Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • ऋषिदहका टमाटरले बजार भाउ पाएन
ऋषिदहका टमाटरले बजार भाउ पाएन
खप्तड समाचारदाता
खप्तड समाचारदाता सोमबार, भदौ १८, २०८०
Rishidaha Tamato 1.jpg

 मेल्लेख ।

अछामको मेल्लेख गाउँपालिका वडा नम्बर १ र २ ऋषिदहमा फलाईएको तरकारीले मुल्य नपाउँदा बारीमा कुहिन थालेको छ। व्यवसायिक तरकारी खेती गरेर मनग्य आम्दानी गर्ने उद्धेश्यले उत्पादन गर्न थालिएको तरकारी बिक्री नभए पछि कृषकहरु चिन्तित बनेका छन्।

कृषकहरुले उत्पादन गरेको तरकारी ऋषिदहबाट मेल्लेख गाँउपालिकाको केन्द्र र व्यापारिक केन्द्र साँफेबगर जाने सडक बेला–बेलामा अवरुद्ध हुने र यातायात नचल्ने हुँदा उनीहरुको लागत मूल्य अनुसारको तरकारी बिक्री नभएकाले कृषकहरु कष्ट व्यहोरी रहेका छन्। झण्डै १६० जना कृषकहरुले व्यवसायिक रुपमा तरकारी खेती गरि रहेका कोपिला कृषक समुहका अध्यक्ष कौशी देवि बिष्टले बताउनु भयो।

अहिले उनीहरुको बारीमा टमाटर, काक्रा, फर्सी, सिमी, बन्दा, लौका, भेडेखुर्सानी, भण्टा, भिण्डी लगायतका तरकारीहरु उत्पादन भएका छन्। टमाटर मात्रै टिप्ने हो भने झण्डै ४०/४५ क्वीन्टल अझै पाकेर निस्कन बाँकी रहेको अनुमान छ। स्थानीय अगुवा कृषक जयविरे धामीले भन्नु भयो एक तरकारी दुई अन्न दाल बालीसंग साटेर तरकारी बेच्न खोज्दा पनि किन्न मानेनन्। दुई दिन जयगढ र एक दिन बाजुराको बाम्का समेत बोकेर बेचेँ, गाँउमा तरकारी किनेर खाने बानी परेको छैन। यो बर्ष मात्रै ऋषिदहमा ८७ वटा प्लाष्टिक टनेलमा टमाटर लगाएर उत्पादन गर्न थालिएको र बिक्री नहुने समस्या पाईएको छ।

स्थानीय महिला कृषक नखु धामी बुढा भन्नु हुन्छ हामी त साह्रै समस्यामा परेका छौँ। गाँउमा डोकोमा बेच्न लगे पनि तरकारी बिक्री भएन। बजार टाढा छ, डोकोमा पुर्याउन सकिदैन। यसरी डोकोमा बोकेर गाँउ–गाँउमा लगेर तरकारी बेच्दा समेत बिक्री नहुँने हो भने आगामी दिनमा समेत उनीहरुमा नैराश्यता आउने देखिन्छ। स्थानीय अगुवा कृषक राम बहादुर धामीले भन्नु भयो मेल्लेख र साँफेबगर पुर्याउन सके बिक्री हुने थियो। यातायातको व्यवस्था नै छैन्, कसरी पुर्याउने? पुर्याए पनि लागत मूल्य उठ्दैन। बजारमा प्रति किलो रु ३२० रुपैयाँ सम्म बजार भाउ पुगे पनि ऋषिदहको टमाटरले भने भाउ पाएको छैन उहाँले भन्नु भयो।

राज्यले कृषिमा आधुनिकीकरण, व्यवसायिकता र बजारीकरणका नाममा करोडौं रकम लगानी गरे पनि यहाँका कृषकहरुलाई छोएको छैन। कुनै अनुदानका कार्यक्रमले पनि नछोएको युवा कृषक ममता खड्का रावलले बताउनु भयो। उहाँले भन्नु भयो सरकारको बजेटले नछोए पनि वाक नेपालको सहयोगले हामीहरु तरकारी खेती गरि रहेका छौँ तर बेच्न सकिएन यसमा संस्थाले पनि पहल गरि दिनु पर्छ। सामान्य रुपमा सडक खुले पनि दैनिक रुपमा सार्वजनिक यातायातका साधन नचल्दा पनि बिक्री गर्न समस्या भएको छ।

ऋषिदहमा वाक नेपाल र वल्र्ड भिजनको साझेदारीमा संचालित एकीकृत उत्थानशिल जिविकोपार्जन तथा पोषण परियोजना मार्फत ताजा तरकारीका अलावा एक सय घर परिवारलाई अदुवा खेती र एक सय ७५ घर परिवारलाई आलु खेतीमा सहयोग गरिएको छ। यस्तै हो भने आलु र अदुवाले पनि बजार भाउ पाउनेमा स्थानीय किसानहरुले चिन्ता व्यक्त गरेका छन्।
    बाहिरको टमाटर स्सतोमा आउने भएकाले स्थानीय टमाटरले मुल्य नपाएको मेल्लेख गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष दिल बहादुर धामीले बताउनु भयो। उहाँले कृषकहरुले उत्पादन गरेका वस्तुलाई संकलन गर्न संकलन केन्द्रको निर्माण गर्ने तयारी गरि रहेको बताउनु भयो। उहाँले वडा, गाउँपालिका, सहकारी र अन्य सहयोगि संस्थाहरुसंग समन्वय गरेर संकलन केन्द्रको निर्माण गरेर किसानले उत्पादन गरेका तरकारी तथा अन्य वस्तुहरु संकलन गरिने बताउनु भयो।

20230815_1702341693826949.jpg

20230901_0715241693827271.jpg

20230820_1608341693826954.jpg

20230901_0756351693827271.jpg

20230901_0659361693827300.jpg

20230803_0810181693827258.jpg

20230622_1314301693827259.jpg

20230901_0723051693827268.jpg

20230820_1504311693827265.jpg

20230820_1519521693827262.jpg


प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १७:३८
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक सोमबार, जेठ २६, २०८२
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न  शनिबार, जेठ २४, २०८२
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न आइतबार, जेठ १८, २०८२
'साझा चौतारी’ बन्यो शारदाको चिया पसल
'साझा चौतारी’ बन्यो शारदाको चिया पसल बुधबार, पुस १७, २०८१
कमलबजारका व्यापारीलाई नगर प्रमुखद्वारा डोको वितरण
कमलबजारका व्यापारीलाई नगर प्रमुखद्वारा डोको वितरण आइतबार, पुस ७, २०८१
वाक नेपालको अध्यक्षमा कुँवर चयन
वाक नेपालको अध्यक्षमा कुँवर चयन मंगलबार, भदौ २५, २०८१
हातेमालो सहकारीद्वारा मिनि टिलर हाते ट्याक्टर वितरण
हातेमालो सहकारीद्वारा मिनि टिलर हाते ट्याक्टर वितरण सोमबार, साउन २८, २०८१
जंगली जनावरको आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख राहत
जंगली जनावरको आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख राहत बिहीबार, असार २७, २०८१
साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत
साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत शुक्रबार, असार ७, २०८१
लोकप्रीय
  • Week
  • Month
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
नेकपा एमाले साँफेको अध्यक्षमा कुँवर र मंगलसेनको अध्यक्षमा रावल चयन
नेकपा एमाले साँफेको अध्यक्षमा कुँवर र मंगलसेनको अध्यक्षमा रावल चयन
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
गैसस महासंघ अछाम शाखाको अध्यक्षमा पुनः केसी चयन
गैसस महासंघ अछाम शाखाको अध्यक्षमा पुनः केसी चयन
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्