ध नेपाल बनाउन सिंगै देशको विकास हुनु पर्ने उल्लेख गर्दै नेपाल जस्तो प्राकृतिक सुन्दरता, उर्बरता र खनिजहरुले सम्पन्नता भएको देश गरिब रहन सक्ने देश नभएको जिकिर गर्नु भयो। पूर्व प्रधानमन्त्री ओलीले बयालपाटा अस्पतालले प्रदान गरि रहेको स्वास्थ्य सेवा देशकै नमुना रहेको बताउनु भएको छ। झुलाघाट चिवाभञ्ज्याङ यात्राको अवसरमा अछाम पुगेका ओलीले यस्तो प्रकारको अस्पताल विकास गर्नु पर्ने र यसलाई नमुना मानेर देशका अरु ठाँउमा समेत लागु गर्नु पर्ने बताउनु भयो।

नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीले अछाम पुगेको अवसरमा अस्पतालको अवलोकन भम्रण पश्चातको छलफलमा बोल्दै स्वास्थ्य सेवा अधिकारलाई कानुनी रुपमा र संबिधानको व्यावस्थामा राखे पनि त्यो व्यवहारमा लागु गर्न नसकिएको उल्लेख गर्नु भयो। अछाममा रहेको बयालपाटा अस्पतालले मात्रै कानुनी र संबिधानत स्वास्थ्य सेवा प्रदान गरि रहेको भन्दै प्रशंसा व्यक्त गर्नु भयो। सरकारी गैर सरकारी साझेदारीको यस प्रकारको नमुनालाई देशका अरु ठाँउमा लागु गर्न सके कसैले पनि स्वास्थ्य सेवाबाट बञ्चित हुन नपर्ने उहाँको भनाई थियो।

न्याय हेल्थ नेपालले बयालपाटा अस्पतालबाट र समुदायमा समेत गरी दिएको स्वास्थ्य सेवा असाधारण र अनुसरणिय भएको भन्दै नेता ओलीले यसको अध्ययन गरेर यस प्रकारको मोडालिटी देश भर लागु गर्नु पर्ने बताए। सकभर कोहि बिरामी नपरोस, यदि बिरामी परे पनि बयालपाटा जस्तो अस्पताल देशका हरेक ठाँउमा भए निरोगी नेपाल बनाउन सकिने र त्यस दिशामा बयालपाटा अस्पतालले मात्रै महत्वपूर्ण काम गरेको ओलीको भनाई थियो।


प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १२:२७
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक सोमबार, जेठ २६, २०८२
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न  शनिबार, जेठ २४, २०८२
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न आइतबार, जेठ १८, २०८२
'साझा चौतारी’ बन्यो शारदाको चिया पसल
'साझा चौतारी’ बन्यो शारदाको चिया पसल बुधबार, पुस १७, २०८१
कमलबजारका व्यापारीलाई नगर प्रमुखद्वारा डोको वितरण
कमलबजारका व्यापारीलाई नगर प्रमुखद्वारा डोको वितरण आइतबार, पुस ७, २०८१
वाक नेपालको अध्यक्षमा कुँवर चयन
वाक नेपालको अध्यक्षमा कुँवर चयन मंगलबार, भदौ २५, २०८१
हातेमालो सहकारीद्वारा मिनि टिलर हाते ट्याक्टर वितरण
हातेमालो सहकारीद्वारा मिनि टिलर हाते ट्याक्टर वितरण सोमबार, साउन २८, २०८१
जंगली जनावरको आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख राहत
जंगली जनावरको आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख राहत बिहीबार, असार २७, २०८१
साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत
साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत शुक्रबार, असार ७, २०८१
लोकप्रीय
  • Week
  • Month
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
एसइई परिक्षामा साँफेबगरका ७१.८२ प्रतिशत विद्यार्थी उत्तिर्ण
एसइई परिक्षामा साँफेबगरका ७१.८२ प्रतिशत विद्यार्थी उत्तिर्ण
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: info@khaptadnews.com
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्