Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
आइतबार, जेठ २१, २०८०
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • विद्युतीय वित्तीय प्रणाली सहज र सुरक्षित हो : पौडेल
विद्युतीय वित्तीय प्रणाली सहज र सुरक्षित हो : पौडेल डिजिटल वित्तीय साक्षरता सम्बन्धि अन्तरक्रिया कार्यक्रम साँफेबगरमा सम्पन्न
एकेन्द्र महता
एकेन्द्र महता आइतबार, पुस १०, २०७९
Sanfebagar pgm.jpg

साँफेबगर।

डिजिटल वित्तीय साक्षरता सम्बन्धि अन्तरक्रिया कार्यक्रम साँफेबगरमा सम्पन्न भएको छ। नेपाल राष्ट्र बैंक गभर्नरको कार्यालयको आयोजनामा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो।

अन्तरक्रिया कार्यक्रममा डिजिटल वित्तीय साक्षरता, विद्युतीय वित्तीय सेवाका आधारभूत पक्षहरु, नेपालमा हाल उपलब्ध विद्युतीय वित्तीय सेवाहरु, विद्युतीय सेवामा कसरी सरिक हुने विषयमा छलफल गरीएको थियो।

यस्तै अन्तरक्रिया कार्यक्रममा विद्युतीय भुक्तानीको प्रयोग, विद्युतीय भुक्तानीका फाईदाहरु, विद्युतीय कारोबार गर्दा अपनाउनु पर्ने सावधानी, सुरक्षित वित्तीय कारोबार सम्बन्धि सुझावहरु, विद्युतीय भुक्तानी सेवा प्रवद्र्धनमा नेपाल राष्ट्र बैंकले गरेका प्रयासहरुका बारेमा पनि छलफल गरीएको थियो।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले बैंक तथा वित्तीय संस्थाहरुका ग्राहकहरुले विद्युतीय माध्यमबाट पनि भुक्तानी गर्न सक्छन् भन्ने बारेमा जानकारी दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरीएको बताउनु भएको छ।

उहाँले पहाडी जिल्लाहरुका नागरिक विद्युतीय भुक्तानीमा कम मात्रामा देखिएकाले विद्युतीय वित्तीय साक्षारता आवश्यकता रहेको बताउनु भएको छ। उहाँले विद्युतीय वित्तीय भुक्तानी प्रणाली बढाउनका लागिका लागि ग्रामिण क्षेत्रमा काम गर्ने बैंक तथा वित्तीय संघसंस्थाहरुलाई निर्देशन गरिएको जानकारी समेत दिनु भएको छ। उहाँले विद्युतीय वित्तीय प्रणाली सहज र सुरक्षित भएका कारण यसको बारेमा सबैलाई जानकारी गराउन आवश्यक रहेको समेत बताउनु भएको छ।

अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंक गर्भनरको कार्यालयका निर्देशक अजित रेग्मी, नेपाल राष्ट्र बैंक धनगढी कार्यालयका सहायक निर्देशक तुलसा ओझा, गभर्नरको कार्यालयका सहायक निर्देशक समिता श्रेष्ठ, अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र बहादुर कडायत, उपाध्यक्ष बम बहादुर रावल, महासचिव छत्र बहादुर बोहरा, साँफेबगर एयरपोर्ट बजार व्यवस्थापन समितिका अध्यक्ष राम बहादुर कुँवर, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुका प्रमुख तथा प्रतिनीधिहरु, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो।

अन्तरक्रिया कार्यक्रमको संचालन गभर्नरको कार्यालयका सहायक निर्देशक विजयकृष्ण कुटुले गर्नु भएको थियो।

Sanfebagar pgm1671963976.jpg

Sanfebagar pgm 21671964094.jpg

Sanfebagar pgm 11671963970.jpg

 


प्रकाशित मिति: आइतबार, पुस १०, २०७९  १६:०६
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
पुर्व डिआईजी डा. बाेहराद्वारा विद्यालयलाई आर्थिक सहयाेग
पुर्व डिआईजी डा. बाेहराद्वारा विद्यालयलाई आर्थिक सहयाेग शुक्रबार, जेठ १९, २०८०
बालबालिकालाई स्टेश्नरी सहयोग
बालबालिकालाई स्टेश्नरी सहयोग आइतबार, वैशाख २४, २०८०
प्रदेश सभा सदस्यका उम्मेदवार कुँवरको निर्वाचन खर्चको विवरण सार्वजनिक 
प्रदेश सभा सदस्यका उम्मेदवार कुँवरको निर्वाचन खर्चको विवरण सार्वजनिक  मंगलबार, वैशाख १२, २०८०
नेकपा एमाले साँफेबगर नगर संगठन कमिटी अछामको पदाधिकारी बैठक सम्पन्न
नेकपा एमाले साँफेबगर नगर संगठन कमिटी अछामको पदाधिकारी बैठक सम्पन्न शनिबार, चैत २५, २०७९
महालक्ष्मी बिकास बैंक डडेल्धुरा शाखाद्धारा खाद्यान्न सामाग्री हस्तान्तरण
महालक्ष्मी बिकास बैंक डडेल्धुरा शाखाद्धारा खाद्यान्न सामाग्री हस्तान्तरण शनिबार, चैत २५, २०७९
बसको ठक्करबाट घाईते भएका हेमराजको मृत्यु
बसको ठक्करबाट घाईते भएका हेमराजको मृत्यु शनिबार, चैत २५, २०७९
चैते दशैको अवसरमा मंगलसेन नगरपालिकामा बिदा
चैते दशैको अवसरमा मंगलसेन नगरपालिकामा बिदा मंगलबार, चैत १४, २०७९
एमालेले चाह्यो भने एक हप्तामै सरकार ढल्छ: एमाले उपाध्यक्ष पौडेल
एमालेले चाह्यो भने एक हप्तामै सरकार ढल्छ: एमाले उपाध्यक्ष पौडेल मंगलबार, चैत १४, २०७९
वाक नेपालद्धारा गठित आत्मर्निभर समुहद्धारा सिकाई आदान-प्रदान
वाक नेपालद्धारा गठित आत्मर्निभर समुहद्धारा सिकाई आदान-प्रदान बिहीबार, चैत ९, २०७९
लोकप्रीय
  • Week
  • Month
पुर्व डिआईजी डा. बाेहराद्वारा विद्यालयलाई आर्थिक सहयाेग
पुर्व डिआईजी डा. बाेहराद्वारा विद्यालयलाई आर्थिक सहयाेग
बालबालिकालाई स्टेश्नरी सहयोग
बालबालिकालाई स्टेश्नरी सहयोग
पुर्व डिआईजी डा. बाेहराद्वारा विद्यालयलाई आर्थिक सहयाेग
पुर्व डिआईजी डा. बाेहराद्वारा विद्यालयलाई आर्थिक सहयाेग
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© Khaptad News - For all Local News in Far Western Region in Nepal -2023 All rights reserved. Site by: SoftNEP