Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
बिहीबार, असोज ११, २०८०
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • जोडी समुहसंग संवाद कार्यक्रम प्रभावकारी बन्दै
जोडी समुहसंग संवाद कार्यक्रम प्रभावकारी बन्दै
एकेन्द्र महता
एकेन्द्र महता सोमबार, भदौ ११, २०८०
IMG-20230828-WA0013.jpg

साँफेबगर ।

जोडी समुहसंग संवाद कार्यक्रम प्रभावकारी बन्दै गएको छ। लैंगिक रुपान्तरण मापदण्ड कार्यान्वयन गर्न जोडी समुहसंग दोहोरो छलफल कार्यक्रमको अनुगमनका क्रममा जोडी समुहसंग संवाद कार्यक्रम प्रभावकारी बन्दै गएको पाईएको हो।

साँफेबगर नगरपालिका वडा नम्बर ३ शिद्धेश्वरमा संचालित जोडी सम्वादको अनुगमन गरिएको हो। युएनएफपीएको आर्थिक सहयोग, भिएसओ र पीसविन नेपालको संयुक्त साझेदारीमा संचालित जोडी सम्वादको अनुगमन गरिएको हो। जोडी सम्वाद कार्यक्रम मार्फत अन्तरगत जोडी बीचको सम्बन्धमा लंैगिक हिंसाको परिणामको प्रतिविम्बित अन्तरगत अपेक्षा तथा सक्रिय सहभागितामा आउन सक्ने बाधा, विश्वास र गोपनीयता, शारीरिक हाउभाउ, हातेमालो, हामी कसरी काम गर्छाैं, लैंगिकता र सामाजिकीकरण, महिला र पुरुष चाहना र वास्तविकताका विषयमा छलफल गरिएको थियो।

अन्तर सम्वादमा विवाहको आशा र अपेक्षाहरू, सम्बन्धमा रहने खुशी र समस्याहरू, खुशी र बेखुशी, हातेमालो, साथी समूहको समीक्षा, दरिलो सम्बन्ध निर्माण, यौन तथा प्रजनन स्वास्थ्य तथा यौनिकता, हाम्रो यौन तथा प्रजनन स्वास्थ्य प्रणाली बुझ्नका लागि शरीरको वाँझोपन र यसका चुनौतीहरू जोडी बीच स्वस्थ यौन तथा प्रजनन स्वास्थ्य र अधिकारको महत्वका बारेमा छलफल गरिएको थियो।

यस्तै अन्तर सम्वादमा यौन तथा सहमति मन्जुरी, लैंगिक हिंसा, सम्बन्धमा शक्तिका बारेमा बुझाई, सम्बन्धहरूमा हुने दुव्र्यवहार (शोषण), हिंसाका परिणामहरू, समुदायमा जोडीहरू बीचको सम्बन्धको समीक्षा, गर्भावस्थामा हेरचाह, परिवार नियोजन, लैंगिक हिंसा सम्बन्धी सहयोग सेवा र दृढ संचार सीपको विकास, सम्भावित कार्यहरू वर्गीकरणका लागि सहजकर्तालाई निर्देशन, प्रेषण मार्गहरू हिंसा प्रभावितहरुको सुरक्षा र न्यायमा पहुँचका लागि सहयोगी निकाय÷संयन्त्र, र छिमेकीको रूपमा सहयोगका बारेमा पनि छलफल गरिएको थियो।

यस्तै अन्तर सम्वादमा लैंगिक हिंसा प्रभावितलाई सहयोग गर्ने, लैंगिक हिंसा सम्बन्धी सेवाहरूको नक्सान गर्ने र बहुपक्षीय सरोकारवालाहरूको भूमिका, स्वस्थ सम्बन्ध कायम राख्नका लागि जोडीको योजना, परिवार संवादको संचालन गर्नका लागि लैंगिक हिंसालाई बढावा दिने साझा सवालहरूको पहिचानका विषयमा छलफल गरिएको थियो।

जोेडी सम्वाद कार्यक्रममा सहभागि महिलाहरुले पछिल्लो समय मदिरा, लागु औषधका कारण महिलाहरुले हिंशा खेपि रहनु परेको बताएका थिए। उनीहरुले समाजमा रहेको विभिन्न हिंशा हुने प्रमुख कारण मदिरा र लागु औषध भएकाले यस्ता कुराहरुको प्रतिबन्ध गर्न सबैले जागरुक हुने पर्ने बताएका थिए। उनीहरुले पछिल्लो पुस्ता यस्ता कुलतमा नफसुन भन्ने उद्धेश्यले पनि यस्ता कुलतहरुलाई प्रतिबन्ध गरिनु पर्ने बताएका थिए।

उनीहरुले लैंगिक रुपान्तरण मापदण्ड कार्यान्वयनका लागि समुदाय स्तरमा गएर जोडी समुहसंग दोहोरो छलफल गर्दा उक्त कार्यक्रम प्रभावकारी भएको सहभागी जोडी समुहका सहभागिले बताएका छन्। जोडी समुहसंग दोहोरो छलफल कार्यक्रममा उनीहरुले आफूमा सकारात्मक सोच विकास हुनुका साथै यस कार्यक्रमले दैनिक जीवनमा पारिवारिक रुपमा ठुलो सहयोग पुर्याउने बताएका छन्। यौन प्रजनन, श्रीमान श्रीमती बिचमा हुनु पर्ने सम्बन्ध र गर्ने व्यवहार तथा आत्म विश्वास गोपनियता जस्ता विभिन्न कुराहरु संवाद कार्यक्रमबाट सिकेको सहभागी जोडीहरुले बताएका छन्।

संवाद कार्यक्रममा दैनिक जीवनमा प्रयोजनमा आउने पारिवारिक तथा लंैगिक हिंसाका बारेमा छलफल हुने हुदाँ सो कार्यक्रम प्रभावकारी बनेको उनीहरुको भनाई रहेको थियो। समाजमा व्याप्त बाल विवाह, लागु पदार्थ दुव्र्यसन जस्ता विषयहरुलाई जोड्न सके कार्यक्रम झन लाभदायक हुने सहभागी जोडीहरुले सुझाव दिएका थिए। सम्वाद कार्यक्रममा बोल्दै साँफेबगर नगरपालिकाका नगर उपप्रमुख शिव बहादुर कुँवर शिलोजले नगरपालिकामा न्यायिक समिति भएको जानकारी गराउँदै कुनै पनि महिला तथा पुरुषहरुले हिंशा सहेर बस्न नहुने बताउनु भएको छ।

उहाँले आफु माथि हिंशा भए न्यायिक समितिमा आएर सहयोग लिन आग्रह गर्नु भयो। यस्तै उहाँले यो परियोजना मार्फत समुदाय स्तरमै गएर गरिने जोडी संवाद कार्यक्रमले जोडी र उनका परिवारमा आपसी मेलमिलाप, समझदारी र सद्भाव एक अर्का प्रतिको विश्वासको वातावरण सिर्जना हुने विश्वास व्यक्त गर्नु भएको छ। यस्ता कार्यक्रमले परिवारका साथै सभ्य र सुसंस्कृत समाज निर्माणमा ठुलो भूमिका रहने र पालिकाबाट गर्ने सकिने सहयोगका लागि आफू तयार रहेको उहाँले बताउनु भयो।

अन्तर सम्वाद कार्यक्रममा साँफेबगर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कुल बहादुर कुँवर, साँफेबगर नगर महिला शाखाका सहायक महिला विकास निरीक्षक अनिता जोशी, पीसविनका जिल्ला सचिव देवानन्द खतिवडा, पीसविनका जिल्ला संयोजक गोकुल खड्का, सामुदायिक स्वयम सेवक सिता कुँवर, विदुर रावल लगाएत जोडी सम्वाद कार्यक्रमका सहभागिहरुको सहभगिता रहेको थियो।

IMG-20230828-WA00131693233590.jpg

IMG-20230828-WA00141693233589.jpg


प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  २०:२१
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
ऋषिदहका टमाटरले बजार भाउ पाएन
ऋषिदहका टमाटरले बजार भाउ पाएन सोमबार, भदौ १८, २०८०
मर्यादित महिनावारी हिंसा रहित सुन्दर घरबारी विषयक अन्तरक्रिया विन्देवासिनीमा सम्पन्न
मर्यादित महिनावारी हिंसा रहित सुन्दर घरबारी विषयक अन्तरक्रिया विन्देवासिनीमा सम्पन्न बुधबार, भदौ ६, २०८०
माध्यमिक विद्यालय स्तरिय समन्वयात्मक बैठक बेताल माण्डौँ माविमा सम्पन्न
माध्यमिक विद्यालय स्तरिय समन्वयात्मक बैठक बेताल माण्डौँ माविमा सम्पन्न बुधबार, भदौ ६, २०८०
स्थानीय बाल अधिकार समितिको बैठक तथा छलफल मेल्लेख गाउँपालिकामा सम्पन्न
स्थानीय बाल अधिकार समितिको बैठक तथा छलफल मेल्लेख गाउँपालिकामा सम्पन्न मंगलबार, भदौ ५, २०८०
लैङ्गिकता र घरेलु हिंसा सम्बन्धि एक दिने गोष्ठी साँफेबगरमा सम्पन्न
लैङ्गिकता र घरेलु हिंसा सम्बन्धि एक दिने गोष्ठी साँफेबगरमा सम्पन्न मंगलबार, भदौ ५, २०८०
माध्यामिक विद्यालय स्तरिय समन्वयात्मक कार्यक्रम सम्पन्न
माध्यामिक विद्यालय स्तरिय समन्वयात्मक कार्यक्रम सम्पन्न मंगलबार, भदौ ५, २०८०
स्थानीय बाल अधिकार समितिको बैठक तथा छलफल साँफेबगरमा सम्पन्न
स्थानीय बाल अधिकार समितिको बैठक तथा छलफल साँफेबगरमा सम्पन्न मंगलबार, साउन ३०, २०८०
नेकपा एमाले साँफेबगरको विस्तारित बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको विस्तारित बैठक सम्पन्न बुधबार, असार २७, २०८०
जातीय विभेद र धार्मिक अल्पसंख्यकका लागि मानव अधिकार सम्बन्धी गोष्ठी
जातीय विभेद र धार्मिक अल्पसंख्यकका लागि मानव अधिकार सम्बन्धी गोष्ठी मंगलबार, असार २६, २०८०
लोकप्रीय
  • Week
  • Month
तीजको प्राचीनता देखि आधुनिकता सम्म
तीजको प्राचीनता देखि आधुनिकता सम्म
ऋषिदहका टमाटरले बजार भाउ पाएन
ऋषिदहका टमाटरले बजार भाउ पाएन
अनेरास्ववियु अछामद्धारा प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र पेश
अनेरास्ववियु अछामद्धारा प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र पेश
जोडी समुहसंग संवाद कार्यक्रम प्रभावकारी बन्दै
जोडी समुहसंग संवाद कार्यक्रम प्रभावकारी बन्दै
तीजको प्राचीनता देखि आधुनिकता सम्म
तीजको प्राचीनता देखि आधुनिकता सम्म
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© Khaptad News - For all Local News in Far Western Region in Nepal -2023 All rights reserved. Site by: SoftNEP