Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • प्रवासी सर्जकमा समर्पित नेपाल आइडल
प्रवासी सर्जकमा समर्पित नेपाल आइडल
खप्तड समाचारदाता
खप्तड समाचारदाता सोमबार, फागुन ९, २०७८
nepal-idol-season-4_20211209004112.jpg

काठमाडौं ।

 नेपाल आइडलको शुक्रबारको एपीसोड नेपाल बाहिर रहेर नेपाली गीतसंगीतको गरिमा बढाउने सर्जकप्रति समर्पित थियो। तीनै प्रवासी नेपाली सर्जकद्वारा विभिन्न कालखण्डमा सिर्जित नेपाली गीत आइडलको पन्चमा घन्किएका थिए। 

अतिथि थिए, प्रवासी गायक पुष्पन प्रधान र आइडल सिजन २ का उत्कृष्ट ५ मा पुग्न सफल अमित बराल। पहिलो प्रस्तुति लिएर आए, नाम्गेल तामाङ। उनले ‘मुसुमुसु हाँसी देऊन लै लै’ गाएर सबैलाई नचाए। त्यसपछि ‘बोलाउँ भने तिमीलाई पाप लाग्ने डर’ भन्दै रञ्जित नेपाली मञ्चमा आए।  सुमेन पाख्रिनले ‘देउराली पाखा भिरालो’ गाइन् । भूपेन्द्र थापामगरले ‘सानी लथालिंग भो जिन्दगानी’ बोलको गीत गाए। निर्णायक सुवानी मोक्तानले उनको उच्च प्रशंसा गरेकी थिइन्। हरेक हप्ता कम भोट आउने एक जना प्रतियोगी बाहिरिने गर्छन्। शुक्रबार उत्कृष्ट ८ प्रतियोगीले गाएका थिए। हरेकको प्रस्तुति हेर्न लायक थियो। आफूलाई अब्बल सावित गर्न अनेक कोसिस गरिरहेका थिए। प्रतियोगीहरू गीत गाउने मात्रै हैन, नाच्ने र अनुहारको एक्सप्रेसनमा पनि ख्याल गरिरहेका थिए। गीतको भावसँगै डुबिरहेका थिए। जतिजति अगाडि बढ्दै गयो कार्यक्रम उत्तिकै कडा प्रतिस्पर्धा देख्न सकिन्छ। शुक्रबार यस्तै धमकेदार प्रस्तुति दिइन्, वेनिशा पौडेलले। उनले ‘सम्हालेर राख’ गाएर मन्त्रमुग्ध बनाइन्।  

नेपाल आइडलका निर्णायक र अतिथिले प्रतिस्पर्धीको प्रशंसा गर्थे। प्रतिस्पर्धीहरू आफ्नो प्रस्तुति दिएपछि आफूलाई भोट गर्न अपिल गर्थे। पछिल्लो समय सन्तानले बाबुआमालाई भुल्दै गएको, एक्लै छाडेको प्रशस्तै सुन्न सकिन्छ। यस्तै भाव बोकेको ‘बाबाको टोपी गन्हायो रे तिमीलाई’ गाएर माहोल भावुक बनाए, विश्वास उप्रेतीले। त्यसपछि लक्ष्मी पौडेल खुला किताबको कथा लिएर आइन्। ‘एउटा खुला किताब हुँ म तिमीले पनि पढे हुन्छ’ भनेर अब्बल गाइन्। शुक्रबार अन्तिम प्रस्तुति दिए कानदेन लिम्बूले।  ‘सानैदेखि देखेको मैले दार्जिलिङ सहर’ बोलको गीत गाएर पहाडकी रानीको उपमा पाएको दार्जिलिङको सुन्दरताको बयान गरे। शुक्रबारको कोकाकोला पफमेन्स आफ द विक लक्ष्मी पौडेल भइन्। 

अतिथि अमित बरालले ‘म आगो भएको बेला’ बोलको आफ्नो नयाँ गीत गाएका थिए। पुष्पन प्रधानले ‘कसरी भन्नु ठूल्दाजु उसले देश बनाउँदैन’ गीत आएर अर्थपूर्ण सन्देश दिए। पुष्पनको गीतले हाम्रो समाजको कथा बोकेको निर्णायक शम्भुजित बाँस्कोटाले बताए। ‘तपाईंले समाज गाउँनुभो। समाज बोल्नुभयो,’ बाँस्कोटाले भने, ‘भित्र हृदयबाट सम्मान गर्न चाहान्छु।’ पुष्पनले आफू यो ठाउँमा पुग्नुमा नेपाल आइडलकै कारण पुगेको बताए।  आइडलका निर्देशक तथा प्रोजेक्ट हेड सुरेश पौडेलका अनुसार चैतको पहिलो हप्ता नेपाल आइडल सिजन ४ को विजेता घोषणा हुनेछ।

(अन्नपूर्ण अनलाइनबाट साभार)


प्रकाशित मिति: सोमबार, फागुन ९, २०७८  ०८:३४
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता बुधबार, मंसिर १७, २०८२
प्रवासी बोगटी एकता समाज भारतद्वारा तिजको शुभकामना आदानप्रदान 
प्रवासी बोगटी एकता समाज भारतद्वारा तिजको शुभकामना आदानप्रदान  सोमबार, भदौ १६, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
कालालेकी कालिका माईको मान्यता र विश्वास
कालालेकी कालिका माईको मान्यता र विश्वास बिहीबार, साउन २२, २०८२
“देउडा क्षेत्रका हस्ती”द्धय विपी र थापा सम्मानित
“देउडा क्षेत्रका हस्ती”द्धय विपी र थापा सम्मानित बिहीबार, साउन १, २०८२
डा. भट्ट राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित
डा. भट्ट राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित बिहीबार, साउन १, २०८२
साँफेबगरमा बृहत देउडा खेल हुँदै
साँफेबगरमा बृहत देउडा खेल हुँदै मंगलबार, वैशाख २, २०८२
रामारोशन पर्यटन बोर्डको कार्यकारी अधिकृतमा पूर्ण विक नियुक्त
रामारोशन पर्यटन बोर्डको कार्यकारी अधिकृतमा पूर्ण विक नियुक्त मंगलबार, चैत १२, २०८१
मोडेल कुँवरले साँटे मिस पवीसंग ‘मनका कुरा’
मोडेल कुँवरले साँटे मिस पवीसंग ‘मनका कुरा’ आइतबार, असार २३, २०८१
राष्ट्रिय कराते प्रतियोगितामा सहभागिताका लागि अछामका सुमन बि.क. सुपबाट छनौट
राष्ट्रिय कराते प्रतियोगितामा सहभागिताका लागि अछामका सुमन बि.क. सुपबाट छनौट शनिबार, जेठ ५, २०८१
लोकप्रीय
  • Week
  • Month
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
एमाले अछामको छैठौं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
एमाले अछामको छैठौं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
हिमाली श्वासमा : थकाली जीवन
हिमाली श्वासमा : थकाली जीवन
एक पटकको अवसर, आजीवन मूल्यांकन
एक पटकको अवसर, आजीवन मूल्यांकन
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्