Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
समाचार
  • Home
  • समाचार
  • तीजको प्राचीनता देखि आधुनिकता सम्म
तीजको प्राचीनता देखि आधुनिकता सम्म
एकेन्द्र महता
एकेन्द्र महता शुक्रबार, असोज ५, २०८०
रामचन्द्र जोशी.jpg

हिन्दु नारीहरुको महान चाड हरितालिका तीज भाद्र शुक्ल पक्षको तृतिया तिथिमा पर्दछ। नारीहरुको एक मात्र महान पर्व हरितालिका तीज हो। यो चाड निर्जला व्रत उपासना गरी श्रद्धा र भक्तिपूर्वक भगवान भोलेनाथको पूजाअर्चना गरि मनाईन्छ।

सत्य युगमा हिमालय पर्वत र माता मेनकाका गर्भबाट उत्पन्न भएकी पार्वतीको विवाह भगवान विष्णुसंग गरी दिन लाग्दा साथीको सल्लाहमा भागेर वनमा लुक्न पुगिन। सानै उमेर देखि महादेवलाई पति पाउनका लागि मानसिक रुपमा तयारी रहेकी माता पार्वती पछि भगवान विष्णुको सल्लाहमा भाद्र शुक्ल तृतियाका दिन एकाग्रतापूर्वक दृढ इच्छा शक्ति सहित एक चित्तका साथ भावभक्तिपूर्वक ब्रतारम्भ गरी महादेव पति पाउन सफल भईन्।

भगवान श्री हरिको आज्ञा अनुसार विधिपूर्वक ब्रतारम्भ गरिएको हुनाले यसलाई हरितालिका तिज भन्न थालिएको हो। तत् समय देखि महिलाहरुले आफ्नो इच्छित बर पाउन, दाम्पत्य जीवन सफलीभूत बनाउन र पतिको सुख, सम्वृद्धि, आरोग्यता र दिर्घायुको कामनाका साथै हरितालिका तीजको ब्रत बस्न प्रारम्भ भएको पनि मानिन्छ। तीजको दिनमा दिन भर निराहार र निर्जला व्रत बसिने भएकाले अघिल्लो राति दर खाने चलन छ। तृतीयाको दिनमा सबेरै नदी तट तथा जलाशयमा विधिपूर्वक स्नान गरी शारीरिक र मानसिक रुपले पवित्र भई शुद्ध मनले व्रत बस्छन्। तीजको दिनमा पानीसम्म नपिई निराहार र निर्जला व्रत बस्नाले भगवान शिव खुसी हुने र परिवारमा सुख समृद्धि छाउने जनविश्वास छ। तर निर्जल एवम निराहार व्रत उपासना गर्नु स्वास्थ्य विज्ञानका दृष्टिले त्यति सान्दर्भिक होईन। ब्रतको मौलिक पक्षलाई आत्मसात गरी स्वास्थ्यको पक्षलाई पनि महत्व दिन जरुरी छ।

विवाहित तथा अविवाहित नारीहरु शिवालयमा जम्मा भएर बर्ष भरीका सुखदुःखका क्षणहरुलाई गीत मार्फत व्यक्त गर्दै साथीसंगीहरु दिन भरि नाचगान गरेर रमाईलो गर्छन्। महिलाहरू नवीन वस्त्र, गहना तथा श्रृंगारमा सजिएका हुन्छन्। निराहार व्रत बसेका महिलाहरू सायंकालमा वैदिक विधिपूर्वक भगवान शिवको पूजा आरधना गरी अर्को बिहान ब्राह्मण वचनबाट फलाहार तथा सात्विक भोजन ग्रहण गर्छन्। तीजको दोस्रो दिन भाद्र शुक्ल चतुर्थीको दिन विघ्नहर्ता भगवान श्री गणेशको पूजा आराधना गरी मनाउने गरिन्छ। हिन्दु धर्मावलम्बीहरूले यस दिन आफ्नो जीवनमा कुनै विघ्न नआओस र आफूले आँटेको कार्य सिद्ध होस् भनी गणेशको पूजा गर्ने गर्छन्। पञ्चमीको दिन महिलाहरूले रजस्वलाको समयमा भएका दोषको निवारण गर्न अरुन्धती सहित सप्त ऋषिहरूको पूजा गर्छन्।

प्रातकालिन समयमा महिलाहरू नजिकैको नदी तथा पोखरीमा गई अपमार्गीका ३६५ दिन उनले दन्तमञ्जन गरेर जौ, तिल र चामल सहित तामाको चाल्नीमा राखेर नुहाउने चलन रहदै आएको छ। मन, वचन र कर्मद्वारा दाम्पत्य जीवनलाई सुखी र खुशी बनाउन दम्पतिहरु बीच आपसी समझदारी र सदभाव आवश्यकता पर्दछ। यो पर्वले शारीरिक, मानसिक र आत्मिक रुपमा दम्पतिहरुको सम्बन्धलाई सुमधुर बनाउन पनि उतिकै महत्वपूर्ण भूमिका रहन्छ। ब्रत उपासनाले शारीरिक शुद्धता र पवित्रताका साथसाथै मानसिक शान्ति पनि मिल्छ। धार्मिक कार्यहरुले मानिसमा आध्यात्मिक भावनाको विकास गरी धर्म सँस्कृतिको जगेर्नामा समेत टेवा पुग्दछ। वर्तमानमा तीजलाई महिला दिदीबहिनीहरुले धार्मिक गतिविधिको प्रवर्धन, आपसी सदभाव, सामुहिक भावनाको विकास र लैंगिक समानतासंग जोड्न थालेका छन्।

नारी पक्षिय यस्ता दिवस, पर्व र उत्सवहरुले महिलाको उत्थान, विकास र सशक्तिकरणमा सहयोग पुगेको छ। तीज विशेषमा शहर, बजार, गाउँघर, मेलापातमा घन्किने तिज गीतहरुको माधुर्यताले बालक देखि बृद्धहरु सम्म सबैलाई मनोरञ्जन दिनुका साथै सांगितिक माध्यम बाट समाज रुपान्तरण गर्न पनि सहयोग गर्दछ। नारीले भोग्नु परेका दुःख, पीडा, मर्म, समस्या, घरायसी हिंसा, अत्याचार जस्ता विषयमा समेत गीतहरू रचना गरि महिनौ देखि शहर बजारका गल्ली तथा ग्रामीण भेगका कुना कन्दरा सम्म तीज गीत मार्फत सामाजिक सचेतनामा समेत सहयोग पुग्दै आएको छ। परम्परागत रुपमा छोरीचेलीको गीतमा वेदनाका आवाज गुञ्जिन्थे भने वर्तमानमा समाज परिवर्तनका गाथाहरु घन्किन थालेका छन्।

समयको परिवर्तन सँगै तीज गीतमा पनि आधुनिकताले प्रवेश पाउन थालेका छ। तीजको मौलिकतालाई तोडमोड गरि अनेकन प्रकारका समाजलाई अपाच्य हुने खालका गीत संगीतलाई प्रश्रय दिन थालेकाले समाज र सँस्कृतिको धरोहरको रुपमा रहेको तिजको मौलिक परम्परालाई जोगाइ समाज परिवर्तन गर्नु आजको आवश्यकता हो। आधुनिकता संगै तीजको स्वरुपमा परिवर्तन आएको छ। तीजलाई श्रद्धा र भक्ति भन्दा पनि मनोरञ्जन र फेसनको पर्वको रुपमा लिदै गरेको पाईन्छ। विगतमा केही समुदाय र वर्गमा तीज मनाउने चलन थियो। केही वर्ग र समूहले मात्र तीजलाई धार्मिक विधि–विधानपूर्वक मनाउने गरेको देखिन्थ्यो। वर्तमानमा सबै समुदाय, वर्ग र जातका मानिसले तीज पर्वलाई धुमधामका साथ मनाउने गर्दछन्। सबै जात, वर्ग र समुदाय विशेषको सहभागिता हुनु पहुँच र समानताका दृष्टिले महत्वपूर्ण पक्ष हो। तथापि चाडपर्वको मौलिकतालाई भने बिर्सनु हुँदैन। वर्तमानमा युवा पुस्ताले तीजलाई गरगहना र पोशाक प्रदर्शनको पर्वको रुपमा मनाउने प्रचलन बढ्दै गएको छ।

तीजको अवसरमा खाईने खानपान, लगाईने लुगा, गाईने गीत र धार्मिक विधिपूर्वक गरिने पूजार्चनामा व्यापक परिवर्तन आएको देखिन्छ। महिनौ अगाडी देखि तीज मनाउने नाममा अनावश्यक तडकभडक गरगहना तथा लुगा प्रदर्शन गर्ने क्रम दिनानुदिन बढ्दै छ। दर खाने नाममा शहर बजार तिर ठुला होटलमा पाटी आयोजना गर्ने शास्त्रीय तथा धार्मिक रुपमा बर्जित गरेका तामसी भोजनहरु गर्ने चलन दिनहुँ बढ्दै। हिन्दु नारीहरुको धरोहरको रुपमा रहेको तीज पर्वमा मौलिकताको साटो देखासिकी तर्फ युवायुवतीहरुको आकर्षण बढ्दै गएको देखिन्छ। यस्ता गतिविधिहरुले न त तीज पर्वको मौलिकता नै बच्छ न त गृह लक्ष्मीको रुपमा पूजनीय नारीको सम्मान नै बढ्छ। धर्म संस्कृति भित्रका कुरिती, कुसंस्कारलाई परिष्कृत गर्दै आधुनिक समाजमा सभ्य र भव्यपूर्वक मौलिकतामा आँच नआउने गरी चाडपर्व मनाउनु समयको माग हो।

मौलिक चाडपर्वहरु देशको पहिचान र आभुषण भएकाले यिनीहरुको संरक्षण र सम्वर्धन गर्नु समाजको पहिलो कर्तव्य हो। नारी पक्षिय यस्ता दिवस, पर्व र उत्सवहरुले महिलाको उत्थान, विकास र सशक्तिकरणमा सहयोग पुगेको छ। तीज विशेषमा शहर, बजार, गाउँघर, मेलापातमा घन्किने तिज गीतहरुको माधुर्यताले बालक देखि बृद्धहरु सम्म सबैलाई मनोरञ्जन दिनुका साथै सांगितिक माध्यम बाट समाज रुपान्तरण गर्न पनि सहयोग गर्दछ। धार्मिक, सामाजिक सांस्कृतिक तथा वैज्ञानिक महत्व भएका नेपाली मौलिक पर्वहरूको महत्व बुझेर सभ्य, भव्य एवम समुन्नत तरिकाले चाडपर्व मनाउनुका साथै परिष्कृत समाज निर्माण गर्नु वर्तमान पिढीको जिम्मेवारी हो।

  लेखकः  जोशी चौरपाटी गाउँपालिकामा शिक्षा अधिकृतका रुपमा कार्यरत हुनु हुन्छ।


प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १३:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी शनिबार, माघ १७, २०८२
‘बोल्छ अछाम’मा भण्डारीको नेतृत्वः दुर्गम विद्यालयमा न्यानो लुगा वितरण
‘बोल्छ अछाम’मा भण्डारीको नेतृत्वः दुर्गम विद्यालयमा न्यानो लुगा वितरण शनिबार, माघ १०, २०८२
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन बुधबार, पुस २, २०८२
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता बुधबार, मंसिर १७, २०८२
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ? बिहीबार, भदौ १२, २०८२
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार शनिबार, भदौ ७, २०८२
किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम
किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम बिहीबार, भदौ ५, २०८२
अछाममा एसइई ग्रेड वृद्धि परीक्षाको तयारी पूरा
अछाममा एसइई ग्रेड वृद्धि परीक्षाको तयारी पूरा बुधबार, साउन २८, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम आइतबार, साउन २५, २०८२
लोकप्रीय
  • Week
  • Month
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
‘बोल्छ अछाम’मा भण्डारीको नेतृत्वः दुर्गम विद्यालयमा न्यानो लुगा वितरण
‘बोल्छ अछाम’मा भण्डारीको नेतृत्वः दुर्गम विद्यालयमा न्यानो लुगा वितरण
मंगलसेनमा शान्ती र सद्भावको पक्षमा प्रदर्शन
मंगलसेनमा शान्ती र सद्भावको पक्षमा प्रदर्शन
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी क्षमता विकास तालिम सुरु
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी क्षमता विकास तालिम सुरु
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्