Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • स्थानीय बाल अधिकार समितिको बैठक तथा छलफल मेल्लेख गाउँपालिकामा सम्पन्न
स्थानीय बाल अधिकार समितिको बैठक तथा छलफल मेल्लेख गाउँपालिकामा सम्पन्न
एकेन्द्र महता
एकेन्द्र महता मंगलबार, भदौ ५, २०८०
Mellekh.jpg

मेल्लेख ४ भदौ ।

स्थानीय बाल अधिकार समितिको बैठक तथा छलफल मेल्लेख गाउँपालिकामा सम्पन्न भएको छ। बाल शोषण अन्त्य र बालमैत्री नगरको लक्ष्य, बाल अधिकार सुनिश्चितता मेल्लेख गाउँपालिकाको सवल पक्ष भन्ने मुुल नाराका साथ बैठक सम्पन्न भएको हो।

मेल्लेख गाउँपालिकाको आयोजना, आस्था नेपाल, वल्र्ड भिजन ईन्टरनेश्नलसंगको साझोदारीमा संचालित बाल संरक्षण तथा बाल स्पोन्सरसिप परियोजना अन्तरगत रहि स्थानीय बाल अधिकार समिति मेल्लेखसंग बैठक सम्पन्न भएको हो।
बैठकमा बालबालिकामा लगानी व्यवस्था, अवस्था र आगामी प्राथमिकता, सार्वजनिक राजश्व परिचालन, बजेट विनियोजन र मितव्ययी खर्चका बारेमा छलफल गरिएको थियो। यस्तै बालमैत्री शासनको अवयव, नीति संरचना र कार्यक्रम लगानी बजेट, सहभागिता, सुनुवाई, समन्वय तथा सहकार्य, प्रभावकारीता, सक्षमता, समता, पारदर्शिता र दीगोपनाका बारेमा छलफल गरिएको थियो।

यस्तै बैठकमा गैर विभेदीकरण अन्तरगत बालबालिकाका लागि बजेट तथा कार्यक्रम निर्माण, विनियोजन तथा खर्चका सबै चरणमा कुनै पनि आधारमा बालबालिका प्रति विभेद गर्न नहुने, विशेष संरक्षणको आवश्यकता भएका बाल बालिकाका लागि लगानी बढाउनु पर्ने, बालबालिका बिचमा भएका असमानता तथा विभेद अन्त्य गर्नु पर्ने विषयमा छलफल गरिएको थियो।

मेल्लेख गाउँपालिकाका कार्यबाहक अध्यक्ष तथा स्थानीय बाल अधिकार समिति मेल्लेखका अध्यक्ष निर्प बहादुर खड्काको अध्यक्षतामा भएको बैठकमा बालबालिकाको सर्वाेतम हित अन्तरगत बजेट निर्माण विनियोजन तथा खर्चका हरेक चरणमा बालबालिकाको सर्वाेतम हितको सुनिश्चितता हुनु पर्ने, बाल अधिकार प्रभाव मुल्यांकन गर्नु पर्ने, बालबालिकाको सर्वाेतम हित निर्धारण तथा मुल्यांकनलाई प्राथमिकतामा राख्नु पर्ने विषयमा छलफल गरिएको थियो।

यस्तै दीर्घ जीवन र विकास अन्तरगत बजेट निर्माण, विनियोजन तथा खर्चको प्रत्येक चरणमा बालबालिकाको उमेर अनुसारको बृद्धि तथा विकास र आवश्यकतालाई उच्च प्राथमिकतामा राख्नु पर्ने, प्रारम्भिक बाल विकासमा विशेष लगानी गर्नु पर्ने र बालबालिकाको विचार र भावनाको कदर अन्तरगत बालबालिकाको जीवनमा प्रभाव पर्ने नीति, कार्यक्रम तथा बजेट निर्माण तथा कार्यन्वयनमा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चितता हुनु पर्ने, बजेट पारदर्शिता कायम राख्नु पर्ने, बालबालिकाको बालमैत्री ढंगबाट सूचना प्राप्त गर्ने अधिकार सुनिश्चित गरिनु पर्ने विषयमा छलफल गरिएको थियो। यस्तै बैठकमा अधिकार सम्बन्धि तर्क, सामाजिक तथा राजनीतिक विषय सम्बन्धि तर्क, आर्थिक विकास सम्बन्धि तर्क र भौतिक तथा सम्वेदनात्मक तर्क सम्बन्धि छलफल गरिएको थियो।

बैठक मार्फत आगामी प्राथमिकता तथा साझा धारणा अन्तरगत बालबालिका सम्बन्धी ऐन, २०७५ तथा नियमावली, २०७८ ले व्यवस्था गरे बमोजिम प्रत्येक स्थानीय तह, प्रदेश तह र संघीय तहमा जोखिममा रहेका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको लागि संरक्षण सेवा प्रदान गर्न बाल कोषको व्यवस्था गर्ने, कुल पूँजीगत रकमबाट निश्चित प्रतिशत रकम बालबालिकाका क्षेत्रमा अनिवार्य रुपमा प्रत्यक्ष विनियोजन नीतिगत व्यवस्था गर्ने, बालबालिकामा राज्यको तर्फबाट भएका लगानीको तथ्यपरक विश्लेषण गर्न तथा लगानी प्रभावकारी बनाउन बाल बजेट कोडको निर्माण गरी कार्यान्वयनमा ल्याउने विषयमा छलफल गरिएको थियो। यस्तै बालबालिकाको क्षेत्रमा लगानी प्रवर्धनका लागि आन्तरिक स्रोत परिचालन सम्बन्धी स्पष्ट नीतिगत व्यवस्था मिलाउने, कर्पोरेट तथा निजी क्षेत्रको सामाजिक उत्तरदायित्व सिएसआर अन्तर्गत बालबालिकाको क्षेत्रमा लगानी प्रवद्र्धधनका लागि पहल गर्ने बालमैत्री शासन कार्यान्वयन तथा प्रवद्र्धधनका क्षेत्रमा लगानीका लागि द्विपक्षीय तथा बहुपक्षीय निकाय, संयुक्त राष्ट्र संघीय निकाय, अन्तर्राष्टिूय समुदाय, विकास साझेदारलाई आकर्षण गर्ने, स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन एलआईएसए मा बालबालिकाका लागि अनिवार्य बजेट विनियोजन सूचकको रुपमा समावेश गर्ने र वि.स. २०८७ सम्म सबै स्थानीय तह बालमैत्री, पोषणमैत्री घोषणा गर्न तथा बाल विवाह अन्त्यका लागि लगानी सुनिश्चितता सहितको कार्यान्वयन योजना तर्जुमा गर्न तयारी गर्ने विषयमा छलफल गरिएको जनाईएको छ।

बैठक तथा छलफल कार्यक्रममा ८ वटै वडाका वडा अध्यक्षहरु, मेल्लेख गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत संगीतता ताम्राकार, शिक्षा तथा खेलकुद शाखाका प्रमुख प्रेम बहादुर बुढा, लगाएतको उपस्थिति रहेको थियो।

बैठकको संचालन तथा सहजीकरण आस्था नेपालद्धारा संचालित बाल संरक्षण परियोजनाका बाल संरक्षण अधिकृत तथा स्थानीय बाल अधिकार समिति सदस्य भ्वान सिंह सार्की, पत्रकार एकेन्द्र महता र रमेश परियारले गर्नु भएको थियो।


प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १९:०३
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक सोमबार, जेठ २६, २०८२
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न  शनिबार, जेठ २४, २०८२
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न आइतबार, जेठ १८, २०८२
'साझा चौतारी’ बन्यो शारदाको चिया पसल
'साझा चौतारी’ बन्यो शारदाको चिया पसल बुधबार, पुस १७, २०८१
कमलबजारका व्यापारीलाई नगर प्रमुखद्वारा डोको वितरण
कमलबजारका व्यापारीलाई नगर प्रमुखद्वारा डोको वितरण आइतबार, पुस ७, २०८१
वाक नेपालको अध्यक्षमा कुँवर चयन
वाक नेपालको अध्यक्षमा कुँवर चयन मंगलबार, भदौ २५, २०८१
हातेमालो सहकारीद्वारा मिनि टिलर हाते ट्याक्टर वितरण
हातेमालो सहकारीद्वारा मिनि टिलर हाते ट्याक्टर वितरण सोमबार, साउन २८, २०८१
जंगली जनावरको आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख राहत
जंगली जनावरको आक्रमणबाट मृत्यु भएका परिवारलाई १० लाख राहत बिहीबार, असार २७, २०८१
साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत
साँफेबगर नगरपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत शुक्रबार, असार ७, २०८१
लोकप्रीय
  • Week
  • Month
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
नेकपा एमाले साँफेको अध्यक्षमा कुँवर र मंगलसेनको अध्यक्षमा रावल चयन
नेकपा एमाले साँफेको अध्यक्षमा कुँवर र मंगलसेनको अध्यक्षमा रावल चयन
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
गैसस महासंघ अछाम शाखाको अध्यक्षमा पुनः केसी चयन
गैसस महासंघ अछाम शाखाको अध्यक्षमा पुनः केसी चयन
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्